इलामा अन्तर्राष्ट्रिय चिया महोत्सवको तयारी

  • जेठ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इलाम/  चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पु¥याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो ।

नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो ।

विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए ।

उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र बजारीकरणमा सहजता हुने अपेक्षा रहेको बताए ।

इलाम बजार अर्थात् सदरमुकाममा नै चिया महोत्सव आयोजना गरिने छ ।
जसका लागि केदार थापाको संयोजकत्वमा समिति गठन भएको छ ।

इलाम उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा सो महोत्सव सञ्चालन हुने छ ।

जसमा चिया सँग सम्बन्धित संघसस्थाको समेत सहभागिता रहने छ ।सो महोत्सवमा नेपाल पर्यटन बोर्डले समेत सहयोगमा गर्ने बताइएको छ ।

चिया महोत्सवपछि इलाम लगायतका चिया व्यापारी र विदेशी चिया व्यापारीबिचको दुरी समेत घट्ने अपेक्षा रहेको इलाम उद्योग वाणिज्य सङ्घ इलामका अध्यक्ष चेतनाथ पौडेल (कृष्ण)ले बताए ।

इलाममा १९२० सालमा नै चिया रोपण सुरु भएको इतिहास छ ।महोत्सवमा इलाममा उत्पादन हुने सबैखाले चियालाई समावेश गराइने छ ।

विदेशी चिया पारखी तथा चिया ब्यापारीहरुले सोही महोत्सवबाट चिया खरिद विक्रि गर्न सक्ने बताइएको छ ।

विज्ञापन बोर्ड सदस्य ...

इटहरी । नेपाल सरकार विज्ञापन बोर्ड सदस्य एवं कोशी प्रदे ...

धरानमा भव्य रूपमा पर ...

धरान/  हिन्दू धर्मका छैठौं अवतार भगवान परशुरा ...

५ सयका ७ थान नक्कली ...

विराटनगर/ विराटनगरस्थित एक किराना पसलमा सामान किन् ...

दौरा सुरुवालमै लन्डन ...

सुनसरी/ धरानका सन्तोष राईले नेपाली राष्ट्रिय पोशाक दौरा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved