वराहक्षेत्रको चतरा बजारमा अनुगमन, म्याद नाघेका सामाग्री नष्ट "संगम विष्ट"

  • चैत ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

चतरा/  वराहक्षेत्र नगरपालिकाले आइतबार चतरा बजारमा अनुगमन गरेको छ । उपभोक्ताहरूको अधिकार सुनिश्चितताको लागि र वाह्र वर्से पुर्ण महाकुम्भ मेलालाई केन्द्रित गरेर बजार अनुगमन गर्ने योजना अनुसार नगरपालिकाको अनुगमन टोलीले चतरा बजारका पसलहरू अनुगमन गरेको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।

अनुगमनको क्रममा बजारमा रहेको पसलहरूबाट म्याद नाघेका खाद्य सामाग्री, बढी मात्रामा चिसो पदार्थहरू, बिस्कुट फेला पारेर नष्ट गरिएको आर्थिक विकास शाखाका प्रमुख तिवारीले बताए ।

म्याद नाघेको सामाग्री फेला परेको पसल, दर्ता प्रक्रिया नगरी सञ्चालन भएका पसल र होटलहरूलाई ५ हजारसम्म जरिमाना समेत गरिएको थियो ।

बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू लगायतका विषयमा अनुगमन टोलीलाई सक्रिय बनाइएको अनुगमन गरिएको अनुगमन समितिकी संयोजक नगर उप(प्रमुख नन्दकुमारी सुनुवारले बताइन् ।

उपभोक्ताको हित विपरीत सञ्चालन भएका पसलहरूलाई नियमको पालना,

म्याद नाघेका सामाग्री राख्ने व्यापारीहरूलाई जरिवाना, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको अनुगमन गरिएको प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्लले बताए ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवार नेतृत्वको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत देवेन्द्रबहादुर मल्ल,

आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारी, खाद्य तथा गुण नियन्त्रण सुनसरीका कर्मचारी संगम दाहाल, उद्योग वाणिज्य सङ्घ चतराका अध्यक्ष कृष्ण कट्टेल , नेपाल प्रहरी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved