धरान नेपाल सुनचाँदी रत्न तथा आभुषण प्रदेश १ महासघंले ईलाम जिल्लाका लागी २० थान पिपिई र ५ हजार थान मास्क प्रदान गरेको छ । सामग्रीको करिब १ लाख २६ हजारको मुल्य परेको महासंघका प्रदेश संयोजक विसन शाक्यले बताएका छन । उक्त सामग्री जिल्ला प्रशासन कार्यलय ईलामको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई र सशस्त्र प्रहरी उपरीक्षक रोसन श्रेष्ठलाई प्रदान गरिएको थियो । संयोजक शाक्य सहित कोषाध्यक्ष रूद्व बहादुर विश्वकर्मा र सदस्य सुदन शाक्यले संयुक्त रूपमा सामग्री प्रदान गरेका थिए । प्रजिअ सेडाईले अहिलेको विषम परिस्थितिमा महासंघले स्वास्थ्यकर्मीका लागी पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट ९पिपिई० र माक्स सहयो
बिराटनगर गणतन्त्र दिबसको अबसरमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुभकामना व्यक्त गरेका छन् । गणतन्त्र दिवस २०७७ को अवसरमा ज्ञात अज्ञात अमर शहीदहरूप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा मुख्यमन्त्री राईले शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले भिडियो किल्प जारी गर्दै गण्तन्त्र प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका शहीदहरु प्रति भावपूर्ण श्रद्घाञ्जली अपर्ण गर्दै सम्पूर्ण ब्यपत्ता योद्धाहरु प्रति सम्मान व्यक्त गरेका छन् । साथै गणतन्त्र प्राप्तिको आन्दोलनका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरे । उनले गणतन्त्रको आन्
कालाबन्जर ।वराहक्षेत्र ४ धनपुरी थलाह टोलका जनता आफ्नो गाउँ आफै बनाउने अभियानमा जुटेका छन् । उनिहरु बन्दाबन्दीको बेला सबैजना गाउँघरमै भएको अवसरमा आफ्नो टोलको साघुरो बाटो बिस्तार गर्न जुटेका हुन् । राहुल राइको अध्यक्षतामा समिती गठन गरि सरस्वती माबी अगाडी रहेका ३ वटा १४ फिटे बाटालाइ न्युनतम २० फिटे बनाउने काम थालिएको छ । सबैले श्रमदान गरिरहनु भएको छ । सामाजिक दुरि कायम गरि काम गर्दैछौ । हाम्रो योजना अनुसार लगभग ७ सय मिटर बाटो खन्नु पर्ने छ । समितीका सचिब सुशील सुहानीले बताए । यो बस्ती २०७१ ( ०७२ मा सुनसरी मोरङ सिंचाइ आयोजनाले नहर डिलका घरहरु हटाए पछि बसेको हो । आपत बिपत पर्दा साघुर
विराटनगर । प्रदेश १ सरकारले कोरोना संक्रमणको परीक्षण दैनिक दुई हजारसम्म पुर्याउने तयारी थालेको मुख्यमन्त्री शेरधन राईले बताएका छन् । बुधबार शुरु भएको प्रदेश १ को बर्खे अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले सरकारले दैनिक दुई हजार जनामा कोरोना परीक्षण गर्ने योजनालाई मूर्त रुप दिन नीतिगत रुपमै निर्णय गरिसकेको सदनसमक्ष जानकारी गराएका छन् । उनले भने,“कोभिड १९ परीक्षण एक्सन प्लान बनाइएको छ । अहिले पीसीआर परीक्षण तीन ठाउँबाट भइरहेको छ । अहिले दैनिक ३ सय २० जनाको परीक्षण भईरहेको छ । अब ल्याबको क्षमता बढाएर दैनिक एक हजार पुर्याइने छ ।” मुख्यमन्त्री राईले चीनको तिब्बत सरकारको सहयोगमा
विराटनगर । प्रदेश नं. १ बाट आज थप ४ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत उदयपुरको भुल्केका एक पुरुष सहित ४ जना डिस्चार्ज भएका हुन । डिस्चार्ज हुनेमा ५८ वर्षीय मो.अलिजान, ३६ वर्षीया जुवेदा खातुन, ४० वर्षीय माधो खातुन र ६५ वर्षीय सविरण खातुन रहेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर वस्नेतले जानकारी दिनुभयो । आज डिस्चार्ज भएका मो.अलिजान र जुवेदा खातुन वैशाख ९ गते र अन्य २ जना वैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए । डिस्चार्ज भएका सवैलाई उदयपुरको भुल्के पठाईएको उहाँले बताउनुभयो । ४ जना डिस्चार्ज भएसँगै प्रदेश १ बा डिस्चार्ज हुने
विराटनगर । प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भई लक्षण देखिएका बिरामीलाई मात्र अस्पतालमा राखेर उपचार गर्ने सरकारले तयारी गरेको छ । परीक्षण गर्दा कोरोना पुष्टि भएका तर रोगको लक्षण नदेखिएका बिरामीलाई भने सरकारले तोकेको र तयार गरेको आईसोलेसन केन्द्रमा राखेर उपचार हुनेछ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोनाको लक्षण देखिएकाहरुलाई प्राथमिकता दिई सरकारद्वारा संचालित कोभिड अस्पतालमा भर्ना गरी उपचार गरिने जानकारी दिदैं भने,“रिपोर्ट पोजेटिभ आएकाहरुलाई आईसोलेसन केन्द्रमा राखेर निगरानीसंगै उपचार हुनेछ ।” बिरामीलाई वर्गीकरण गरेर उपचार गर्ने प्रदेश सरकारले योजना बनाएको घिमिरेल
काठमाण्डैं नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रसे व्रिफिङको क्रममा बोल्दै मन्त्रालयका प्रवक्ता डा बिकास देबकोटाले थप ११४ जानकारी दिएका छन् । कुल संक्रमितहरु मध्ये ७९६ परुष ९० जना महिला रहेका छन् भने संक्रमित रहेको जिल्लाको संख्या ४६ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म नेपालमा ४ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १८३ जना उपचारपछि निको भएका छन्। थप विवरण केही बेरमा
विराटनगर । झापा जिल्ला कोरोना संक्रमणको दृष्टिले प्रदेश १ मै केन्द्र बन्न पुगेको छ । जिल्लामा ५४ जनामा संक्रमण पुष्टि भएको छ । झापाको कचनकवल गाउँपालिकामा मात्रै संक्रमितको संख्या ४८ जना पुगेको छ । भारतसंग सीमा जोडिएको कचनकवल गाउँपालिकामा सबैभन्दा धेरै संक्रमित फेला परेका हुन । बुधबार दिउँसो आएको परीक्षण नजिताअनुसार झापामा थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । १५ जना कचनकवल गाउँपाकिलाकाका छन् । नयाँसहित कचनकवलमा सक्रमितको संख्या ४८ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या १ सय ४ पुगेको छ । उदयपुरको भुल्केमा पहिलो पटक कोरोना सक्रमित भेटिएका थिए । सामाजिक विकास मन्त्रालयका अनुसार दुई जना भने ग
सुनसरी । केही दिन अघि धरानको वडा नम्बर १४ का जनप्रतिनिधि सहित २ जना स्थानीय माथी भएको कुटपिटको घटनामा वडाध्यक्षले बेवास्ता गरेको भन्दै पिडितहरुले गुनासो गरेका छन् । वडाकी दलित महिला सदस्य मनिषा बिक सहित शिव चौकका झलक र लाई स्थानीय युवाहरुले मरणासन्न हुने गरि कुटपिट गरेका थिए । वडाकै काममा खटिएको अवस्थामा पनि जनप्रतिनिधिनै कुटिदा पनि वडाध्यक्ष कृष्णप्रसाद भट्टराई ले गैरजिम्मेवार जवाफ दिएको उनी हरु को गुनासो छ । कुटपिट मा सङ्लग्न युवाहरु गलत आचरणका भएकाले उनीहरु छुटेर आएपछी थप आक्रमण हुन सक्ने भन्दै पिडितहरु त्रसित बनेका छन । घटनाको विषयमा र भोलि आउन सक्ने असुरक्षा को बारेमा जानकारी गराउदा पनि
वराहक्षेत्र / वराहक्षेत्र नगरपालिकाले चक्रघट्टीस्थित महेन्द्र माविमा तयार गरेको क्वारेन्टाइनको मंगलबार नगर प्रमुख निलम खनालले अवलोकन गरेका छन् । अनुगमन तथा सुपरीवेक्षण समितिका संयोजक समेत रहेका नगर प्रमुख खनालले क्वारेन्टाइनमा बस्नेहरुको स्वास्थ्य अवस्था र समस्याबारे जानकारी लिएका छन् । क्वारेन्टिनमा बस्नेहरुमा कुनै प्रकारको समस्या नदेखिएको नगर प्रमुख खनाल ले बताए । ‘सरकारको मापदण्डअनुसार व्यवस्थापन गरेका छौं । खाजा चिया खाना गरी चार टाइम व्यवस्था गरेका छौं’, नगर प्रमुख खनालले भने, ‘उनीहरुको आत्मविश्वास बढाउन बेलाबेलामा समस्या पनि बुझिरहेका छौं ।’ नगरपालिका