समाज

    Showing ५७१-५८० of ७,१०९ items.
  • भोटेपुल मुनि नवजात शिशुको शव फेला, एक जना पक्राउ

    झापा/ जिल्ला झापाको शिवसताक्षी नगरपालिका–३ स्थित भोटे पुल मुनि नवजात शिशुको शव फेला परेको छ। मिति २०८३ साल वैशाख २ गते राति करिब ११:५० बजे उक्त स्थानमा नवजात (छोरा) शिशुको शव भेटिएको सूचना प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जनाएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना संकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ४१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इटहरीको मोडर्न प्रिपेरेटोरीमा किन बढ्दैछ विद्यार्थी आकर्षण ?

    इटहरी/   वि.सं. २०४९ सालदेखि स्थापित मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी–६ मा नर्सरीदेखि कक्षा १० सम्म अध्यापन हुँदै आएको छ। पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दै गएको यस विद्यालयका आगामी योजना र शैक्षिक लक्ष्यबारे कोशीपत्रले प्रधानाध्यापक पद्मराज सापकोटासँग गरेको संवाद जसताकाे तेस्तै। विद्यालयको परिचय संक्षिप्तमा दिनु न ? अनुशासन, मर्यादा र उत्कृष्टतालाई आफ्नो मूल मन्त्र मान्दै मोडर्न प्रिपेरेटोरी सेकेण्डरी स्कुल, इटहरी र यस आसपासका क्षेत्रको शैक्षिक विकासमा समर्पित एक प्रतिष्ठित शैक्षिक संस्था हो। अनुशासन र संस्कारयुक्त शिक्षालाई अभियानको रूपमा अगाडि बढाएको यस विद्य

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ८७८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्वाचन प्रहरी पोसाक खरिदमा ६० करोड भ्रष्टाचारको आरोप

    काठमाडौं/ निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीका लागि पोसाक खरिदमा करिब ६० करोड रुपैयाँ अनियमितता भएको आरोपसहित प्रधानमन्त्री कार्यालय, संसद्को सार्वजनिक लेखा समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मा एकसाथ उजुरी दर्ता गरिएको छ। गत १६ माघमा सार्वजनिक भएको समाचारलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा होमिएको र दुई महिनापछि मात्रै ३० चैत २०८२ मा औपचारिक उजुरी परेको हो। उजुरीमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, डीआईजी विश्व अधिकारीसहित संलग्न ठेकेदार कम्पनीहरूमाथि कारबाहीको माग गरिएको छ। अख्तियारमा सी–०५६४३४ नम्बरमा दर्ता भएको उजुरीम

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • ३०२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट भन्सार छलीका लत्ता कपडा बरामद

    धरान/ सुनसरीको देवानगंज गाउँपालिका–४ मुसहरी टोलमा अवैध रूपमा भन्सार छली गरी ल्याइएका लत्ता कपडा प्रहरीले बरामद गरेको छ । मंगलबार प्रहरी चौकी कप्तानगंजबाट खटिएको चेकिङ टोलीलाई देख्नासाथ भारतबाट नेपालतर्फ सामान ल्याउँदै गरेको एक व्यक्ति बोरा फालेर फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । फालिएको बोरा खोली जाँच गर्दा अन्दाजी ४६ हजार ४ सय रुपैयाँ बराबरका विभिन्न प्रकारका लत्ता कपडा फेला परेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामान नियन्त्रणमा लिएर प्रहरी चौकी कप्तानगंजमा राखिएको छ भने आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । फरार व्य

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • २९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

    भरतपुर/ गृहमन्त्री सुधन गुरुङले लागुऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई निर्देशन दिएका छन्। आइतबार भरतपुरस्थित नेपाल प्रहरी शिक्षालयमा जिल्लाका सुरक्षा निकाय प्रमुखहरूलाई उहाँले जनअपेक्षाअनुसार सुशासन कायम गर्न र लागुऔषधलगायत घटना नियन्त्रणमा कडाइका साथ प्रस्तुत हुन निर्देशन दिएका हुन् । मन्त्री गुरुङले जनताले महसुस गर्नेगरी चुस्तदुरुस्त सेवा दिन निर्देशन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिए। गृहमन्त्री गुरुङले आज जिल्लाका विभिन्न ठाउँको निरीक्षण र अवलोकनसमेत गरे। उनले शनिबार राति नारायणगढ–मुग्

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ३०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिबिस्कसमा एसईई दिएका विद्यार्थीलाई बिदाइ

    धरान/ सुनसरीको धरान–१५, श्यामचोकमा अवस्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलमा एसईई दिएका कक्षा १० का विद्यार्थीहरूलाई बिदाइ तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ। कक्षा ९ (२०८२ ब्याच) र विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एसईई दिएका विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको कामना गर्दै बिदाइ गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक गंगाराम कुलुङ राईले यो केवल बिदाइ मात्र नभई शुभकामना आदान–प्रदान कार्यक्रम भएको उल्लेख गर्दै विद्यार्थीहरूलाई प्रेरणादायी सन्देश दिएका थिए। एन प्याप्सन धरानका कोषाध्यक्ष पृथ्वी रैका मगर प्रमुख अतिथिको रूपमा उपस्थित

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ३५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सिटी मन्टेश्वरीकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

    धरान/ सुनसरीको धरान–१६मा अवस्थित सिटी मन्टेश्वरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टरकाे १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। शुक्रबार धरान १६ मा रहेको  याक्खा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो। “From gentle beginnings to confident steps…” भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए। दीक्षान्त समारोहअन्तर्गत उत

    • प्रकाशित मितिः चैत २९, २०८२
    • ५६० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उदय कुमार राईको नेतृत्वमा ग्रील व्यवसायी संघको नयाँ कार्यसमिति गठन

    धरान/ २०५३ सालमा स्थापना भएको संयुक्त ग्रील उद्योग व्यवसायी संघ धरानको ९औँ अधिवेशनबाट उदय कुमार राई अध्यक्षमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशन तथा साधारण सभाले राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नवगठित कार्यसमितिमा प्रथम उपाध्यक्षमा कमल शंकर, द्वितीय उपाध्यक्षमा सुन्दर श्रेष्ठ, सचिवमा प्रेम कुमार राई, सह–सचिवमा मदन कुमार प्रधान र कोषाध्यक्षमा तुलाराम श्रेष्ठ चयन भएका छन्। सदस्यहरूमा पार्वती राई, विष्णु कुमार कार्की, हरि चौधरी, मनोज पराजुली, सुरज राई, प्रदीप विक र विवश विश्वकर्मा रहेका छन्। नवनिर्वाचित अध्यक्ष राईले ग्रील व्यवसायीहरूको हकहित संरक्षण गर्द

    • प्रकाशित मितिः चैत २८, २०८२
    • ३५१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पब्लिक हाई स्कुलकाे ७९औँ बार्षिकोत्सव: ५४ विद्यार्थी दीक्षित

    धरान/ धरान–१२ स्थित पब्लिक हाई स्कुलले ७९औँ अभिभावक दिवस, दीक्षान्त तथा नतिजा प्रकाशन कार्यक्रम भव्य र उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा युकेजी तह पूरा गरेका ५४ जना साना विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको छ भने प्ले ग्रुपदेखि कक्षा–९ सम्मका विद्यार्थीहरूको वार्षिक नतिजा पनि सार्वजनिक गरिएको विद्यालयले जनाएको छ। प्रधानाध्यापक डा. इन्द्रमोहन झाले दीक्षित विद्यार्थीलाई प्रमाणपत्र, अबिर, खादा, गाउन र ह्याटसहित सम्मानपूर्वक दीक्षान्त प्रदान गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि तथा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघाले व

    • प्रकाशित मितिः चैत २८, २०८२
    • २५४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हङकङमा धरानका पत्रकार कार्की सम्मानित

    हङकङ/  नेपालको धरानबाट प्रकाशित हुने ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की हङकङमा सम्मानित हुनुभएको छ। गत अप्रिल ५ तारिखका दिन आयोजित पुर्खा दिवसुको आयोजित कार्यक्रममा गोरखा सेमिट्रिज ट्रष्ट हङकङको निमन्त्रणामा हङकङ पुग्नुभएका कार्कीलाई यहाँस्थित दुई क्रियाशील संस्थाहरूले विशेष सम्मान गरेका हुन्। द नेप्लिज् एशोसिएशन हङकङु र नेपाल क्लव हङकङु द्वारा विहीबार एभेरेष्ट होटलमा आयोजित एक स्वागत तथा भेटघाट समारोहमा सम्पादक कार्कीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पत्रकारिताको माध्यमबाट सामाजिक सेवामा पुर्‍याएको अनवरत योगदानको कदर गर्दै उहाँलाई सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन्।

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ८१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved