दमक/ अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारको लयमा फर्किसकेको बताउँदै अहिले विदेशी विनियम सञ्चिति पर्याप्त मात्रामा रहेको बताएका छन् । आर्थिक अवस्था धेरै शिथिल रहेको अवस्थालाई चलायमान बनाउन चुनौती रहेको अवस्थामा आफूहरूले काम गरेको उल्लेख गर्दै उनले अर्थतन्त्रको बाटो बिस्तारै लयमा फर्किसकेको बताए । झापाको दमकमा आइतबार दमक उद्योग वाणिज्य सङ्घले लगाएको पाँचौँ दमक महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै अर्थमन्त्री महतले अर्थतन्त्रका धेरै समस्याहरू समाधान भएका छन् तर सबै समस्या हल नभएका हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘‘हिजो नेपाल श्रीलङ्का हुन्छ भन्ने हल्ला थियो ।
इटहरी/ सुनसरीको इटहरी उपमहानगर २ स्थित माया घर नेपालले भिन्न कारण बस सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गर्दै आएको माया घरले यो साता ५ जनाको उद्धार गरेको हो । धनकुटा आलेगाउकि २७ वर्षीया मनु राई ,धनकुटाकै विश्रान्ति आश्रमकी ६३ वर्षीया सुकुमाया लिम्बु ,इटहरीबाट ७० वर्षीय टेक बहादुर लिम्बु , इटहरीकि ५३ वर्षीया मिठु खतिवडा , र इटहरी खनारकि ३७ वर्षीया रिता गिरिलाई उद्धार गरी माया घर ल्याइएको हो । उद्धार गरिएका मध्ये टेक बहादुर र रितालाई २४ घण्टा भित्रै परिवारको जिम्मा लगाइएको माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलले बताइन । त्यस्तै यो साता माया घरमा ५ जनाले आ आफ्नो जन्मदिन मनाएक
वराहक्षेत्र/आगमि चैत्र - २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन कुम्भ मेला स्थल क्षेत्रमा सरसफाइ गरिएको छ । आइतवार बिहान नेपाली कांग्रेश वडा नं १ र २ वडा कार्यसमितिको आयोजनामा उक्त सरसफाई कार्यक्रम आयोजना भएको छ । नेपाली कांग्रेश वराहक्षेत्र नगरपालिका वडा नं २ का सभापति अमर कट्वालका अनुसार प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कुम्भ मेला स्थललाई सुन्दर सफासंगै प्रचारप्रसार गर्ने उदेश्यले सरसफाई गरिएको र सरसफाई कार्यक्रममा नेपाली कांग्रेश वराहक
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं.८ सैनिक स्थित वडा कार्यलयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ। नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो । नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १ सय ३९ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ३७ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ । उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै २९ जनालाई अस्पताल लगिएको छ । बाँकी ८ जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिय
धरान/ धरान १८ स्थित डिपो आर्दश वहुमुखि क्याम्पसको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० शुक्रवार सम्पन्न भएको छ । फागुन २० गते देखि सुरु भएको एक हप्ते वार्षिक खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि म्यानेजमेन्ट फेकल्टिले चुमेको छ । म्यानेजमेन्ट टिमले १५ गोल्ड, ८ सिल्भर र १० व्रन्ज मेडल जित्दै डिपो खेलकुद उत्सव २०८० को च्याम्पियन उपाधि माथि कव्जा जमाएको हो । यसै गरि साइन्स फेकल्टिले १३ गोल्ड, १९ सिल्भर र १५ व्रन्ज मेडल प्राप्त गर्दै दोस्रो भए । विविएसले ४ गोल्ड, ३ सिल्भर र २ व्रन्ज मेडल जित्दै तेस्रो भए । च्याम्पियन टिमलाई विजेता ट्रफि प्रदान गरिएको थियो शुक्रवार विविएस र म्यानेजमेन्ट टिम
धरान/ धरान–१६ स्थित यु.एन. नबोदय कलेजबाट बि.एच.एम.आठौ सेमेस्टरमा कोशी प्रदेस प्रथम हुने छात्रा प्रीजा डाङ्गीलाई शुक्रवार कलेजले सम्मान गरेको छ । कलेजको हलमा एक कार्यक्रमको आयोजना गरि प्रीजालाई सम्मान गरिएको हो । कलेजका अध्यक्ष ज्ञानेश्वर झा र क्याम्पस प्रमुख डम्बर कुमार तुम्बापोले २५ हजार नगद सहित सम्मान पत्रले सम्मान गरेका थिए । प्रीजाले त्रिभुवन विश्वविद्यालयले लिएको बि.एच.एम. आठौ सेमेस्टरको अन्तिम परीक्षामा जि.पि.ए. ३ दशमलव ८५ प्राप्त गरी कोशी प्रदेस प्रथम गरेको क्याम्पस प्रमुख तुम्बापोले जानकारी दिए । कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठ, अध्यापकहरु अनिमेस बास्तोल
धरान/ तामाङ जातिको पहिचान, संस्कार, संस्कृति तथा पर्वलाई संरक्षण गर्दै नेपाल तामाङ घेदुङ धरान नगर समितिको आयोजनामा ‘सोनाम ल्होसार पर्व’ शनिबार देखि धरानमा शुरु भएको छ । नेपाल तामाङ घेदुङ धरान उपमहानगर कार्यसमितिको आयोजनामा धरान १२ स्थित पब्लिक उच्च माविको खेलमैदानमा २८६० सोनाम ल्होसारको अवसरमा बृहत् सांस्कृतिक महोत्सव सुरू गरेको हो । फागुन ५ गते सम्म चल्ने महोत्सवको पहिलो दिन धरानका तामाङ जातिहरू जातीय पोसाक पहिरन, परम्परागत डम्फु बजाउँदै र्याली झाँकी सहितको प्रदर्शन गरेका थिए । तामाङ जातिहरूको २८६० नयाँ वर्षको अवसरमा महोत्सवले तामाङको ऐतिहासिक परम्पराको संरक्षण गर्दै
धरान/ विगत २७ दिन देखि भद्र अवज्ञा गर्दै आन्दोलनमा रहेका वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र व्यवस्थापन पक्ष बिच ६ बुँदे सहमति भए पछि चिकित्सक र कर्मचारीहरु काममा फर्किएका छन् । प्रतिष्ठानको व्यवस्थापन पक्ष र शिक्षक कर्मचारी समाज संयुक्त संघर्ष समिति बीच शनिबार पुनः वार्ता बसेपछि ६बुँदे सहमति भएको हो प्रतिष्ठानको व्यवस्थापन पक्षसँग वार्ता सौहार्दपूर्ण भएअनुरुप नै सहमति भएकाले शनिबारनै ३ बजे देखि सम्पुर्ण आन्दोलनका कार्यक्रमहरु स्थगित गरि काममा फर्किएको शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । सहमतिपत्रमा कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार
वुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवेतिका लागि ७ लाखको कोष स्थापना गरेकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको शुक्रबार सम्पन्न योजना बैठक मार्फत कोषका लागि रकम विनियोजन गरेको हो । विनियोजित रकमबाट प्राप्त व्याजबाट अग्रज यातायात मजदुरहरुलाई सम्मान र यातायात मजदुरका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्न कोष स्थापना गरिएको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीले जानकारी गराउनुभयो । पुराना, इमान्दार र अनुशासित मजदुरहरुलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग गर्ने र
कपिलवस्तु/ यातायात मजदुरहरुको आन्दोलनमा अग्रणी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भौतिक संरचनामा समेत बलियो रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ । बिहिबार बाणगंगामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटीको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष राईले २०३६ सालदेखि यातायात मजदुरहरुको हक, हित, अधिकार र सुरक्षामा लडाँई गर्दै आइरहेको इतिहाँसको स्मरण गराउनुहुँदै भौतिक संरचनाको उपलब्धता र सम्पन्नताले यातायात मजदुर आन्दोलनलाई थप बलियो बनाउँने बताउँनुभयो । कपिलवस्तुको बाणगंगा ८ स्थित पुल्चोकमा यातायात मजदुर भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु