मोरङ / विराटनगर महानगरपालिकाले फुटपाथमा रहेका निर्माण सामाग्रीलाई हटाउन शुरु गरिएको छ । नियमविपरीत पसल अगाडि निर्माण गरिए संरचना हटाएको महानगरले अब सडक किनार र फुटपाथमा राखेका निर्माण सामग्री हटाउन सुरु गरेको हो । नगर प्रहरी र सफाईका कर्मचारीले निर्माण सामग्री हटाउन सुरु गरेका हुन् । सरसफाई शाखा र नगर प्रहरीको समन्वयमा मंगलबारदेखि विराटनगरका विभिन्न सडक किनार र फुटपाथमा राखेका सामग्री हटाउन थालेको छ प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा विराटनगर–८ स्थित धर्मबाँध रोडमा राखिएका बालुवा, गिट्टी, इँटा, टाली हटाइएको छ। महानगरको जेसीवीले ट्रयाक्टर र ट्रकमा राखेर महान
विजपुर /धरान मेघा हिमालयन कलेजले मेयर कप फुटवल प्रतियोगिताका विजेता खेलाडि तथा प्रशिक्षकलाई मंगलवार सम्मान गरेको छ।विजेता खेलाडि तथा प्रशिक्षक हरुलाई कलेजका विद्यार्थी र शिक्षक शिक्षिकाहरु माझ खदा र अविर लगाएर सम्मान गर्दै विजेता ट्रफि प्रधान गरिएको थियो । धरान उपमहानगरपालिकाको आयोजनामा पौष ७ देखि १८ गते सम्म सम्पन्न मावि स्तरिय मेयर कप फुटवल प्रतियोगिताको फाइनलमा धरान मेघा हिमालयन कलेजले माउन्ट हर्मनलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि माथी कव्जा जमाएको थियो । धरान मेघा कलेजका पवन तामाङ्ग प्रतियोगिताको फाइनल खेलको म्यान अफ द म्याचभएका थिए । त्यसैगरि राजिव खड्का उत्कृ
देशका ठूला शहरहरूमा सडक बालबालिकाको उद्धार र संरक्षण जटिल समस्याको रूपमा देखिएको छ । प्रदेश १ का ठूला शहरहरूमा पनि यो समस्या देखिन्छ । प्रदेश नं. १ का विराटनगर, दमक, बिर्तामोड, इटहरी, धरानजस्ता ठूला शहरहरूमा पनि सडक बालबालिकाको व्यवस्थापन समस्याको रूपमा देखिएको छ । यो नयाँ समस्या भने होइन । वर्षौंदेखि यो समस्या यथावत् छ । सडक बालबालिका र सडक मानवहरूको उद्धार र संरक्षणका लागि थुप्रै सामाजिक तथा गैरसरकारी संस्थाहरू सञ्चालन भए पनि यो समस्या वर्षौंदेखि यथावत् छ । यो सबैका लागि चिन्ताको विषय बनेको छ । सामाजिक संस्थाहरूले निरन्तर उद्धार कार्य गर्दासमेत समस्या समाधान हुन सकेको छैन । बरु झन्–झन्
धरान/धरान १६ मा रहेको युएन कलेजले त्रिविद्वारा सञ्चालित बिएचएम दोस्रो र चौथो सेमेस्टरमा उतिर्र्ण विद्यार्थीहरुलाई मंगलबार सम्मान गरेको छ । होटेल म्यानेजमेन्ट संकायमा प्रदेश १ मै महत्वपूर्ण योगदान दिँदै आएको युएनकलेजले स्थापना कालदेखि नै निरन्तर प्रदेश टप गर्दै आइरहेको छ । कलेजले यस वर्षको फाइनल परिक्षामा ३.८५ जिपिए ल्याई द्वितीय स्थान ल्याएकी छात्रा जानुका राईलाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मान गरिएको छ । यसैगरि बिएचएम दोस्रो सेमेस्टरमा प्रथम हुने दिपेश लुङ्फुङ्वा (३.८१ जिपिए), दोस्रो हुने राश्ना गुरुङ (३.८१) जिपिए र तेस्रो अर्नेश कटुवाल (३.७४ जिपिए) लाई समेत नगद पुरस्कार सहित सम्मानपत्रले
धरान/पर्यटकीय गन्तव्यको रुपमा विकाश हुँदै आएको सुनसरीको बराहक्षेत्र ५ स्थित अमाह सिमसारलाई जैविक विविधता अध्ययन केन्द्रको रुपमा विकाश गरिने भएको छ । सिमसार क्षेत्रमा पाइने विविधतालाई अध्ययन गर्न बृहत विकाश गुरुयोजना अन्तर्गत अमाह सिमसार जैविक विविधता अध्ययन केन्द्र नामाकरण गरि डिपिआर नै तयार भइसकेको छ । जलाधार क्षेत्र रहेको अमाहमा ५० करोड भन्दा बढिको लगानीमा सिमसार क्षेत्रमा जैविक विविधताको अध्ययन केन्द्र निमार्णको काम सुरु भएको छ । प्रदेश नम्बर १ कै ठुलो क्षेत्रमा फैलिएको सिमसार क्षेत्रमा अहिले पिकनिक खेल्न, तालमा बोटिङ गर्न आउने आन्तरिक पर्यटकहरुको सङ्ख्या पनि दिनानुदिन बढ्दै गएको छ ।
धरान/धरान स्थापना दिवसको अवसर पारेर धरानमा तीनदिने धरान उत्सव मनाइदैन । उत्सवको पहिलो दिन सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले मंगलबार सार्वजनिक सूचना जारी गरेर तीनदिनसम्म धरान उत्सव मनाउने र पहिलो दिन विदा दिने जनाएको हो । धरान उपमहानगरपालिकाको कार्यपालिकाको पौष ११ गते बसेको कार्यापालिका बैठकले उद्घाटनको अवसरमा विदा दिने निर्णय गरेको थियो । उत्सव धरान १३ पब्लिक माविको खेल मैदानमा हुने छ । उत्सवलाई भव्य र सभ्य तरिकाले सम्पन्न गर्न सबै पक्ष लागेको मूल आयोजक समितिका सदस्य सचिव भक्तिराज शर्माले बताए । उनले भने–‘तीन दिने धरान उत्सव धरान १२ को पब्लिक मावि स्कुलको खेल मैदानम
तेह्रथुम / तेह्रथुम र संखुवासभाको जिल्लाको संगम स्थलमा रहेको पाथीभरा मन्दिरमा तीर्थालुसँगै पर्यटकहरु बढ्न थालेका छन् । ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरको शाखाको रुपमा यो स्थानमा पर्यटक र तीर्थालु वर्षभरि आउने गरे पनि जाडोमा हिउँ पर्ने सिजन र गुराँस फुल्ने सिजनमा पर्यटकको चाप बढ्ने गरेको छ । चारैतिर हिमालको मनोरम दृश्यहरुसँगै पहाडको टुप्पोमा रहेको यो मन्दिरको छुट्टै धार्मिक महत्व रहेको छ । गुरासको राजधानीसँगै रहेको यो पाथीभरा मन्दिरमा दर्शन गरे मनकामना पूरा हुने विश्वास रहेको छ । आन्तरिक पर्यटन प्रवद्र्धनकै लागि भएपनि यो क्षेत्रमा आएको महालक्ष्मी नगरपालिका धनकुटाका मनकुमार खत्री बताउँछन् ।
विपन्न र गरीब नागरिकहरूको जीवनमा आमुल परिवर्तन ल्याउने घोषित उद्देश्य बोकेर २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र सङ्घर्ष प्रारम्भ गरेको थियो । करीब १० वर्षसम्म चलेको माओवादी द्वन्द्वमा हजारौँ सर्वसाधारण शहीद भए । कयौँ घाइते भए र कयौँ अहिले पनि वेपत्ता छन् । उनीहरूकै अदम्य साहस र समर्पणका कारण देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो । उनीहरू जस्तै नागरिकको वलिदानका कारण देशमा सङ्घीय गणतन्त्र स्थापना भएको छ । यो सकारात्मक विषय हो तर सर्वसाधारण नागरिकहरूको जीवन भने अहिले पनि जस्ताको त्यस्तै छ । उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउन सकेको छैन । त्यसैले त भनिँदैछ – व्यवस्था
मोरङ / मोरङको रंगेली नगरपालिका–१ बवियाबाट लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार अपरान्न साढे ४ बजे मनोज राजवंशीको गाई ग्वाली, कुखुराको खोर र परालको टाँल भित्र लागुऔषध गाँजा लुकाई राखेको अवसथमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो । खानतलासीका क्रममा प्रहरीले १५ बोरा (३५० के.जी.) गाँजा फेला पारेको थियो । गाजासहित गाजा कारोबारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४० बर्षीय मनोज राजवंशी र धनकुटा सहिदभुमी गाउपालिका – २ का २९ बर्षीय बेचन भन्ने हस्त राईलाई पक्राउ गरिएको छ । प्रहरीले गाजा बोक्ने प्रदेश नम्बर १&ndash
धरान / धरान मेयर फुटबल कपको उपाधि धरान मेघा हिमालयन कलेजले उचालेको छ । धरान रङ्गशालामा सोमबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा माउन्ट हर्मन एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्दै मेघा हिमालयनले कप हात पारेको हो । मेघा कलेजका तर्फबाट अङ्कित थापा, सुगम जिमी र शेखर कुँवरले एक–एक गोल गरेका थिए । प्रतियोगितामा बेस्ट स्कोररको उपाधि मेघाका अङ्कित थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरिमा सात गोल गरेका थिए । यस्तै, मेघाकै सुगम जिमीले बेस्ट प्लेयरको उपाधि हात पारे भने फाइनल खेलका म्यान अफ द म्याच पनि मेघाकै पवन तामाङ भएका छन् । कार्यक्रमका प्रमुख अतिथि एवम् एन्फाका मानार्थ केन्द