धरानमा स्पोर्ट्स अवार्ड प्रदान गर्ने मनोनयन सूचि सार्वजनिक

  • जेठ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान खेलकुद मञ्चले स्पोर्ट्स अवार्ड प्रदान गर्ने भएको छ।

विहीबार धरानमा पत्रकार सम्मेलन गर्दै मञ्चले मनोनयनको सुचि सार्वजनिक गरेको छ । यही शुक्रबार प्रदान गरिने अवार्ड छनौट समिति बनाएर पुरस्कारको लागि सुचि तयार गरेको मञ्चका अध्यक्ष किशोर राईले बताए ।

धरानका एक महिला र एक पुरूष खेलाडीलाई धरान वर्ष खेलाडी २०८०÷८१ को अवार्ड प्रदान गरिने बताउनुभयो ।

समितिले १० वटा खेल विधाबाट छ महिला सहित १४ जनाको प्रारम्भिक सूची तयार गरेको थियो । जसबाट ६ जनाको सूची सार्वजनिक गरेको छ।उत्कृष्ट वर्ष खेलाडी पुरुष तर्फ टेबल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम सोदेम्बा लिम्बू रहेका छन् ।

महिलातर्फ जुडो कुरासकी दीपिका आचाजु र बक्सिङकी जुनु लिम्बु रहेका छन् ।

त्यस्तै प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा लामा रहेका छन् । यी मध्ये पुरुषतर्फ १, महिलातर्फ १ र प्रशिक्षकतर्फ एक जनाले अवार्ड प्राप्त गर्नेछन् भने ६ जना मध्येबाट एकजनालाई मस्ट पपुलर राइजिङ प्लेयर अवार्ड प्रदान गरिनेछ ।

त्यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिने मञ्चका अध्यक्ष किशोर राईले बताउनुभयो ।

खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ भने लाइफटाइम अचिभमेन्ट अवार्डका लागि नगद रु ११ हजार र आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले बताएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved