कांग्रेसद्धारा आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण

  • जेठ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपाली कांग्रेसले आदिवासी जनजाति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका नेता कार्यकर्ताहरुलाई लक्षित गरेर नेपाली कांग्रेस क्षेत्र नं. १ सुनसरीले आदिवासी जनजाति अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गरेको हो ।

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख जगत बरामले सहभागी एवम् प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।

जगत बराम आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघका निर्वतमान केन्द्रीय अध्यक्ष समेत हुन् ।

उनले अन्तराष्ट्रिय श्रम संगठन (आई.एल.ओ. १६९०) संयुक्त राष्ट्र घोषणा–पत्र २००७, स्वतन्त्र पूर्व सुूसुचित सहमति (एफ.पि.आई.सी.), नेपालको संविधान र कानुनमा भएको आदिवासी जनजाति सम्बन्धि व्यवस्था तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, आदिवासी जनजाति आयोग, थारु आयोग लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङले नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ नामक भातृ संस्थाको गठन, उद्देश्य, भूमिका र महत्ववारे सहजीकरण गरेका थिए भने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सदस्य निर्मला राईले प्रशिक्षणउपर आप्mनो अनुभव राखेका थिए ।

उनी लगायत सहभागीहरुले प्रशिक्षण कार्यक्रम अत्यन्तै फलदायी रहेको, धेरै कुरा जान्न, बुझ्न र सिक्न पाएकाले संगठन गर्न सजिलो हुने प्रतिक्रिया दिएका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सदस्य अन्जना राई, नगर सभापति श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि ललिता शर्मा अधिकारी, क्षेत्रीय सहसचिव सुमित राई,

प्रदेशसभा १९१० कोषाध्यक्ष रमिना सुब्बा गुरुङ, नगर सचिव जितेन्द्र राई, क्षत्रीय सदस्य शोभा सुनुवार, प्रदेशसभा १९२० सदस्य सुरेन्द्र राई, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका क्षेत्रीय सभापति दिनेश खम्वु राई, प्रदेशसभा १९१० सभापति केशव राई, नगर सभापति कृष्णकुमार राई ९भुपाल० लगायतको उपस्थिति रहेको थियो ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved