सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन: व्यावसायिक सुरक्षा प्राथमिकतामा

  • असार १६, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । गाउँघरमा असार लागेको छ । शहरबजारका व्यापारीलाई पनि ‘चुनाउ’ले उसैगरी असार लगाएको छ । धरानभित्रै पर्ने गाउँ ‘पानबारी’ धान उत्पादनको उर्वरभूमि हो । असारले छपक्कै छोपेका बेला, मध्ये असारमा शहरबाट ‘चुनाउ’ लिएर उद्योगी व्यवसायी गाउँ पसेका छन् ।

पानबारीमा हार्डवेयर पसल सञ्चालन गर्दै आएकी झुमा राई भोट माग्न आउनेसँग आग्रह गर्दै छिन्, ‘जितिसके पछि त हाम्रो समस्या पनि हेर्दिनु पर्‍यो है ।’ सुनसरी उद्योग वाणिज्य संघको असार २० मा हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार शिवराज श्रेष्ठ प्रतिबद्धता पूरा गर्ने आश्वासन दिइरहेका छन् ।

उत्तिसारो उत्साहजनक नहुँदानहुँदै पनि स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश र संघीय चुनाव आउन बाँकी छन्, यसबीचमा सुनसरीमा उद्योग वाणिज्य संघको निर्वाचन आएको छ जसले उद्योगी व्यवसायीमा उमङ्ग थपेको छ । मुलुकका ठूला उद्यमी ‘किसान’ खेतबारीमा हिलोसँग रमाउँदैछन् अर्कातिर उद्योगी व्यावसायीलाई यही मेसोमा ‘असार’ लागेको छ ।

बुधबार दही–चिउरा खाने दिन शिवराज श्रेष्ठको टोली पानबारी भोट माग्न पुग्यो । श्रेष्ठले दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यभार पूरा गर्ने उद्देश्यअनुरुप योजना निर्माण गरेका छन् । ग्रामीण उद्योग, व्यवसायको प्रवद्र्धनलाई पनि मुख्य एजेण्डा बनाएका श्रेष्ठले ‘श्रम र उद्यम गाउँ–गाउँबाट प्रद्र्धन गर्ने’ नीति लिएको बताउँछन् ।

श्रेष्ठले पर्यटन क्षेत्रको विकास गर्ने, संघको दैनिक सेवा क्षेत्रको सुरुवात गर्ने, सरकार र संघबीच सहकार्य गर्ने, महँगी नियन्त्रणको उपायको खोजी गर्ने, सचिवालयको सुदृढीकरण गर्ने, उद्योगी व्यावसायीको सुरक्षामा जोड दिने, प्रदर्शनी स्थल, पार्टी प्यालेस, आवश्यक स्थानमा सीसीक्यामेरा जडान गर्ने साथै व्यवसायमा देखिने समस्या सहजीकरण गर्ने आधारभूत एजेण्डा अघि सारेका छन् ।

‘आर्थिक गतिविधिको बढ्दो आवश्यक्ता र व्यावसायिक प्रभावका कारण अब परम्परागत मान्यता भन्दा माथि उठेर व्यावसायिक गतिविधि गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ,’ अध्यक्षका उम्मेदवार श्रेष्ठले भने, ‘हाम्रा संघसंस्थाहरुको सबै कामलाई बदलिंदो स्वरुप अनुकूल बनाउन जरुरी देखिएको छ ।’

‘सक्षम, सुदृढ र समृद्ध सुनसरी उद्योग वाणिज्य संघ, व्यावसायिक सुरक्षाका लागि गठबन्धन प्यानलमा मतदान’ भन्ने नारासहित श्रेष्ठ अध्यक्ष रहेको प्यानलतर्फ उद्योगमा चन्द्रप्रसाद बजगाईं, भोला श्रेष्ठले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फ महिला सदस्यमा ममता शाक्यले उम्मेदवारी दिएकी छन् । यसैगरी वाणिज्यतर्फ अमित अग्रहरी, उपेन्द्र चाम्लिङ, काजी गिरी, दिनेश राई, नवीन राजभण्डारी, नवीन लिम्बू, राजेश अग्रवाल र सीतारामा आचार्यले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।स्तै वस्तुगततर्फ अनिल ताम्राकार र नारायण लिम्बूले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

सुनसरीमा प्रहरीमाथि ...

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा ...

काठमाण्डौमा कोसी प्र ...

काठमाडौं । कोसी प्रदेश समग्र पर्यटकीय क्षेत्रका रुपमा अ ...

सुनाखरी एकेडेमीमा उत ...

धरान/ धरान–१२ चतरालाईनस्थित सुनाखरी एकेडेमीले शैक ...

विवाहित श्रीमती सुन ...

विकास चाम्लिङ राईधरान ।विवाहित महिलाहरुलाई लक्षित मिसेस ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved