समाज

    Showing ५,४५१-५,४६० of ७,१४८ items.
  • रोङको ब्रान्ड: गुन्द्रुकसिन्कीको सम्मान

    इलाम / हरेक किसानको करेसामा साग हुने गर्दछ । त्यो साग बजार सम्म पुर्‍याउन सके किन्नेको हारालुछ हुने गर्दछ । तर इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खुवाउने गरेका छन् । त्यो सागलाई सदुपयोग गर्न सके गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ । तर स्थानीय तहले किसानका उत्पादन प्रवद्र्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । हरेक निर्वाचनमा तिनै किसानका उत्पादन बजारीकरण गर्छौ भनेर चुनाव जित्छन् र जिते पछि किसान प्रति कुनै योजना बन्दैनन् त्यसले गर्दा किसानका उत्पादन सदुपयोग हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन । तर इलामको रोङ गाउँपालि

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ८४१ पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • नगरपालिकाको कुल बजेटको २८.३५ प्रतिशत खर्च

    बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकाले कुल बजेटको २८.३५ खर्च गरेको विवरण प्रस्तुत गरेको छ । एघारौ नगरसभामा खर्च विवरण प्रस्तुत गर्दै खेलक्षेत्रमा योगदान पुर्‍याएका १८ जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ । शनिबार बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको थियो । नगर सभामा नगर उप–प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को (संशोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा कृषि पर्यटन र पूर्वाधारमा जोड दिइएको थियो। प्रस्तुत बजेटमा आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले

    • प्रकाशित मितिः माघ ९, २०७९
    • ९०४ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भोजपुरको खुकुरी अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग

    भोजपुर / भोजपुरको खुकुरी नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय छ । यहाँ बनाइएका खुकुरी अन्तर्राष्ट्रिय बजारमा माग बढी छ । तर माग अनुसारका खुकुरी बनाउन भने त्यहाँका व्यवसायीहरुले सकिरहेका छैनन् । विविध कारणले नेपालमा आर्थिक मन्दी भएका समयमा खुकुरी बाहिर जान सकेको थिएन । भारतले गरेको नाकाबन्दी तथा कोरोना संक्रमणका समयमा नेपालमा बनेका त्यसमा पनि भोजपुरे खुकुरीको माग अत्यन्तै न्यून थियो । यहाँको खुकुरी चाइना लगायतका देशमा जाने भएपनि संक्रमणका समयमा निर्यात हुन सकेको थिएन । तर अहिले सहज बन्दै गएपछि भोजपुरे खुकुरीको माग अत्यधिक भए पनि माग अनुसार बनाउन नसकिएको खुकुरी उद्योगी व्यवसायीहरुल

    • प्रकाशित मितिः माघ ९, २०७९
    • १,०५७ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान ५ मा एक घर भत्काइयो सुरक्षाको माग गर्दै वडाध्यक्षद्वारा प्रहरीमा उजुरी

    धरान / धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई नियन्त्रण गर्ने प्रयास अनुरुप अभियान नै थालेको छ । केही समय अगाडि धरान १७ मा सार्वजनिक जग्गामा बनेका घर भत्काएको थियो । उपमहानगरपालिकाले यो अभियानलाई निरन्तता दिइरहेको छ । तर पूर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । आइतबार पनि धरान ५ देउरालीको याक्थुङक नजिक रहेको अधेरी खोला बगरमा रहेको घर उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सार्वजनिक जग्गामा बनेको घरलाई उपमहानगरपालिकाले नगरपालिकाको प्रदेश प्रदेश १–०२००१ ग ०२३४ नम्बरको स्काभेटर प्रयोग गरी भत्काइएको हो । सार्वजनिक जग्गामा घर बनाउन नपाइने भए पनि स्थानीय अनिश लिम्बुले करि

    • प्रकाशित मितिः माघ ९, २०७९
    • १,०२५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्युतीय गाडीको डिलर उद्घाटन

    दुहबी / सुनसरीको दुहबीमा विद्युतीय गाडीको डिलरको उद्घाटन गरिएको छ । नगरपालिकाको ३ नं वडाको कोशी राजमार्ग छेउमा इलेक्ट्रीक सवारी साधनको मुख्य डिलर उदाटन भएको हो । डिलरको उद्घाटन शनिवार दुहबी नगर प्रमुख बेद गच्छादारले गरेका छन् नगर प्रमुख गच्छादारले बातावरणीय प्रदुषण नियन्त्रण गर्न र महंगो तेल प्रयोग गर्ने बाध्यताबाट सर्वसाधारणलाई राहत मिल्ने बताए । उनले यस्ता सवारीहरु लामो दूरिमा जाँदा चार्जिङ्गको समस्या हुने हुँदा ठाउँ ठाउँमा चार्जिङ सेन्टर समेत हुन आवस्यक रहेको बताए । चाइनादेखि आयात गरी पूर्वाञ्चलकै मुख्य आयातकर्ता टीएम मोटर्स कम्पनिले दुहबी मै प्रधान कार्यालय स्थापना गरी बिधिवत रुपमा

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ९६९ पटक पढिएको
    • "चन्दन रौनियार"
  • गजल

    देशभक्त विकसित देश ,समृद्ध नेपाल खोज्छमान्छे आफ्नै देशमा यसरी पनि काल खोज्छ ।। यो सरकार चोर्न लुट्न जताततै प्वाल खोज्छ  देश सिमामा मेची महाकाली पर्खाल खोज्छ ।। यो ज्यानलाई उसको खोज यस्तो छ महोदयजस्तो बिरामी हुँदा मान्छे अस्पताल खोज्छ ।। यी आँखाहरू को भाषा कसले बुझ्ने खै यहाँजवाफ नआउँदापनि कहिल्यै सवाल खोज्छ ।। फाइदामा एकछिन मिले भन्दैमा भ्रममा नपरौँपछि गौले गौकै ,बाख्राले बाख्राकै बगाल खोज्छ ।।

    • प्रकाशित मितिः माघ ८, २०७९
    • १,०८४ पटक पढिएको
    • " दिनेश प्रयासी खोटाङ दिक्तेल, हाल इलाम"
  • सोम्स कलेजद्वारा विद्यार्थीलाई सहयोग

    मोरङ /  त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडीज सोम्स कलेजले आफ्नै कलेजमा अध्ययनरत छात्र सुमन खवासलाई आर्थिक सहयोग गरेको छ ।छात्र सुमन खवास बिगत तनि महिना देखि आन्द्राको क्यान्सरबाट पिडित थिए । बिबिएस दोस्रो वर्षमा अध्ययनरत सुमनको परिवारिक अवस्था कमजोर रहेको साथै उपचारको क्रममा परिवार समेत ऋणको भारमा परिरहेको पिडीतकी आमाले बताइन् । सुमनकी आमा पाठेघरको क्यान्सर भएको र निकै ठूलो खर्च र लामो समय सम्म उपचार गरी अहिले ठिक भएको आमा रिन्कि देवी खवासले बताइन् । विराटनगर ६ व्रम्हपूरा वसोवास गर्ने सुमनको ५ जनाको परिवारमा बुवा ट्याक्टर चालकको रुप

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ९२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ ले घटायो मन्त्रालय तेह्रबाट नौमा झारियो

    सुनसरी / प्रदेश सरकारको मितव्यायिताको कुरा उठिरहँदा प्रदेश १ सरकारको मन्त्रालय घटाइएको छ । प्रदेश १ सरकारले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेको हो ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन गरेर १३ वटा साविकका मन्त्रालयलाई ९ वटामा सीमित गरेको छ । मन्त्रालय घटाएसँगै मन्त्रालयको संरचनाको समेत टुंगो लगाएको छ । यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ । यस्तै मन्त्रिपरिषद्का्े बैठकले सरकारको प्रवक्तामा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ९६५ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुरक्षित आप्रवासन परियोजना १ सय ५६ स्थानीय तहमा सञ्चालन

    धरान / सुरक्षित आप्रवासन परियोजना (सामी) ले वैदेशिक रोजगारीमा जानेहरुलाई जानकारी दिन विभिन्न कार्यक्रम अगाडि सारेको छ । स्वीजरल्याण्ड सरकारको कार्यक्रम अन्तर्गत यो कार्यक्रम नेपालका १५६ स्थानीय तहमा कार्यक्रम अगाडि बढाएको छ । सुनसरी जिल्लाको हकमा भने धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र भोक्रा गाउँपालिकामा सामीको कार्यक्रम सञ्चालनमा रहेको छ ।सोही कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिकामा समेत यो कार्यक्रम शुरु भएको छ । यस कार्यक्रम अन्तर्गत सामीले ५ वटा क्षेत्रका काम गर्ने गरेको सुरक्षित अप्रवावासन परियोजनाका जिल्ला संयोजक धिराज भट्राई बताउँछन । खास गरेर यसले विदेश जानेहरुका लागि सूचना

    • प्रकाशित मितिः माघ ८, २०७९
    • ९९६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्याब्सन स्पोर्ट्स मिटको अघिल्लो दिन ¥याली

    मोरङ / १२ औं संस्करणको प्याब्सन स्पोर्ट्स मिटको पूर्वसन्ध्यामा विराटनगरमा ¥याली निकालिएको छ । प्याब्सन मोरङको आयोजनामा विराटनगरमा शुक्रबार (आज) देखि प्याब्सन स्पोर्ट्स मिट सुरु हुदैछ । प्याब्सन स्पोर्ट्स मिटको प्रचारप्रसाचर गर्ने उद्देश्यले बिहीबार विराटनगरमा ¥याली निकालिएको हो ।विराटनगरको सहिद मैदानदेखि निकालिएको ¥याली महानगरको विभिन्न भाग परिक्रमा गर्दै ट्राफिक चौकमा आएर सम्पन्न भएको थियो । ¥यालीमा प्याब्सनका पदाधिकारी, कार्यसमिति सदस्यहरू, शिक्षक र विद्यार्थीहरूको सहभागि रहेको थियो । ८ गतेसम्म संचालन हुने प्याब्सन स्पोर्ट्स मिटमा एक दर्जन खेलहरू समावेश गरिएको प्याब्सन मोरङ

    • प्रकाशित मितिः माघ ७, २०७९
    • ८३६ पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved