कोशीमा माछा घटेपछि चिन्ता

  • कार्तिक १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/  सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा संकटमा पर्न थालेको छ ।

कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा संकटमा परेको हो ।
वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ ।

केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै संकटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।

कोशी गाउँपालिका ३ का गुलाबी मुखियालाई पछिल्लो समय माछा मार्ने पेसा नै हराउने हो कि भन्ने चिन्ताले पिरोलेको छ । ‘माझी मलाह सञ्जाल’ मध्यवर्ती क्षेत्रका अध्यक्ष समेत रहेका ५६ वर्षीय मुखियाले १२ वर्षको उमेरदेखि माछा मार्दै आएका हुन् ।

उनको शिक्षा, जागिर, रोजगारी भनेकै यही पेसा हो ।
सानैदेखि आफूले गर्दै आएको काम नै यही भएकाले उनले जानेको सिप भनेकै माछा मार्नु हो ।

उनी प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता माछा मारेरै जीविका चलाउनेहरू चार सय घरपरिवार छन् । मलाहको जीविकाको प्रमुख स्रोत भनेकै कोशीको माछा हो । मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका चार सय मलाह (गुडी) परिवार कोशीको माछामै आश्रित छन् ।

पुस्तौँदेखि कोशीको माछा मारेरै परिवार र आफू पालिँदै आएका छन् ।
कञ्चनरूप १, सप्तरीका रामजी मलाह उमेरले ४४ पुगे । अभैm पनि उनको दैनिकी फेरिएको छैन ।

उमेर १० वर्ष हुँदादेखि माछा मार्दै आएका उनी चार दशक बितिसक्दा पनि माछा मार्ने पेसामै रमाइ रहेका छन् । उनको दैनिकी नै माछा मारेर बित्ने गरेको छ ।

प्रत्येक बिहान उठेपछि उनी दैनिकी पुरानो साइकल, जाल र हन्डी (भाँडो) बोकेर कोशी नदीमा माछा मार्न जानु हो । उनी हरेक बिहान ७ नबज्दै कोशीमा माछा मार्न पुग्छन् । कोशी महारानीलाई ढोगेर माछा मार्नु मलाहको दैनिकी हो ।

“पहिला जस्तो कोशीमा माछा नै छैन । बाबुबाजेदेखि यही माछा मार्ने पेसालाई अँगाल्दै आएकाले अरू काम जानिएन,” उनी भन्छन्, “दिनभरि माछा मारेर बेलुका घरमा चामल, दाल, तरकारी, तेल किनेर लगिन्थ्यो ।

दुःखसुख दैनिक चल्दै थियो । पहिला एउटै जाल हान्दा एक हन्डी माछा हुन्थ्यो, अहिले दिनभरि मार्दा दुई केजी माछा पनि पर्दैन ।

कसरी हामीले गुजारा चलाउनु ?”
मलाह सञ्जालका अध्यक्ष गुलाबी मुखियाका अनुसार बेलौलना (काटी), चेचरा, कुस्राह, राजबाम, ढले जातका माछा कोशीमा देखिन छाडेका छन् । उनले भने, “पहिला यिनै माछाले हन्डी भरिन्थ्यो । अचेल यी माछा कोशीमा देखिनै छाडेका छन् ।”

धेरै जातका माछा कोशीबाट लोप हँुदै गएका छन् । कोशीमा माछा पाउन छाडेसँगै मलाहलाई दैनिकी चलाउन धौधौ परेको छ । “माछा मारेर जीविका चलाउनेलाई कुनै आयस्रोत हुने वैकल्पिक व्यवस्था राज्यले गरिदिए हाम्रो दैनिकी चल्ने थियो,” मुखियाले भने ।

कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका सहायक वन्यजन्तु संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार पहिलाको तुलनामा कोशीमा माछा घटेको छ । उनले भने, “विभिन्न सङ्घ संस्थाले केही महिनाअघि आरक्ष कार्यालयसँगै सहकार्य गरेर कोशीमा जङ्गली माछाका भुरा हालेको छ ।

नदीमा रहेका अरू जीवको आहारामा पनि सहयोग पु–याउँछ भनेर हालिएको हो ।”
पुरानै पास भएका मलाहलाई माछा मार्ने अनुमति दिने गरिएको छ । वर्षौंदेखि यही पेसामा रहेकाले उनीहरूलाई अनुमति दिइएको हो ।

माछा मार्ने पेसाबाहेक अरू कुनै पेसा नभएकाले पेसा परिवर्तन गर्ने सचेतनामूलक कार्यव्रmम गरेर वैकल्पिक पेसामा लाग्न प्रेरित गर्दैै आए पनि वर्षाैंदेखि गर्दै आएको पेसा परिवर्तन गर्न नसकिरहेको अधिकृत मिश्रले बताउनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार सप्तकोशी नदीमा १ सय २७ प्रजातिका माछा पाइन्थ्यो ।

अहिले भने कोशीमा कति प्रजातिका माछा छन् भन्ने अनुमान छ ।

‘मेयर साम्पाङले हामी ...

धरान/ धरानको खानेपानी समस्या लगायत विविधि विषयमा ध ...

एमालेले मिसन –८४ द्ध ...

इटहरी/ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व उ ...

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved