समाज

    Showing 5,141-5,150 of 6,724 items.
  • विपन्नलाई प्राविधिक शिक्षा पढाउँदै इलाम नगरपालिका

    इलाम / प्राविधिक शिक्षा प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले इलाममा बिपन्न परिवारका विद्यार्थीहरुलाई प्राविधिक शिक्षा दिन थालिएको छ । इलाम नगरपालिकाले नगरका विपन्न विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउन शुरु गरेको हो । ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए । उनले भने–‘प्राविधिक शिक्षाले विद्यार्थीहरु स्वरोजगार बन्न सकून भन्ने हाम्रो अभिप्राय हो, सोही अनुरुप हामीले प्राविधिक शिक्षा सञ्चालन गरेका हौं ।’इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने यो

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 712 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको नयाँ भेरियन्टको रोकथाम र नियन्त्रणका लागि महानगरद्वारा तयारी सुरु

    विराटनगर  /छिमेकी मुलुक भारत र चीनसहित विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को संक्रमण फैलिएपछि विराटनगर महानगरपालिकाले संक्रमण रोकथाम र नियन्त्रणका लागि तयारी सुरु गरेको छ । सोमबार तीनै तहका सरकारका प्रतिनिधिहरुको उपस्थितिमा महानगरले अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा महानगरका मेयर नागेश कोइरालाले भारतसित सीमा जोडिएका कारण विराटनगर कोरोनाको नयाँ भेरियन्ट वीएफ–७ को उच्च जोखिममा रहेकाले सतर्कता अपनाउनु आवश्यक रहेको बताए । ‘भारतमा समेत वीएफ–७ को संंक्रमित फेला परिसकेका छन् । चीनमा त ठूलो जनसंख्यालाई नयाँ भेरियन्टको संक्रमण भएको छ,’ मेयर कोइरालाले भने

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 574 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुसको अन्तिम सातादेखि गोधुली रनिङ कप

    धरान /मोफसलकै सबैभन्दा पुरानो र धरानको फुटबल प्रतियोगितामा महत्वपूर्ण भूमिका खेल्दै आएको अन्तर वडास्तरीय गोधुली रनिङ कपको २३ औं संस्कार पौषको अन्तिम सातादेखि हुने भएको छ ।आयोजक गाधुली क्लबले दिएको जानकारी अनुसार गोधुलीकोे २३ औं सँस्करण यही पुष ३० गतेदेखि हुने भएको हो । आयोजक क्लबका उपाध्यक्ष सतिष केसीका अनुसार प्रतियोगिता पुष ३० देखि माघ १४ गतेसम्म सम्पन्न हुने भएको छ । धरान १६ रंगशालामा हुन लागेको प्रतियोगिताका लागि २० वटै वडा कार्यालयहरुलाई पत्रचार गरिसकेको बताए । उनले भने–‘हामीले प्रतियो्गिता गर्ने निर्णय गरेसँगै वडा कार्यालयहरुलाई पत्राचार गरिसकेका छौं ।’ उनका अनुसार गत

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 730 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विजयपुरका मन्दिरक्षेत्र टिकटक बनाउनेको रोजाई

    धरान / प्रविधिको विकास नहुदा मनोरञ्जनको साधनको रुपमा गाउँघरमा हुने नाचगान, साँस्कृतिक चाडपर्व, लोकदोहोरी, पूजाआजामा भजन किर्तन, संगीत लगायतका हुन्थे । समय परिवर्तनसँगै प्रविधिको विकासले मनोरञ्जनको तौरतरिकामा परिवर्तन ल्याएको छ । अहिलेका पुस्ताका लागि मनोरञ्जन टिकटक, सामाजिक सञ्जाल (फेसबुक), ट्वीट्र, युट्युव लगायतका रहेका छन् । यी मध्ये पनि अहिले टिकटक सबैभन्दा राम्रो मनोरञ्जन गर्ने विधि बनेको छ ।पछिल्लो समय टिकटक फेशनको रुपमा विकास हुदै गएको छ ।   विराटनगरका युवतिहरु विजयपुरमा टिकटक बनाउदै  रमणीय स्थल पुग्ने जोकोहीको पहिलो लक्ष्य नै टिकटक बनाउने हुन्छ । अहिले धरान १४ विजयपुरका

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 600 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लालीगुराँसले अर्गानिक खेती प्रणालीलाई अँगाल्यो

    धरान / रसायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेको बेला तेह्रथुमको लालीगुराँस नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउन पहल शुरु गरिएको छ । रसायनयुक्त खानेकुराको प्रयोगले मानव स्वास्थ्यलाई असर गर्ने भन्दै नगरपालिकालाई अर्गानिक कृषि उत्पादन क्षेत्र बनाउन अभियान थालिएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका र सामाजिक संस्था दलित सचेतना समाज नेपाल तेह्रथुमले लालीगुरास नगरपालिकालाई अर्गानिक कृषि उत्पादन नगरपालिका बनाउने अभियान शुरु गरेका छन् । नगरपालिकाले सहभागितामूलक प्रांगरिक गुणस्तर निर्धारण प्रणाली प्रवद्र्धन कार्यविधि नै बनाएर काम गरिरहेको लालीगुराँस पालिकाका सामाजिक विकास अधि

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 720 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ का सांसदले पनि लिए सपथ ग्रहण

    विराटनगर / प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश नं. १ को प्रदेशसभा सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रदेश सभा सदस्यहरूमध्ये ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ गराएका छन् ।नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रामिक तथा सुविधासम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम पद तथा गोपनीयताको सपथ गराएका हुन्। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, पर्यटन तथा संस्कृतिमन्त्री खिनु लङ्वा लिम्बू, कमलप्रसाद जबेगु, खगेनसिंह हाङगाम र निर्मला लिम्बूले लिम्बू भाषा र सुनिता गच्छदार

    • प्रकाशित मितिः पुस १२, २०७९
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • औलियाबाबाको १३ औं वार्षिक साधारण सभा

    चतरा / बराहक्षेत्रस्थित औलिया बाबा बचत तथा ऋृण सहकारी संस्थाले चालू आर्थिक वर्षमा २ करोड ७२ लाख ३३ हजार १ सय ४६ रुपैयाँ ३३ पैसा कारोबार गरेको छ ।सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा लेखा प्रतिवेदन प्रस्तुत गर्दै लेखा समितिका संयोजक शान्तिराम खतिवडाले ४४ लाख ९ हजार ५ सय २ रुपैयाँको आय विवरण प्रस्तुत गरे ।सहकारीले चालू आर्थिक वर्षमा १७ लाख ६२ हजार ५ सय रुपैयाँ शेयर पुँजी वृद्धि गर्दै ७५ लाख १ सय रुपैयाँ पुर्याएको छ । वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष रमेशकुमार विष्टले चालू आवसम्म आइपुग्दा सहकारीले ४ करोड ६ लाख ८ सय ४९ रुपैयाँ ७८ पैसा निक्षेप सङ्कलन गरेको बताए ।चालू आ

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 629 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सातौँ वार्षिकोत्सवमा रक्तदान र स्वास्थ्य शिविर

    विराटनगर / विराटनगरमा रहेको स्पार्क नेचुरोप्याथी एण्ड फिजियोथेरापी हस्पिटलले आफ्नो सातौ बार्षिको अवसर पारेर आइतबार रक्तदानसँगै निःशुल्क हाडजोर्नी तथा नशा सम्बन्धी शिविरको आयोजना गरेको छ ।अस्पतालको प्रांगरणमा भएको रक्तदान कार्यक्रममा ३८ पिन्ट रगत संकलन भएको स्पार्क हस्पिटलका बजार व्यवस्थापक सञ्जिव कोइरालाले बताए । उनका अनुसार रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस्, संकलन भएको रगतले विरामीलाई राहत पुगोस् भन्ने उद्देश्यले बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । यस्तै बार्षिकोत्सवको अवसर पारेर हस्पिटलले हाजोर्नी तथा नशासम्बन्धी निःशुल्क परीक्षण गरेको छ । विशेषज्ञ चिकित्सकद

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 640 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • गरिब तथा असहायलाई सहयोग

    धरान  / धरान उपमहानगरपालिका वडा नं. ३ ले आफ्ना वडामा रहेका गरिब, असहाय तथा सुत्केरी महिलालाई लक्षित गरी सहयोग प्रदान गरेको छ ।वडाले गरिब तथा असहायलाई जाडोको समयमा ओढ्नका लागि कमल वितरण गरेको छ भने सुत्केरी महिलाहरुलाई ५ हजार बराबरको खाद्यन्न वितरण गरेको हो । वडाले निर्णय नै गरेर वडामा रहेका ३० जना गरिब तथा असायहरुलाई कम्बल वितरण गरेको हो । जाडोको समयमा उनीहरुलाई सहज होस तथा सुत्केरी महिलालाई लक्षित गरी उनीहरुको सहजताको लागि सहयोग गरिएको धरान वडा नं. ३ का वडाध्यक्ष विद्या शाक्ले बताए । समाग्री वितरणका लागि वडाले संयोजक नै तोकेको छ । वडाकी दलित सदस्य शोभा विश्वकर्मालाई वितरणको संयोजक तोकि

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 589 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कर्मचारी कल्याण समाजको अध्यक्षमा राईले उमेद्वारी दिने

    धरान / धरानस्थित बीपी कोइरालाको कर्मचारी कल्याण समाजको आगामी हुने निर्वाचनमा अध्यक्षमा प्रतिष्ठानका कर्मचारी महेश्वर राईले उमेद्वारी दिने भएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गरेर समाजको अध्यक्षमा उमेद्वारी दिने बताएका हुन् । प्रतिष्ठानको प्रशासन शाखाका कार्यरत राईले आफू अध्यक्षमा निर्वाचित भए कर्मचारीहरुलाई एकताबद्ध बनाएर अघि बढ्ने बताए । उनले विगतमा प्रतिष्ठानका निकायहरुले पूर्णता नपाउँदा प्रतिष्ठानका काम बारबाहीमा समस्या भएको बताउदै अहिले त्यस्तो अवस्था नभएको बताए । उनले भने–‘अहिले सिनेटका सबै पदाधिकारीले पूर्ण पाएको छ, कासका मेम्बर पनि कम्प्लिट भइसकेका छन्, पदाधिकारी पन

    • प्रकाशित मितिः पुस ११, २०७९
    • 632 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved