निःशुल्क मोतियाविन्दु शल्यक्रियाले फेरियो जीवन

  • असार १०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । धरान–१४ विजयपुरमा असार ४ गते आयोजना भएकोे निःशुल्क आखा शिविरबाट मोतिया विन्दु भएकालाई वडाको पहलमा आँखा अस्पतालसँग सहकार्य गरेर निःशुल्क शल्यक्रिया गरिदिएपछि वडाका सर्वसाधारणले खुशी व्यक्त गरेका छन् l

शिविरमा २ सय ८९ जनाको आँखा परीक्षण गरिएका थिए । जसमध्ये ३१ जनाको मोतीबिन्दु र ३ जनाको आँखाको जालो काट्ने शल्यक्रिया गर्नुपर्ने जनाइएको थियो ।

मोतियाविन्दुको शल्यक्रिया गरेर फर्किएका धरान १४ का स्थानीय आनन्दप्रुसाद श्रेष्ठ अहिले दंग छन् । गुमेका आँखाका ज्योति वडाको सक्रियातामा इटहरी आखा अस्पतालले निःशुल्क शल्यक्रिया गरेर फर्कादिएकामा उनी दंग भएका हुन् । उनी भन्छन्–‘मेरो आखा एकदमै धमिलो हुन्थ्यो, नजिकबाट पनि देख्न सक्दिनथे, को मान्छे आयो भनेर थाहा हुँदैन थियो, तर अहिले अप्रेशनपछि छ्याङ देख्ने भएको छु ।

यस्तै खुशी स्थानीय डिल्लीबहादुर श्रेष्ठको पनि थियो । उनलाई पनि आँखाको ज्योति फर्किएकोमा नयाँ जीवन पाएको अनुभूति भएको छ । उनले भने–‘फेरि आँखा देख्छु भन्ने लागेकै थिएन, वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले दन्तकाली माविमा राखेको शिविरले मैले नयाँ जीवन पाएको अनुभूति गरेको छु ।’

आखाका अन्य समस्या भएका ३१ जनालाई शिविर पश्चात चस्मा वितरण गरिएको थियो । आँखा शिविरमा आँखा परीक्षण पछि ५१ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने आँखा परीक्षण पछि औषधी समेत वितरण गरिएको थियो । यो धरान १४ ले यस भन्दा अगाडि पनि स्वास्थ्य सम्बन्धी निःशुल्क परीक्षण गर्दे आएको थियो । भविष्यमा पनि सर्वसाधारणलाई लक्षित गरी विभिन्न प्रकारका स्वास्थ्य शिविरको आयोजना गर्ने १४ वडा समितिका अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

देवानगञ्जमा फेरि भिड ...

धरान/ सुनसरीको देवानगञ्ज गाउँपालिका–३ देवानगञ्ज ब ...

बडी विल्डिङ एण्ड फिट ...

धरान/  धरान बडीविल्डिङ एण्ड फिटनेश संघको अध्य ...

सुनसरी हिंसाः विराट ...

धरान/  सुनसरीको देवानगन्ज गाउँपालिका–३ ...

विद्यालयको कोठाभित्र ...

झापा/ झापाको मेचीनगर–६ स्थित अरुणोदय माध्यमिक विद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved