समाज

    Showing 5,741-5,750 of 6,725 items.
  • पानीमा डुबी बालकको मृत्यु

    झापा। झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ । शनिवार बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबी घाइते भई उपचारको लागी गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 803 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आफ्नै बुबाको हत्या गर्नै छोरा पक्राउ

    खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको हुन् । घटनाको सूचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको छ । घटना सम्बन्धना थप अनुसन्धान भईरहेको छ प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १३, २०७८
    • 669 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

    तेह्रथुम । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । शुक्रबार दिउसो सँवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई बन्दुक बोकेर हिडिरहेको अबस्थामा फेला पारेको थियो । प्रहरीलाई देख्न साथ भाग्न खोजेका उनिहरुलाई नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट थप अनुसन्धान भईरहेको छ ।

    • प्रकाशित मितिः असार १२, २०७८
    • 1,078 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चिकित्सकको अभावमा रामधुनीको कोभिड अस्पताल सञ्चालनमा आउन सकेन

    धरान/ चिकित्सकको अभावमा सुनसरीको रामधुनीको कोभिड अस्पताल सञ्चालनमाआउन सकेको छैन । सुनसरीको रामधुनीनगरपालिकाले निर्माण गरेको कोभिड अस्पताल अहिलेसम्म सञ्चालनमाआउन सकेको छैन । नगरपालिकालेपहिलो चरणको कोरोना फैलिएकै समयमानिर्माण सुरु गरेको अस्थायी कोभिड अस्पताल चिकित्सकनभएकै कारण अझै सञ्चालनमाआउननसकेको हो । प्रदेश सरकारको १० लाख रुपैयाँको लागतमा एक एम.बी.बी.एस डाक्टरको सुविधासहितको सेवा सञ्चालनगर्ने भन्दै निर्माण गरिएको १० बेडको अस्थायी कोभिड अस्पताल सञ्चालनमाआउननसकेको हो् । केही समयअगाडि धुमधामकासाथ उदघाटन गरिएको सो अस्थायी अस्पतालमा अन्यकर्मचारी भएपनि डाक्टर नआएकाले अस्पताल सञ्चालनहुननसकेकोे नगर

    • प्रकाशित मितिः असार ११, २०७८
    • 868 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • दमकमा निर्माणाधीन नेपालकै अग्लो ‘भ्यूटावर’को निर्माण कार्य ४०% सम्पन्न

    झापा । दमकमा निर्माणाधीन नेपालकै अग्लो दृश्यावलोकन स्तम्भ (भ्यूटावर) को ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । १०० मिटर अग्लो र १८ तलाको सो भ्यूटावरको बेसमेन्ट र तेस्रो तलासम्मको निर्माण पूरा गरी चौथो तलाको ढलान भइरहेको सघन शहरी तथा भवन निर्माण आयोजना भद्रपुरका इञ्जीनियर भूपेन्द्रकुमार यादवले बताए । चिनियाँ कम्पनी जेडसिजीआइइसी र ललितपुरको आशिष ओम साइराम निर्माण कम्पनीले रु एक अर्ब ५६ करोड १४ लाख ३९ हजार १६४ मा भ्यूटावर निर्माणको ठेक्का लिएका हुन् । कोरोना महामारीको अवस्थामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर तीव्र गतिमा निर्माण कार्य भइरहेको हुँदा भ्यूटावरको प्रगति सन्तोषजनक रहेको इञ्जीनि

    • प्रकाशित मितिः असार ११, २०७८
    • 1,210 पटक पढिएको
    • " रासस"
  • लकडाउनको अवधिभरि धरानका युवा सामजिक कार्यमा

     धरान/ कोरोना भाइरसका कारण सरकारले गरेको लकडानको सदुपयोग धरानका युवाहरुले भरपूर रुपमा गरेका छन् । धरानमा धेरै युवाहरु कुलतमा फसेर जीवन नै बर्बाद गरिरहेका छन् तर धरानका केही यस्ता युवाहरु छन् जसले लकडाउनको भरपुर सदुपयोग गर्दै सामाजिक कार्यमा आफूहरुलाई समाहित गरेका छन् । लकडानको अवधिभरि सडकमा जथाभावि हिड्ने पशुहरुसको संरक्षणमा जुटेका उनीहरु गरिब तथा अससहायहरुलाई खाना खुवाएर पुण्य काम गरेका छन् । काठमाण्डौमा प्रमुख कार्यालय रहेको र धरानमा शाखा रहेको आत्मोत्सर्ग धरान नामक संस्थामा आवद्ध युवाहरुले पशु संरक्षका लागिएक महिनाको क्याम्पियन नै चलाएर धरान १ मा रहेको अपांग तथा असहाय केन्द्रमा रहेका

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,017 पटक पढिएको
    • "गोविन्द बस्नेत"
  • सप्तकोशीको क्षति न्युनिकरण गर्न पूर्व शतर्कताको उपायको बारेमा प्रशासनको चासो

    सुनसरी/ अविरल बर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो धनजनको क्षति पु¥याइरहेको छ । सप्तकोशी नदीको तटबन्दे विगतका दिनहरुमा सुनसरी, सप्तरी लगायतका सर्वसाधारणको धनजनमा ठूलो क्षति पुग्यो । बर्षाद् लागेसंगै बर्षाद्ले विगतको जस्तो ठूलो धनजनको क्षति नपुगोस् भन्ने उद्देश्यले सुनसरी प्रशासनले यसतर्फ चासो देखाएको छ । सुनसरी प्रशासनले सप्तकोशी नदीमा आउन सक्ने बाढी र त्यसले पु¥्याउन सक्ने क्षति रोक्ने उद्देश्यसाथ सुनसरी प्रशासनले स्पर निरीक्षण तथा तटबन्ध सुरक्षाका सवालमा भइहेको काममा चासो दिएको छ । कोशी क्षेत्रको निरीक्षण र स्थलगत अनुगमनसँगै सम्भावित जोखिमका बारे प्रजिअ सहितको टोलील

    • प्रकाशित मितिः असार १०, २०७८
    • 1,199 पटक पढिएको
    • " गोविन्द बस्नेत "
  • चट्याङमा परी रंगेलीका १ जनाको मृत्यु, ४ जना घाईते

    मोरङ। मोरोङको रंगेली नगरपालिका ६ मलङ्गथानमा बुधबार दिउँसो १ बजे अचानक चट्याङ पर्दा रंगेलीका १ जना पुरुषको मृत्यु भएको छ । पिठारीको रुख मुनि सितल छहारीमा गफ गरी बसिरहेको अवस्थामा चटयाङ्ग लागेर सोही स्थानका २० बर्षीय नितेस रायको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ बर्षीय अशोक मण्डल, १७ बर्षीय बिजय मण्डल, २२ बर्षीया संगिता राय, र २७ बर्षीय रबिन मण्डल घाईते भएका हुन् । घाईतेहरुको रङेली अस्पतालमा उपचार भईरहेको छ ।

    • प्रकाशित मितिः असार ९, २०७८
    • 946 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना कहर : तंग्रिन नपाउदै धरासयि बन्यो ब्यवसाय, महङ्गो भाडाले व्यापार छाड्दै इटहरीका व्यवसायी

    इटहरी । इटहरी वडा नं ६ की मुना दाहालले विपी चौकमा सञ्चालन गर्दै आएको होटल कोठा भाडा तिर्न धौ–धौं भएपछि अरूलाइ नै विक्री गरी ब्यवसाय छाडिन । कोरोना महामारीले गर्दा सटर भाडा तिर्ने पैसा नहुँदा मुनाले होटल विक्री गरेकि हुन् । उनले छ वर्षदेखि होटल ब्यवसाय गर्दै आएकी थिइन् । यतिबेला परिवारको गर्जो टार्न नै समस्या परेको मुना सुनाउछिन , होटलले ४ जनाको परिवार धान्दै आएको थियो । तर, कोरोना महामारी फैलिएकाले गर्दा होटलमा ग्राहक आउन छाडेपछि सटर भाडा तिर्न नसक्दा गर्दै गरेको ब्यवसाय अरूलाइ बिक्रि गरी आफु पलायन हुनुपरेको सुनाउछिन , जसले गर्दा यतिबेला उनको परिवारलाईं खर्च धान्न सकस भएको दुखेसो पोख्छि

    • प्रकाशित मितिः असार ९, २०७८
    • 1,937 पटक पढिएको
    • "तेजबहादुर बन"
  • चलचित्रकर्मीलाई भ्याक्सिन उपलब्ध गराउन प्रदेश सरकार सँग माग

    धरान । कोभिडको महामारीमा सरकारले वितरण गरेको भ्याक्सीन वितरणमा विभेद गरेको भन्दै चलचित्रकर्मीहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । विषम परिस्थितीमा फ्रन्ट लाइन र ६० वर्ष उमेर माथिका समुहका धेरैले दोस्रो चरणको समेत भ्याक्सिन लगाइसकेको अवश्थामा चलचित्रकर्मीहरुलाई पहिलो चरणकै भ्याक्सिन उपलब्ध नगराएको भन्दै प्रदेश १ का चलचित्रकर्मीहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका हुन् । चलचित्रकमी हरुलाई राज्यले वेवास्ता गरेको र अहिले सम्म पनि पहिलो चरणको समेत भ्याक्सिन नपाएको भन्दै हिमाल दाहालको संयोजकत्वमा गएको चलचित्रकर्मीहरुको टोलिले प्रदेशका विभिन्न मन्त्रालयहरुमा भ्याक्सिन पाउनु पर्ने माग सहित म

    • प्रकाशित मितिः असार ९, २०७८
    • 774 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved