समाज

    Showing ४,२९१-४,३०० of ७,१४० items.
  • अत्यधिक कर बढाइएको भन्दै इटहरी वडा कार्यालयमा तालाबन्दी

    इटहरी/ अत्याधिक कर वृद्वि भएको भन्द इटहरी उपमहानगरपालिका वडा नं. २ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । इटहरी वडा नं. २ को कार्यालयमा स्थानीयबासीहरूले मंगलबार तालाबन्दी गरेका हुन् । दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका थिए । मंगलबार पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा पालिकालाई सचेत गराएको स्थानीय गोपाल खड्काले बताए । मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको भन्दै आँफूहरू आन्दोलित बनेको स्थानीय बाबुराम दङ्गालको भनाइ छ । स्थानीयले उठाएको माग सुनुवाइ न

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ८७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषि उपजमा प्रतिष्पर्धी क्षमता विकाश गर्न माग

    मोरङ/ कृषि क्षेत्रको पनि व्यापार सन्तुलनमा महत्वपूर्ण भूमिका रहने हुदा कृषिजन्य वस्तु उत्पादन र उत्पादन मुल्य श्रृखला बढाउने कार्य गर्दै कृषि उपजमा प्रतिस्पर्धी क्षमता विकास गर्नुपर्नेमा कोशी प्रदेशका व्यवसायीहरुले जोड दिएका छन् । उनीहरुले जब सम्म व्यापार योग्य वस्तु तथा सेवा उपलब्ध हुँदैनन् तबसम्म व्यापार सहजीकरण प्रयासले खासै अर्थ नराख्ने बताएका छन् । कोशी प्रदेशको कृषि व्यापार प्रवद्र्धन रणनीति सम्बन्धि छलफल कार्यक्रममा व्यवसायीहरुले कृषि उत्पादनलाई तुलनात्मक लाभ प्राप्त गर्नसक्ने हैसियत प्रदान गर्न वस्तुमा केन्द्रीत रहि निर्यात बृद्धिमा जोड दिनुपर्ने माग गरेका छन् । कृषिमा लगानी बढ

    • प्रकाशित मितिः असोज १७, २०८०
    • ७३४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सबैको मिलन केन्द्र बन्दै दोभान पार्क

    धरान/ सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा विगतमा बाटो हिड्नेहरु दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन् थिए तर त्यहाँ रमाइलो पार्क बनेपछि यो पार्कमा एक पटक नछिरी वा नबसी को कसैको मन नै नमान्ने स्थान बनेको छ । विगतमा फोहोर पानी बग्ने भौडीमा अहिले रमणीय पार्क बनेको छ । पार्कमा वरिपरि बगैचा, बस्ने फलैचासँगै कार्यक्रम गर्नेहरुका लागि मञ्चको व्यवस्था, त्यो सँगै बालबालिकाका लागि खेल्ने चिल्ड्रेन पार्क निर्माण भएको छ । दुर्गन्धित क्षेत्रमा पार्क निर्माण भएप

    • प्रकाशित मितिः असोज १५, २०८०
    • ९१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जलाधार क्षेत्रको संरक्षण भएन

    धरान/  धरान भौगोलिक हिसाबले अन्य स्थान भन्दा पृथक छ । धरान क्षेत्रभित्रै धेरै जलाधारहरु छन् । सर्दु, खर्दु, तामाखाम लगायतका जलाधारहरु छन् । जलाधार भएकै ठाउँमा खानेपानीको अभाव समेत छ । खानेपानी समस्या हुनुको प्रमुख कारण रहेको छ जलाधार क्षेत्रको संरक्षणमा सम्बन्धित पक्ष गम्भीर नहुनु । धरान उपमहानगरपालिकाको शिर धरान १४ विजयपुरलाई लिईन्छ । धरानमा सुख्खा मौसममा खानेपानी अभाव भइरहँदा धरान ३ र १४ मा रहेको दुई धारे र तीनधारेले धरानेहरुको तीर्खा मेट्ने गरेको छ । यी दुई धारामा पानी यही उम्रिएका हुन् । दुई धारे र तीनधारेमा विगतमा पानीको स्रोत जति थियो अहिले संरक्षणको अभावमा विस्तारै सुक्दै

    • प्रकाशित मितिः असोज १५, २०८०
    • ८६६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता, निगमले पुरानै मूल्य निर्धारण गर्ने

    सुनसरी/ पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको चौतर्फि विरोध भएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । आइतबार बसेको क्याबिनेट बैठकले मूल्य वृद्धि फिर्ता लिने लिन आयल निगमलाई निर्देशन दिएको हो । सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थिो । त्यस्तै

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १,०८४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विष्णु स्कूलमा आत्मरक्षा तालिम सम्पन्न

    धरान/ धरान ९ मा स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका छात्रा विद्यार्थीहरूलाई एक दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ । विद्यालयको शैक्षिक पात्रोमा उल्लेख भए बमोजिम गत शुक्रबार कक्षा ८ देखि १२ सम्म अध्ययनरत २ सय ५० भन्दा बढी छात्रा विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको हो । कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई आपतकालिन र अप्रत्यासित अवस्थामा आफ्नो जीउज्यानको सुरक्षा कसरी गर्ने भन्ने बारे व्यवहारिक रुपमा आवश्यक ज्ञान सीप प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक निलमकुमार श्रेष्ठले यस्ता आत्मरक्षा तालिम मार्फत छात्रा विद्यार्थीहरूलाई मानसिक, बौद्धिक र शारीरिक रूपमा बलियो बन्न, आत

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ८४४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाम २ मा सुरु भयो चुनावी चर्चा

    इलाम/ इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको भदौ २६ गते निधन भएसँगै यो क्षेत्रको सांसद पद रिक्त बनेको छ । उनको निधन भएसँगै भित्र भित्रै सुरु भएको राजनीति नेम्बाङको १३ दिने काम पछि खुलेरै हुन थालेको छ । जिल्लामा उपनिर्वाचन त तोक सकेको छैन तर उपनिर्वाचन हुन्छ भनेर नेताको दौडधुप सुरु भएको छ । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन र चर्चा सुरु भइसकेको छ । २०५६ सालदेखि नेम्बाङले निरन्तर विजयी हासिल गर्दै आएको इलाम निर्वाचन क्षेत्र नं. २ मा नेम्बाङको निधनपछि उनको कार्यभार पूरा गर्न उनका कान्छा छोरा सुहाङको चर

    • प्रकाशित मितिः असोज १४, २०८०
    • १,०५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको कोशी प्रदेश अधिवेशन प्रदेशको औचित्व माथि प्रश्न उठ्न थालेको निष्कर्ष

    सुनसरी/ नेकपा एमालेको कोशी प्रदेश अधिवेशनमा कोशी प्रदेशमा पूर्व मुख्यमन्त्री शेरधन राई नेतृत्वको तीन सदस्यीय कार्यदलले पेश गरेको ‘कोशी प्रदेशको आर्थिक सामाजिक रुपान्तरण र समृद्धिको प्रस्ताव’ले प्रदेशको औचित्वमाथि प्रश्न उठ्न थालेको निष्कर्ष निकालेको छ । समृद्धिको प्रस्तावमा प्रदेश संरचनाका १५ वटा चुनौती देखाइएको छ । पार्टीका नेता राई संयोजक, हिक्मत कार्की र सुबोधराज प्याकुरेल सदस्य रहेको आर्थिक सामाजिक रुपान्तरण र प्रस्ताव मस्यौदा कार्यदलले यस्ता चुनौति उल्लेख गरेको हो । यस्तै राजनीतिक अस्थिरताका कारण जनतामा निराशाको अवस्था भएकोले जनमत स्विङ हुने अवस्था रहेको, संघीयता कार्या

    • प्रकाशित मितिः असोज १४, २०८०
    • ८९१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा करम धर्ममा सार्वजनिक बिदा

    मोरङ/ कोशी प्रदेशमा उराव तथा झाँगड समुदायको करम धर्म पर्वको अवसरमा कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कोशी प्रदेश मन्त्री परिषद्को बैठकले उच्चस्तरीय प्रशासन सुधार कार्यदलको प्रतिवेदन २०८० लाई सार्वजनिक गर्ने निर्णय गरेको छ । बिहीबार बसेको बैठकले झापाको अर्जुनधारा नगरपालिका र अमेरिकाको टेक्सस बिच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारको पूर्व स्वीकृति लिन सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । कृषि आयमा लगाउँदै आएको कर प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्थाको लागि नेपाल सरकार, अर्थ मन्त्रालयलाई अ

    • प्रकाशित मितिः असोज १२, २०८०
    • १,३८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सेउती पुल देखि पानीपिया सडक निर्माण ढिलाई

    धरान/ रानी किमाथाङ्का जोड्ने राष्ट्रिय योजना अन्तर्गतको धरान इटहरी सडक खण्डको सेउती पुल देखि पानीपिया सम्मको सडक निर्माणमा ढिलाई हुँदा सवारी दुर्घटना बढ्दै गए पछि धरानका सरोकारवालाहरुले दबाबमुलक अभियान शुरु गरेका छन् । सडकको निर्माण कार्यको अन्तिम चरणमा पुगेको अवश्थामा सेउती पुल देखि पानीपिया सम्म निर्माण कार्य अलपत्र परेको सडक २०८० असार मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने गरि ठेक्का लगाएको थियो । निर्माण कार्य अलपत्र पारेर छाड्नाले सवारीको सहज आवागमनमा बाधा पुगेको छ । सडकमा बनेका खाल्डाखुल्डीका कारण दुर्घटनाको जोखिम समेत बढेको छ । विशेषगरी साना सवारी साधन मोटरसाइकल, अटो तथा कारहरु

    • प्रकाशित मितिः असोज १२, २०८०
    • १,०१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved