समाज

    Showing 3,831-3,840 of 6,703 items.
  • सुरक्षाका कारण विस्थापित हुने अवस्था : व्यवसायी

    धरान / नेपालीहरुको चाड दशै भित्रिसक्दा पनि व्यपारीहरुको व्यापार व्यवसाय डामाडोल भएको भन्दै उद्योगी तथा व्यवसायीहरुले निर्धक्कसँग व्यापार गर्ने वातावर तयार पारिदिन प्रशासन समक्ष माग राखेका छन् । सुनसरी उद्योग वाणिज्य संघ धरानले बुधबार संघकै कार्यकक्षमा आयोजना गरेको दशै, तिहार तथा छैठ पर्वको शुभकामना तथा चाडपर्व लक्षित सुरक्षा चुनौतिका विषयमा आयोजिक कार्यक्रममा अधिकांश व्यवसायीहरुले सुरक्षा नभएको, प्रहरी प्रशासनले अनाहकमा व्यवसायीलाई दुः ख दिएको, बैंकको व्याजदरले व्यवसायी उठ्नै नसक्ने अवस्था भएको, स्थानीय सरकार र कर कार्यालयले अनाधिकृत रुपमा कर असुली गरेको लगायतका विषयमा प्रशासन समक्ष उठाए

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 730 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बिपीमा १ सय ४० जना चिकित्सकद्वारा सामूहिक राजीनामा

    धरान/वृत्ति विकासको माग गर्दै आन्दोलनरत धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ सय ४० जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि बढुवा रोकिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामा पत्र बुझाएका हुन् । चिकित्सकहरूले स्वास्थ्य मन्त्री बस्नेतलाई भेटी प्रतिष्ठानको अवस्था र चिकित्सक शिक्षकको बढुवा रोकिएको गुनासो सहित मङ्गलवार ज्ञापन पत्र बुझाएका थिए । तर आफूहरूको मागप्रति मन्त्री बस्नेत गैर जिम्मेवार बनेपछि राजीनामा दिनुपरेको प्रतिष्ठानका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 771 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी सरकारबारे गठबन्धनको ७ बुँदे गठबन्धन र कांग्रेसभित्र तीन दिनको टाइमलाइन

    काठमाण्डौं/  कोशी प्रदेशको राजनीतिले सत्ता गठबन्धनमा हलचल ल्याइसकेको छ । कांग्रेसभित्रकै एकले अर्कोलाई निषेध गर्ने राजनीति देखेर प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने आजित भएका छन् । कोशीमा गठबन्धनको बहुमत छ तर एक महिनापछि विश्वासको मत लिनेबेला सभाध्यक्षले मत दिन पाउँदैनन् । एमालेले उपसभामुखलाई फेरि पनि अनुपस्थित गराउने निश्चित छ । त्यो अवस्थामा कोशी मध्यावधिमा जान्छ । मध्यावधिमा जान नदिनका लागि राप्रपालाई मुख्यमन्त्री दिने विकल्पमा अझै गठबन्धन तयार छैन । हिजो एमालेलाई प्रतिगामीसँग मिलेको आरोप लगाउने गठबन्धन आज त्यही कथित प्रतिगामी शक्ति राप्रपालाई फकाउन प्रयासरत

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 672 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रधानमन्त्री स्वरोजगार कार्यक्रम उद्देश्य अनुरुप प्रभावकारी भएन

    धरान/ श्रम शक्तिलाई दक्ष र व्यवसायिक बनाउदै स्वदेशमा नै रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले नागरिकको रोजगारीको हकलाई मैलिक हकको रुपमा व्यवस्था गर्न पाँच बर्ष अगाडि शुरु गरिएको प्रधानमन्त्री स्वरोजगार कतिपय स्थानीय तहमा यो प्रभावकारी ढंगबाट सञ्चालन भएको छ भने कतिपय ठाउँमा प्रभावकारी हुन सकेको छैन । एक सय दिनलाई लक्षित गरी ल्याइएको रोजगार कार्यक्रमले निम्न आय भएका र श्रम गरेर गुजारा चलाउनेहरुलाई भने सहज बनाएको छ । नेपालको संविधानको धारा ३३ मा प्रत्येक नागरिकको रोजगारीको हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ ।संिवधानकै धारा ५१ ले रोजगारीका सम्बन्धमा राज्यका नीति के हुने भन्ने विषयलाई स्प

    • प्रकाशित मितिः असोज २५, २०८०
    • 713 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सहरका चरालाई पानी पिलाउँदै

    इलाम/  पृथ्वीमा रहेका हरेक प्राणीलाई बाँच्नका लागि पानी धेरै महत्वपूर्ण छ । तिर्खाएको बेला प्यास मेट्न नपाउँदाको अवस्थाले मृत्यु सम्म हुने गर्दछ । वन जङ्गलमा हुने चराचुरुङ्गी त खोला खोल्साबाट प्यास मेट्न पाउँछन भने सहर बजारका चरा भने छतमा पानी भेटे भने मात्रै प्यास मेट्न पाउने गर्दछन् । तर अब इलामका बजार क्षेत्रमा रहेका चराले भने प्यास मेट्न खोला खोल्सा जान नपर्ने भएको छ । डिभिजन वन कार्यालय इलामले चराको लागि छतमा पानी व्यवस्थापन कार्यक्रम अन्तर्गत पानी पिउनका लागि सहज बनाउने भएसँगै इलाम बजारका चराले छतबाट पानी पिउने भएका छन् । डिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत गजेन्द्र श्

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 707 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशी २ का कलाकारहरु मेरिल्याण्डमा

    विराटनगर/  विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए । उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ ग

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान हेल्पिङ ह्याण्ड्स युएईमा पुनः श्रेष्ठ

    युएई/ यूएई कार्यरत धरानेहरुको साझा सामाजिक संस्था धरान हेल्पिङ ह्याण्ड्स, युएईको छैठौ महाधिवेशन सम्पन्न भएको छ । सर्वसम्मतरुपमा चयन भएको कार्यसमितिमा अध्यक्षमा ईश्वर श्रेष्ठ, उपाध्यक्षमा तिर्थ राई, ज्वाला श्रेष्ठ र अनुप तामाङ, महासचिवमा विक्रम तामाङ, सचिवमा मनोज मास्के, विनोद राई, देवान राई, रमेश खत्री र मनोज कुमार भुजेल, कोषाध्यक्षमा सुमित्रा लिम्बू र सहकोषाध्यक्षमा ओमप्रकाश शाह चयन भएका छन भने सदस्यमा रमेश श्रेष्ठ, मेघराज लिम्बू र असिम चाम्लीङ राई चुनिए । दुबईको रेनर्टी होटलमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा पासाङ शेर्पा संयोजक, आदिबासी जनजाती महासंघ अन्तराष्ट्रिय समन्वय

    • प्रकाशित मितिः असोज २३, २०८०
    • 977 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मानवसेवा आश्रमका आश्रितलाई भोजन

    विराटनगर/  विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए । नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष समेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 785 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीको १२ वटै स्थानिय तहले बुझाएनन करोडौ बिद्युत महसुल रकम

    धरान/ नेपाल बिद्युत प्राधिकरणले पटक पटक ताकेता गर्दा पनि सुनसरीका १२ वटै स्थानिय तहले करोडौ रूपैया बिद्युत महसुल रकम नबुझाएको विवरण सार्वजनिक गरिएको छ । प्राधिकरणले आइतबार शुल्क बुझाउन चेतावनी स्वोरूप स्थानिय तहका नाम र बुझाउनुपर्ने शुल्क सहितको विवरण सार्वजनिक गरेको हो । जसमा सुनसरीको १२ वटै स्थानिय तहले बिद्युत महशुल नबुझाएको प्रस्ट देखाएको छ । स्थानिय तहको क्षेत्र भित्र पर्ने राजमार्ग तथा भित्री सडकको पोलहरूमा जडान गरिएका बत्ती एवम कार्यालय समेतले प्रयोग गरेको बिजुली महसुल नबुझाएको प्राधिकरणले उल्लेख गरेको छ । जसमा सबै भन्दा बढी इटहरी उपमहानगरले झन्डै ३ करोड महशुल बुझाउन बाकि देखिएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 673 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शैक्षिक गुणस्तरको जानकारी लिदै वडा नम्बर चौध

    धरान/  सामुदायीक तथा नीजि विद्यालयहरु स्थानीय सरकार मातहत आएपछि स्थानीय सरकारले यसको शैक्षिक गुणस्तर सुधारका लागि धरान उपमहानरपालिका वडा नं.. १४ ले सोही वडामा रहेको दन्तकाली माविको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको छ । नीजि विद्यालयको तुलनामा सामुदायीक विद्यालयको गुणस्तर खस्किएको विषयमा व्यापक जनगुनासो बढिरहेको छ । जनगुनासोलाई आत्मसात गर्दै वडामा रहेका सामुदायीक विद्यालयको शैक्षिक गुणस्तरको विषयमा जानकारी लिएको हो । वडाले विद्यालयको भौतिक संरचनाको अवस्था, अध्ययन तथा अध्यापन गर्ने वातावरण, विद्यालयको शैक्षिक गुणस्तरको विषयमा बुझ्ने काम गरेको थियो । वडाध्यक्ष कृष्णप्रसाद भट्टर

    • प्रकाशित मितिः असोज २२, २०८०
    • 710 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved