विराटनगर। प्रदेश १ मा आज १ सय ७९ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ६२, मोरंगमा ५३, सुनसरीमा ३८, इलाममा १०, पाँचथर र ते¥हथुममा २–२, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामोडमा २२, भद्रपुरमा १५, दमकमा ७, कनकाई र शिवसताक्षीमा ४–४, अर्जुनधारामा ३, मेचीनगरमा २, गौरादह, बुद्धशान्ति, कचनकवल, कमल गाउँपालिका र स्थानीय तह नखुलेका १–१, मोरंगको विराटनगरमा ४०, बेलबारीमा ३, केराबारी, पथरीशनिश्चरे र सुन्दरहरैचामा २–२, रतुवामाई, उर्लाबारी, कटहरी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा १
इलाम । नेकपाका अध्यक्षद्वयको आन्तरिक विवादका कारण पार्टी फुट्ने हल्ला चलिरहे पनि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले कुनैपनि हालतमा पार्टी नफूट्ने दाबी गरेका छन् । प्रचण्ड निकट देखिएका खनालले पार्टी भित्र अन्तरसंघर्ष र बहस चलिरहे पनि ७१ वर्षको संघर्षले एकता भएको पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका हुन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण भएको अस्पतालको शिलान्यास र आँखा उपचार केन्द्रको उद्घाटन गर्दै उनले भने, ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघि बढिरहेको छ, अन्र्तसंघर्ष छन, आन्तरिक बहस चलिरहेका छ, यसले समस्या समाधान गराएर देशलाई तिब
धरान । दक्षिण एशियाकै उत्कृष्ठ मध्ये एक मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई केद्रिय विश्वविद्यालयको रुपमा स्थापित गर्न कानुनी प्रक्रिया अघि बढेको छ । प्रतिष्ठानको नाम परिवर्तन गरी वीपी कोइराला चिकित्सा विज्ञान केन्द्रिय विश्वविद्यालयमा रुपान्तरण गर्न सरकारले प्रक्रिया अघि बढाएको हो । विश्वविद्यालयको रुपमा स्थापना गर्न तयार भएको ऐनको मस्यौदा स्थानीय तहमा छलफलका लागि पठाएको छ । ऐन माथि छलफल गरे पछि आवश्यक सुझाव पुनः विश्व विद्यालय निर्माण सुझाव कार्यदलमा पुग्नेछ । कार्यदलको अन्तिम सुझाव तयार भए पनि संघीय संसदमा पेश हुने प्रतिष्ठानकी संचालक परिषद सदस्य तथा विश्व विद्
विराटनगर । सरकारले आर्थिक वर्षभित्र मुलुकभर ३ सय ९६ आधारभुत अस्पताल थप्ने निति तथा कार्यक्रम अनुसार प्रदेश १ मा सोमबार ८६ वटा अस्पतालको शिलान्यास गरिएको छ । प्रदेशभर ५ शैयाका २७, १० शैयाका १४ र १५ शैयाका ४५ गरी जम्मा ८६ वटा अस्पताल निर्माण हुने भएका छन । देशभर अस्पताल निर्माण गर्न गत आर्थिक वर्षमा नै सम्भाव्यता अध्ययन भएको थियो । आयोजना सम्पन्न गर्न सरकारले ५८ अर्ब रुपैयाँ छुट्याएको छ । स्रोत, साधन, जनशक्ति व्यवस्थापन लगायतका पक्षमा सुक्ष्म अध्ययन गरी आयोजना शुरु गरिएकाले समयमै लक्ष्यमा पुगिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन । मोरङमा सात
विराटनगर, प्रदेश १ मा आज २ सय २६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ७६, सुनसरीमा ४८, झापामा ४५, ताप्लेजुङमा २१, उदयपुरमा ९, इलाम र धनकुटामा ५–५, संखुवासभा, ते¥हथुम, भोजपुर र पाँचथरमा १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४९, बुढीगंगामा ६, पथरीशनिश्चरेमा ४, उर्लाबारी र बेलबारीमा ३–३, सुन्दरहरैचा र कानेपोखरीमा २–२, रंगेली, ग्रामथान र लेटाङमा १–१ र स्थानीय तह नखुलेका ४, सुनसरीको धरानमा १७, इटहरीमा १६, इनरुवा र बराहक्षेत्रमा ४–४, कोशी गाउँपालिकामा २, बर्जु, दुहवी, रामधुनी, गढी र स्थानीय
धरान । सेवा सुविधाको माग गर्दै दोस्रो चरणको आन्दोलतमा उत्रिएका धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका इन्टर्न डाक्टरहरुको माग प्रति सहमती जुटे पनि आन्दोलन फिर्ता भएको छ । प्रतिष्ठानका उपकुलपति कार्यालय अघि आइतबार देखि आन्दोलनमा रहेका इन्र्टन डाक्टरको ११ बुँदे मागमा सहमती भए पछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका छन् । प्रतिष्ठानले सहायक निर्देशकको संयोजकत्वमा आइतबार नै वार्ता समिती गठन गरेको थियो । सोमबार बिहाननै उपकुलपति कार्यालय परिषरमा धर्नामा रहेको चिकित्सकहरु सँग वार्ता भएको थियो । आज भएको वार्तामा इन्टर्नसिप शुरु भएकै मिती देखि लागु हुने गरि १८ हजार ५ सय जीवन निर्व
सुनसरी। सुनसरीको दुहवी नगरपालिका-२ का १७ बर्षीय सुजन नारायण चौधरी मृत अवस्थामा फेला परेका छन् । यही मंसिर १० गते देखि हराईरहेका बालकको खोजतलास गर्ने क्रममा आज बिहान ५ बजे दुहवी नगरपालिका- २ मा रहेको अरुण बनस्पती उद्योगको कम्पाउण्डको उत्तर पट्टी रहेको खालि जग्गाको घारीमा चौधरीको शव फेला पारिएको हो । बालक हराएको भनी ईलाका प्रहरी कार्यालय दुहवीमा यही मंसिर ११ गते जाहेरी पर्नासाथ हुलिया परिपत्र समेत गरी खोजतलास तथा घटनाको बारेमा अनुसन्धान शुरु गरेको प्रहरी टोलीले घटनामा संग्लग्न रहेको आशंकामा दुहवी नगरपालिका-२ का २० बर्षीय सुमन झालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिईएका झालाई सोधपुछ
इलाम इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण लिला’को सुटिङ भईरहेको छ । लक्ष्मण सुवेदीको लेखन, दिपक ओलीको निर्देशन,रोहित कट्टेलको प्रस्तुतिमा निमार्ण भईरहेको यो चलचित्रको ८० प्रतिशत भूभाग इलामका पर्यटकीय क्षेत्रलाई समेटेर सुटिङ हुने निर्माता केवल तामाङले बताए । ‘कृष्ण लिला’मा पानिटार,अन्तु,फिक्कल, पशुपतिनगर र पाँचथरको साधुटार, सुकेपोखरी राँके बजारका भूभाग समेटिने छन । ओलीले यसभन्दा अघि ‘पण्डित बाजेको लौरी’, ‘कुम्भकर्ण’, रोल्पा रोग’ चलचित्र नि
धरान/ बिए कृष्ण प्रसाद श्रेष्ठको निधन भएपछि धरान उपमहानगरपालिकाले एक दिन शोक विदा दिएको छ । श्रेष्ठ त्तकालिन धरान नगरपालिकाका नगरसभा सदस्य थिए । त्यसैले धरान उपमहानगरपालिकाले उनि प्रति सम्मान जनाउदैन एक दिनका लागि सोक विदा दिएको हो । नगरपालिकाको कार्यलय खुल्ला भएको २ घण्टा पछि नगरपालिकाले विदा दिने निणर्य गर्दा नगरपालिका मातहतका सम्पूर्ण कार्यलयहरु बन्द हुन भएका छन् । वि।सं। १९९१ सालमा जन्मिएका विए कृष्ण प्रसाद श्रेष्ठ २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा तत्कालीन धरानको संस्थापक कम्युनिस्ट नेताकोरुपमा परिचित थिए । उनको हिजो दिउसो १स्२५ बजे आफ्नो निवासमै निधन भएको हो ।
धरान । पाँच महिना अघि धरान उपमहानगरपालिकाको नगरसभाले पास गरेको चालु वर्षको निति तथा कार्यक्रम अझै प्रमाणित हुन सकेको छैन् । पहिलो चौमासिक सकिदा सम्म पनि मेयर तिलक राईले निति तथा कार्यक्रम प्रमाणित गरेका छैनन् । असार १० गते बसेको नगरसभामा मेयरले आफुखुशी निति तथा कार्यक्रमहरु पेश गरेको भन्दै कार्यपालिका सदस्यहरु सभानै बहिष्कार गरेका थिए । वडा स्तरिय निति तथा कार्यक्रमहरु पेश गरिए पछि पुनः असार २८ नगरसभाले निति तथा कार्यक्रम पास भएको थियो । नगरसभाले पास गरे पनि मेयर प्रमाणित नगरे सम्म कार्यान्यवन हुन सक्दैन् । विवादै विवादमा अलमलीएको धरान उपमहानगरपालिकाको ७ औं नगरसभामा चार वटा विधेयक, दुई वटा प