समाज

    Showing ४,२५१-४,२६० of ७,१३९ items.
  • इलाम जिल्लाका ग्रामीण सडक, यात्रा कष्टकर

    इलाम/ सिहँ दरबारको अधिकार गाउँ गाउँमा आउँछ भन्ने आसा बोकेका जनता बर्खाको समयमा लथालिङ्ग बनेका सडक अहिले सम्म मर्मत नभएपछि निराश बन्न थालेका छन् । बर्खाभरि बिग्रिएका सडक चाडबाडको समयमा समेत स्थानीय तहले मर्मत नगरेपछि यातायात सञ्चालनमा समस्या भएसँगै यात्रा कष्टकर बन्ने गरेको हो । चाडबाडको बेलामा समेत भत्किएका सडक मर्मत नहुँदा इलामका ग्रमिण क्षेत्रबाट यात्रा गर्न समस्या भएको छ । अधिकांश ठाउँमा सडक भताभुङ्ग भएका छन् । कच्ची सडकहरू भत्किएपछि सर्वसाधारणलाई आवत जावतमा समस्या छ । गाउँ जाने यातायातको संख्या थोरै छन् । एउटै गाडीले दुई तिन पटक यात्रु बोक्नुपर्ने हुन्छ तर बर्खाको समयमा भत्किएका सड

    • प्रकाशित मितिः कार्तिक १४, २०८०
    • ८०७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा भएको आन्दोलनको समाधान गर्न राजनीतिक दलहरुद्वारा पहल शुरु

    धरान/  लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलरत शिक्षक तथा चिकित्सकको आन्दोलनले प्रतिष्ठानका हरेक क्षेत्र प्रभावित बनेपछि यसको निकास निकाल्नको लागि धरानका राजनैतिक दलहरुले पहल शुरु गरेका छन् । पछिल्लो समय धरानका राजनीतिक दलहरुले शिक्षक तथा चिकित्सको आन्दोलनको बारेमा बुझ्न छलफल समेत आयोजना गरेको छ । छलफबाट निकास निकालेर नियमित हुने प्रतिष्ठानको शैक्षिक गतिविधि, स्वास्थ सेवालाई सुचारु गर्न दलहरुले छलफल गरेका हुन् । यो छलफल दलहरुहरुकै सक्रियतामा भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको

    • प्रकाशित मितिः कार्तिक १३, २०८०
    • ८५६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • फ्रान्स निर्यात हुन थाल्यो इलाममा उत्पादित जडीबुटी

    इलाम। इलाम माईजोगमाई गाउँपालिकाका नित्यराज दाहालले ‘ओसोनिक हर्बल तथा ओसोनिक जडीबुटी प्रशोधन केन्द्र’ बाट उत्पादित जडीबुटी विदेश निर्यात हुन थालेको छ। उनले १२ वर्ष पहिले केन्द्र स्थापना गरी जडीबुटी तथा ओखती उत्पादन गर्दै आएका थिए। केन्द्रबाट उत्पादित ओखती अहिले फ्रान्सलगायत देशमा जान थालेको दाहालले बताए।  केन्द्रलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरी सञ्चालनमा ल्याएको जनाउँदै उद्योगबाट विभिन्न जडीबुटीका तेल उत्पादन हुने उनले बताए। गाउँमा उत्पादित तितेपाती, धूपी, मेन्था, धसिङ्गरेलगायतबाट तेल प्रशोधन गरिने भन्दै दाहालले हाल पाती, मेन्था र धूपीबाट प्रशोधित तेल बिक्री

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ४९८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा माछा घटेपछि चिन्ता

    वराहक्षेत्र/  सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा संकटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा संकटमा परेको हो । वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ । केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । कोशी गाउँपालिका ३ का गुलाबी मुखियालाई पछिल्लो समय माछा मार्ने पेसा नै हराउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । ‘माझी मलाह सञ

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ६०६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विश्व पक्षघात दिवस विविध कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ /  ‘हामी सबै मिलेर काम गर्यौँ भने पक्षघातमाथि विजय गर्न सकिन्छ’ भन्ने नाराका साथ आज विश्व पक्षघात दिवस नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन पक्षघात दिवस मनाइने गरिन्छ । एक जटिल शारीरिक अवस्थाको रूपमा रहेको पक्षघात मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्दछ । मस्तिष्कमा अक्सिजन तथा पोषक तत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मष्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षघात भनिन्छ । समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन

    • प्रकाशित मितिः कार्तिक १२, २०८०
    • ४८२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा

    धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुनः नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ । नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरि कनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुनः रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्स

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • ७२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अधेरी खोलामा झोलुङ्गे पुल

    धरान । बर्षौदेखि एउटै वडाको दुई वटा गाउँ सम्बन्ध विच्छेद झै थियो । वारिपारि रहेका दुवै गाउँ एउटै वडामा भएपनि बीचमा भएको अँधेरी खोलाका कारण घुमेर जाँदा एक घण्टादेखि डेढघण्टामा पुग्न सकिन्थ्यो तर अहिले त्यस ठाउँमा झोलुंगे पुल निर्माण भएपछि सबै भन्दा खुशी यी दुई गाउँका सर्वसाधारण भएका छन् । धरान उपमहानगरपालिका सुनसरी जिल्लाको सुगम स्थल भित्र पर्छ तर यही उपमहानगरपालिकाका वडाहरु एक वडाबाट अर्को वडामा पुग्न घण्टौ लाग्छ भन्दा सायदै पत्यार नलाग्ला तर धरान उपमहानगरपालिकाको वडा नं. ५ मा रहेका आपगाँछी र ठिंगाबारी जोड्ने खोलामा पुल नबन्दा सर्वसाधारणले यस्तै नियति भोगे । एउटै वडाका दुई गाउँबीचका सर्वसाधार

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • ७६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खसीबोकाको कारोबारमा कमी

    धरान । वडा दशैमा कृषकहरुको चाहना एउटै हुन्छ । आफूले पालेको खसी बोका विक्री गरेर आएको रकमले दशै खर्च टार्ने । तर यसपटक कृषकले सोचेका कुरा देशमा भएको आर्थिक मन्दीले तहसनहस बनाएको छ । दशैका लागि विक्री गर्न ल्याएको खसीको बोकाले उचित मुल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । गाउँ–गाउँबाट सकलन गरी विक्रीका लागि ल्याइएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका हुन् । दशैका लागि विक्री गर्न ल्याएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस पटक खसी बोकाले उचित मुल्य नपाएपछि उनीहरु चिन्तित बनेका हुन् । धरानस्थित कृषि बजारमा

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • ८४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान सहित दसैंको शुभकामना

    धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् । वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् । वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए । कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीक

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ९२५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चाडबाँडमा गरिब तथा असहायलाई सहयोग

    धरान/  नेपालीहरुको महान चाड वडादशैको अवसर पारेर धरान ८ मा रहेको अपांग तथा असहाय सेवा केन्द्रले धरान लगायत धरान बाहिरका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ । स्व. मणिराम अग्रवालको स्मृतिमा उनका जेठा छोरा अशोक अग्रवालले केन्द्र मार्फत सहयोग उपलब्ध गराएका हुन् । बर्षभरि अपांग तथा असहाय सेवा केन्द्र मार्फत १२ लाख रुपैया बराबरको सहयोग पु¥याउदै आएका अग्रवालले दशै चाड पर्व गरिब तथा असायको समेत राम्रो वितोस् भन्ने उद्देश्यले एक जना बराबर २० केजी चामल, दाल, सब्जीजन्य सामाग्री वितरण गरेका हुन् । धरान ८ केन्द्रकै कार्यालयमा भएको कार्यक्रममा धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, म

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ८४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved