धरान । चारदशक भन्दा लामो समयदेखि लालपूर्जा नपाएका धनकुटाको एक गाउँका सर्वसाधारण लालपूर्जा प्राप्त भएसँगै दंग भएका छन् । लालपूर्जा प्राप्त गर्ने मध्येका साँगुरगढी गाउपालिका ५ तुखाका छत्र याखाले पुर्खादेखि आर्जन गर्दै गरेको जग्गाको लालपूर्जा पाएकोमा खुशी व्यक्त गरे । उनले भने–‘ आफू जन्मनुभन्दा पहिले नै नापी गर्दा गाउँ ब्लक भनेर छोडेको र आफूहरुले नै उपभोग गर्दै आएको जग्गा आफ्नो स्वामित्वमा आएको थिएन, आफ्नो स्वामित्वमा आउँदा खुसीको सिमा नै छैन नि ।’ अर्का स्थानीय बलीकुमार याख्खाको समेत लालपूर्जा पाउँदा खुशीको सीमा थिएन । नापी कार्यालयद्वारा डाँडाबजारमा लालपुर्जा वितरण गर्दा जमि
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको छ । करार र अस्थायी कर्मचारी नगरपालिकाको मूलगेटमा धर्नामा पनि बस्दै आएका छन् । बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो। एक हप्तादेखि आफूहरुले नगर प्रमुख बसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकार
धरान । कोरानापछि हरेक क्षेत्रमा चहलपहल बढ्दै गएको छ । कोरोनाका कारण धार्मिक आस्थामाथि ठेस पुगेका भक्तजनहरु कोरोना पछि जनजीवन सहज बन्दै गएपछि धार्मिक आस्थामा सर्वसाधारणको मन गएकोे पाइन्छ । यसैले प्रदेश नं १ कोे धार्र्र्मिय पर्यटकी क्षेत्र धरानको विजयपुर धार्मिक आस्थाको केन्द्र विन्दु बन्दै गएको छ । शनिवार धरान १४ विजयपुरमा रहेको बुढासुब्बा मन्दिरमा अत्याधिक भीड रहेको थियो । भक्तजनहरु नेपाल लगायत भारतको दार्जिलिङ, सिक्किम लगायतका ठाउँबाट बुढासुब्बाको दर्शनका लागि लाइन लागेर बसेको दृश्यले पनि धार्मिक क्षेत्र सर्वसाधारणको आस्थाको केन्द बनेको भान हुन्छ । विगतमा भाकल गरेर भाकल पूरा गर्नेहरु लाइनमा
धरान । सामाजिक कार्यसँगै मानव स्वास्थ्यमा उल्लेख्य भूमिका निर्वाह गरेको सेवक अभियान धरानले आठ बर्ष पूरा गरेको छ । सामाजिक कार्यसँगै स्वास्थ्यका लागि हाइकिङ चलाउदै आएको अभियानले आफ्नो ८ औं बार्षिकोत्सवको अवसरमा धरान ३ मा रहेको खड्गी समाजमा कार्यक्रम समेत गरेको छ । संस्था गठनसँगै धरान १४ विजयपुरमा आएका बोलबम भक्तजनहरुको सेवा समर्पित भई स्वयम् सेवकको काम गरेर काम शुरु गरेको संस्था गठन भने आठबर्ष अगाडि २०७२ श्रावण गते गठन भएको थियो । गठन भएयता समाजले धरान तथा धरान बाहिरका अनाथ,अपाङ्ग ,असहाय र आर्थिक अवस्था कमजोर भएकालाई सेवा र सहयोग गर्दै आइरहेको छ भने प्रत्येक शनिवार स्वास्थ्यका लागि हाइकिङको
धरान । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले संघीयता खारेजको कुरा अनर्गल हल्ला भएको बताएका छन् । मंंगलबार विराटनगरमा प्रेस चौतारी नेपाल प्रदेश १ कमिटीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता पोखरेलले नेपालको संविधानको मर्म अनुसार संघीयता भएको र संघीयताको विषयमा सबै दलको सहमति भएकोले यस्ता अनर्गल हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । उनले भने–‘संविधानको मर्म अनुरुप संघीयता कायम भएको हो,संविधान हामीले सहमतिमा बनाएका हौं, हामी सहमति भन्दा बाहिर जाँदैनौ ।’ उनले कसैलाई खारेज गर्नुपर्छ भन्ने लाग्दैमा खारेज नहुने बताए । उनले भने–‘हाम्रो संविधान संशोधनीय छ तर एउटाले
धरान । प्रदेश १ का विभिन्न शिवालयहरुमा आज गेरुवस्त्रधारी बोलबमभक्तजनहरुको भीड लागेको छ । प्रदेश १ मा रहेको धरानको पिण्डेश्वर, झापाको अर्जुनधारा तथा खोटाङका हलेसीमा रहेका शिवालय गेरुबस्त्रधारी भक्तजनको भीड लागेको हो । धरानमा समेत बोलबमको पहिलो दिन नै भक्तजनहरुको भीड बढेको छ । दुई बर्ष कोरोनाका कारण मेला लाग्न नसक्दा बोलबममा गएर शिवजीलाई पानी चढाउने भाकल भाकलमै सीमित थियो, यस बर्ष कोरान सहज भएकै कारण भक्तजनहरु उल्लेख्य रुपमा आएका छन् । बोलबममा आउने सबै उमेर समूहका छन् । बालकदेखि युवा तथा वृद्धबृद्धाहरु यस बर्ष कौशिकी नदी चतराबाट जल ल्याउए चढाउने लाइनमा देखिन्थे । नेपालबट मात्र हेन भारत
धरान । धरानका मेयर हर्क साम्पाङको खानेपानी समस्या समाधानको सपना पूरा गराउन विदेशमा रहेका धरानेहरुले धमाधम सहयोग पुर्याएको छन् । विदेशमा रहेका धरानेहरुले धरानलाई स्वच्छ, सफा बनाउने मेयर साम्पाङको सपनालाई पुरा गराउन धमाधम डस्विन प्रदान गर्दै आएका छन् भने पछिल्लो पटक खानेपानीका लागि पाइप नै प्रदान गरेका छन् । धरानका १७ का किसन राई र गँगा राईले आफ्नो स्वर्गीय माता खाइसु माया राई ,पिता – किताब सिंह राई को स्मृतिमा खानेपानीको पाईप २७ थान उपलब्ध गराएका हुन् । मेयर साम्पाङ्गको निसाने खोलाबाट पानी ल्याउने योजनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पाइप उपलब्ध गराएका हुन् । धरान १७ म
धरान । एकतर्फी पार्किङको नाममा सिटी सफारीलाई विस्थापित गर्न खोजेको भन्दै सिटीसफारी चालकहरुले आइतबार धरान उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेकपा माओवादी केन्द्र सम्बद्ध मजदुरहरुको संगठन अखिल नेपाल यातायात मजदुर सगठनको एक नम्बर प्रदेशका अध्यक्ष एवम केन्द्रीय महासचिव लिलाबहादुर प्रधानको नेतृत्वमा नगरपालिका पुगेका हुन् । उनीहरुले उपमहानगरपालिका गेट अगाडि सिटीसफारी राखेर धर्ना समेत दिएका थिए । नेता प्रधानले उपमहानगरपालिकालाई ध्यानाकर्षण गराउदै भने–‘एकतर्फी पार्किङको नाममा मोटरसाइकल लगायतका अन्य सवारी साधनलाई व्यवस्थित गरिरहँदा सिटी सफारीको स्थान कहाँ हो भन्ने एकिन नगरिदा विस्
धरान । यस बर्षको बोलबम मेला आइतबारबाट शुरु भएको छ । विगत दुई बर्ष कोरोनाका कारण मेला लाग्न सकेको थिएन । यसपटक अत्याधिक भीड हुने देखेर भक्तजनको सुविधाका लागि सुरक्षाका लागि सुरक्षा निकाय, लाइन व्यवस्थापनको लागि विभिन्न संघ संस्थाबाट स्वयमसेवक परिचलन, प्राथमिक उपचारका लागि चिकित्सकको टोली तथा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरीले आ आफ्नो ढंगबाट साउनका बोलबमभरि सहयोग पु¥याउने भएका छन् । प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीद्वारा पिण्डेश्वर मन्दिरमा जल अभिषेक गरी कार्यक्रम शुभारम्म गरिएको हो । शुभारम्म कार्यक्रममा इलाका प्रशासन कार्यालय धरानका प्रमुख चुडाराज भट्टराई, धरान उपमहानगपा
हिन्दु पराम्परा अनुसार साउन महिनालाई छुट्टै महत्वका साथ हेरिने गरिन्छ । यो महिना शिवजीसँग जोडिएको महिना हो । साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास रहिआएको छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्तव दिन्छन् । साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल