धरान/ सुजुकी मोटरसाईकल तथा स्कुटर खरिदमा ग्राहक वर्गलाई लक्षित गरेर दशैं तिहार तथा छठको अवसरमा चाडपर्व अफर ल्याएको छ । नेपालको लागि आधिकारीक आयात कर्ता तथा बिक्रेता भि.जि. अटो मोबाईल्स प्रा.लि.ले ग्राहकहरुका लागि दशै, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौ खुशी चढौं सुजुकी’ स्किम बजारमा ल्याएको हो । धरानको लागि सुजुकीको आधिकारिक विक्रेता नव दुर्गा अटो प्यालेस धरान ८ ले ग्राहक वर्गको लागि स्किम सहित मोटरसाइकल तथा स्कुटर विक्रि वितरण गर्ने प्यालेसका संचालक दुर्गा भुजेलले वताए । यो स्किम दशै, तिहार र छठ पर्व सम्म रहने भएको छ । यो सुविधा देशैभर नै सुजुकीले दिने
मोरङ/ कोशी प्रदेश प्रहरी कार्यालय बिरानगरले गुनासो व्यवस्थापनको लागि क्युआर कोडको प्रयोग सार्वजनिक गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा गत मंगलबार एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कोशी प्रदेश प्रहरीको क्युआर कोडको प्रयोग सम्वन्धि कार्यविधि २०८० सार्वजनिक गरेका हुन् । कार्यक्रममा कुँवरले प्रविधिको दुरुपयोग गरी आपराधिक क्रियाकलाप बढ्दो क्रममा रहेको उल्लेख गर्दै प्रहरीलाई दक्षता अभिबृद्धि गरी प्रविधिमा अब्बल बनाई नयाँ नयाँ प्रविधि समेत भित्र्याउनु पर्ने बताए । उजुरी पेटीकाको डिजिटल संस्करणको रुपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्युआर
धरान/ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा चिनिन्छ । यहाँ नेपालका विभिन्न स्थान तथा भारतबाट समेत उपचारका लागि आउने गर्छन् । तर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दिनहुँ हुने ट्राफिक जामले विरामीहरु मारमा पर्ने गरेका छन् । असहज अवस्था भएको प्रतिष्ठानको बाटो खाली गर्ने काम शुरु गरिएको छ ।अस्पतालमा सवारी आवागमन सहज रुपमा हुनुपर्छ । अस्पतालमा साधारण विरामीदेखि सिकिस्त विरामीहरु उपचारका लागि आउने गर्छन् । अस्पतालसम्म पुग्ने बाटो जाम हुदा विरामी बोकेको एम्बुलेन्स तथा सवारी साधन समयमै पुग्दैन र विरामीको ज्यान समेत जोखिममा पर्ने गर्छ । यसैलाई मध्यनज
झापा/ पुर्वपश्चिम रेलमार्ग प्रभावितको समस्या समाधान तत्काल पहल थाल्ने सभामुख देवराज घिमिरेले प्रतिबद्धता जनाएका छन् । पूर्वपश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत काँकडभिट्टा–इनरुवा खण्डका रेलमार्ग प्रभावितको समस्या समाधानमा तत्काल पहल थाल्ने प्रतिबद्धता जनाएका हुन् । उनले बुधबार बिर्तामोडमा रहेको सम्पर्क कार्यालयमा रेलमार्ग प्रभावित तथा मुआब्जा समन्वय समितिको ज्ञापनपत्र पनि उनले बुझेका छन् । सभामुख घिमिरेले रेलमार्ग प्रभावितका माग जायज रहेको बताउँदै काठमाडौँ फर्किएपछि प्रभावित क्षेत्रका सांसदहरुसँग छलफल गर्नुका साथै प्रधानमन्त्री र सरकारको ध्यानाकर्षण गराउने उनले बताए । समितिका कोशी
धरान/ विना सुचना वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आवसीय चिकित्सकहरु आन्दोलित भएपछि प्रतिष्ठानमा उपचारको लागि आउने विरामीले सास्ती पाएका छन् । चिकित्सकहरुले इमर्जेन्सी सेवा नै वहिस्कार गरि शान्ति सुरक्षाको प्रत्याभुति सरकारले नगरे सम्म काम नगर्ने घोषणा सहित विना सुचना एक्कासी चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि विरामीले सास्ती भोग्नु परेको हो । गत सोमबार पोखराको मणिपाल अस्पतालमा जुनियर माथि सांघातिक हमला भए पछि देशैभरका चिकित्सकहरु आन्दोलित भएका हुन् । चिकित्सक माथि बारम्बार आक्रमण भएको घट्नाप्रति सम्बन्धित पक्ष गम्भीर नभएको भन्दै देशैभरका आवसीय चिकित्सकहरु आन्दोलित भए
मोरङ/ विराटनगर महानगरपालिका–१८ लाभाघाटमा गाँजा बोकेको एम्वुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा को १ च ४६१९ को एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागूऔषध गाँजा र नेपाली रुपैँया ४० हजार बरामद गरेको हो । लागूऔषध गाँजा बरामदभए सगैं राजन अधिकारी फाउण्डेसन धरानद्धारा सञ्चालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकार र सोही स्थानमा रहेको बीआर ३८ एएफओ ३३६ नम्वरको मोटरसाईकलसहित प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुध
झापा/ सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ । न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए । कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो । झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’दयगत जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण
भोजपुर/ केन्द्रीय प्रसारण लाइन विद्युत् विस्तार भएपछि भोजपुरको पश्चिमी क्षेत्रमा अवस्थित टेम्केमैयुङ गाउँपालिकाका स्थानीयलाई सहजता थपिएको छ । विद्युतले स्थानीयको जीवनयापन सहजता भएको हो ।विगतका वर्षहरूमा सोलार टुकी बत्तीको उज्यालोमा रात कटाउँदै आएका स्थानीयले विद्युतबाट चल्ने उद्योग तथा विभिन्न यन्त्र, उपकरण चलाएर लाभ लिँदै आएका छन् । उनीहरूले अहिले टोलटोलमा कुटानी पिसानीको लागि विद्युतीय मिल राखेका छन् ।विद्युत् विस्तार भएपछि मझौले चोलन्ती गाउँमा मात्र पाँचवटा विद्युतीय मिल रहेको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेलले जानकारी दिए । विद्युत् विस्तारसँगै स–साना
मोरङ/ कोशी प्रदेशको दुई छुट्टा छुट्टै जिल्लामा प्रहरीले ५ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार प्रहरीले गत सोमबार झापाबाट ३ जना र मोरङबाट दुई जनालाई पक्राउ गरेको जनाएको छ । झापा प्रहरीले गत सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर नगरपालिका–६ का २० वर्षीय सुजन बिश्वकर्माको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ । यसैगरी सोमबार नै ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपा
मोरङ/ दक्ष फर्मासिस्टहरु गुणस्तरिय स्वास्थ्य प्रणालीका खम्बा भएकोले कसैले पनि आफनो लाईसेन्स भाडामा लगाउन नहुने विज्ञ शिक्षक, अध्यनरत बिद्यार्थीहरुले गुनासो गरेका छन । मनमोहन प्राविधिक विश्वविद्यालयको मेडिकल एण्ड एप्लाईड हेल्थ साईन्स स्कुल अन्र्तगत स्नातक तहमा बीफार्मेसी अध्ययन गरिरहेका बिद्यार्थी र विज्ञ शिक्षकहरुले विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित कार्यक्रममा लाइसेन्स भाडामा लगाएर औषधी बेचबिखन गर्दा सिँगो पेशा बदनाम भैरहेको गुनासो गरेका हुन । उनीहरुले देशमा दक्ष फर्मासिस्टहरुको माग उच्च भएकोले उच्च तहको शिक्षामा सबैको पहुँच हुनुपर्नेमा बताएका छन । फार्मासिस्ट तथा मनमोहन प्राविधिक