समाज

    Showing 3,411-3,420 of 5,220 items.
  • पुल बनाउने एजेन्डा बोकेर दुई पटक सांसद मन्त्री बने, पुल बनेन

    मोरङ /  पुल निर्माण गर्ने एजेन्डा बोकेर अमनलाल मोदी मोरङबाट दुई पटक साँसद बने । दुई पटक सांसद बन्दा उनले यही पुल निर्माणको एजेन्डालाई प्राथमिकतामा राखेका थिए । पुल भने अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । आइतबार उनले सो पुलको निरीक्षण गर्दै सिंघिया खोलाको पुल निर्माणको काम अविलम्ब सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।गत मंसिर ४ गते भएको संघीय निर्वाचनमा सांसद बनेर मन्त्री बनेका मोदीले आइतबार विराटनगरमा आएर निर्देशन दिएका हुन् उनले भने– ‘यो पुल सिंघया पुल छेउछाउमा बासेबास गर्ने तथा मोरङबासीको लागि अति आवश्यक छ, मैले यो पुल निर्माण गर्छु भनेर दुइपटक चुना

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 491 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बुढासुब्बाको २३ औँ संस्करण फागुन १३ बाट ‘खेलकुदमा सहयोग छैन’

    धरान /  खेलकुदकाे विकासमा सरकारले बजेट छुट्याएको छ तर खेलकुदका गतिविधि चलायमान बनाउँदै आएका क्लबहरुले भने सरकारी स्तरबाट पर्याप्त बजेट नआएको गुनासो पोख्दै आएका छन् । वर्सौँदेखि खेलकुदलाई चलायमान बनाउँदै लगेका क्लबहरुले अहिले पनि रकम जुटाएर प्रतियोगिताको आयोजना गर्ने गरेका छन् । यसको प्रत्यक्ष उदाहरण हो धरान फुटबल क्लब । करिब तीन दशक अघि क्लब गठन गरेर पूर्वमा फुटबलको जग बसाल्ने काम गरेको क्लबले अहिले पनि सहयोग मागेरै बुढासुब्बा गोल्डकप सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ । कोरोना तथा स्थानीय निर्वाचनका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकेको अन्तर्राष्ट्रिय अमन्त्रण बुढासुब्बा गोल्डकपले

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 602 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘अनुशासन नभएका व्यक्ति खेल क्षेत्रमा नबस्नुस्’

    मोरङ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन नभएका व्यक्तिलाई खेल क्षेत्रमा नबस्न आग्रह गरेका छन् । खेलकुद क्षेत्रको विकास गर्ने हो भने अनुशासन र इमान्दारिता हुनुपर्ने बताएका हुन् । कुनै ओहदामा भएर मात्र कसैले ताज र गोल्डेन बुट नपाउने भन्दै ओलीले इमान्दारीताको साथ कर्मले सफता प्राप्त हुने बताए । विराटनगरमा आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले पद लोलुपता नराखी उत्कृष्ट काम गर्ने लक्ष्य राख्नुपर्नेमा जोड दिए । उनले भने ‘कामले पद दिन्छ, काम गर्न सक्नु भएन भने पद जान्छ, उनले भने, पद क्षणिक हुन्छ कामले तपाईलाई जीवन पर्यन्त सम्झाइरहन्छ ।&

    • प्रकाशित मितिः फागुन ८, २०७९
    • 471 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेघा हिमालयनका विद्यार्थीहरू विशेष प्रशिक्षणका लागि पोखरा जाँदै

    धरान/धरान मेघा हिमालयन कलेजमा होटल व्यवस्थापन सङ्कायतर्फ कक्षा १२ मा अध्ययनरत् विद्यार्थीहरू विशेष जापानी परिकार बनाउने कला सिक्न नेपालकै प्रमुख पर्यटकीय गन्तव्य पोखरा जाने भएका छन् । विद्यार्थीहरूको टोली बुधबार (फागुन ९) त्यसतर्फ प्रस्थान गर्ने मेघाका होटल व्यवस्थापन सङ्काय प्रमुख पोषण श्रेष्ठले जनाए । उनीहरूलाई होटल व्यवस्थापनमा उत्कृष्ट प्रयोगात्मक प्रशिक्षण दिने गरेको कलेजमा लगिने श्रेष्ठले बताए । पाठ्यक्रममा समावेश प्रयोगात्मक कार्यबाहेक वाइन सेंसोरी (वाइन मेकिङ), बारटेन्डिङ कार्यशाला, वाइन कार्यशालाजस्ता विशेष प्रयोगात्मक कक्षा सञ्चालन गरिरहेको कलेजमा लगिनेछ । उनीहरूलाई नेपालकै प्रसिद्

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 1,084 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विद्यार्थीहरूले रमाउँदै सिके व्यावहारिक ज्ञान

    धरान/धरान–१८ स्थित माउन्ट हर्मोन एकेडेमीका विद्यार्थीहरू शुक्रबार साँझ शान्तियात्रामा सहभागी भएका छन् । केही दिनअघि टर्की र सिरियामा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका हजारौँ नागरिकहरूको आत्माको चिर शान्तिको कामना गर्दै उनीहरूले हातमा बलेको मैनबत्ती बोकेर शान्तियात्रा गरेका हुन् । विद्यालय प्राङ्गणबाट सुरु भएको यात्रा बुद्धचोक, रत्नचोक हुँदै विद्यालयमै पुगेर टुङ्गिएको थियो । शुक्रबार नै सुरु भएको दुईदिने चौथो हर्मोनिज स्काउट क्याम्पको क्रममा उनीहरूले शान्तियात्रा गरेका हुन् । त्यसपछि सुरु भएको ‘क्याम्प फायर’ को उद्घाटन नेपाल स्काउटकी राष्ट्रिय प्रशिक्षक निर्मला अधिकार

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 592 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान एक्स्पो : साहित्यलाई विशेष स्थान

    धरान /  धरान एक्स्पो २०७९ मा साहित्यले विशेष स्थान पाउने भएको छ । आयोजक सुनसरी उद्योग वाणिज्य संघले फागुन ११ देखि सुरु हुने प्रदर्शनीमा साहित्यलाई समेट्दै छुट्टै स्टलका रुपमा समावेश गर्ने निर्णय गरेको छ । सुनसरीको व्यावसायिक प्रवर्धन गर्ने मुख्य उद्देश्य राखिएको एक्स्पोका स्टल संयोजक विष्णु बरालका अनुसार प्रदर्शनीमा साहित्यको स्टल राखिने भएको हो । नेपालका विभिन्न स्थानमा आयोजना हुने प्रदर्शनीमा व्यावसायिक, व्यापारिक, औद्योगिक, कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था लगायतका क्षेत्रले स्थान पाउने गरेको भए पनि साहित्यले प्राथमिकता नपाएको विषयलाई सम्वोधन गर्दै स्टलका रु

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 570 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ट्राफिकसम्बन्धी कोर्ष विद्यालयतह देखि नै राखिनुपर्नेमा जोड

    सुनसरी / प्रतिनिधिसभा सदस्य तथा सडक सुरक्षा एलायन्सका संयोजक योगेश भट्टराईले ट्राफिक सम्वन्धी कोर्ष स्कुल तह देखि नै अध्ययन गराउनु पर्नेमा जोड दिएका छन् । विहीबार इटहरीमा सडक सुरक्षा सम्वन्धी प्रदेश स्तरीय गोष्ठीलाई सम्वोधन गर्दै प्रतिनिधीसभा सदस्य भट्टराईंले ट्राफिक ज्ञान र सवारी चालक सम्वन्धी कोर्ष विद्यालयदेखि क्याम्पससम्म राख्नुपर्नेमा जोड दिए । विदेशमा विद्यार्थीलाई ट्राफिक ज्ञानबारे सचेत गर्ने गरिएकाले बताउदै नेपालमा पनि सडक सुरक्षा सम्वन्धी बिषयलाई सरकारका तीनै तहले प्राथमिकता दिनुपर्नेमा उनको जोड थियोे । पछिल्लो समय दुर्घटनाका घटनाले भयावह स्थिति सिर्जना भइरहेकाले पछिल्लो समय सड

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 611 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुच्चा राई समाजद्वारा रक्तदान कार्यक्रम

    धरान /  धरानको भानुचोकमा शिवरात्रीको अवसर पारेर सुच्चा राई कल्याणकारी समाज सुनसरी र केन्द्रको संयुक्त आयोजनामा २३ औं वार्षिक उत्सवको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।धरान ६ लोकतान्त्रिक चौतारीमा आयोजना गरिएको सो कार्यक्रममा ७० पिन्ट रगत सङ्कलन भएको थियो । सङ्कलन भएको रगतमध्ये ४२ पुरुष र २८ महिलाले रक्तदान गरेको सुच्चा राई कल्याणकारी समाजका केन्द्रीय उपाध्यक्ष विनोस राईले जानकारी दिए । आफ्नो जातिको उत्थानसँगै सामाजिक कार्यमा सक्रिय सुच्चा राई कल्याणकारी समाजले कोरोनाको समयमा धरान उपमहानगरपालिकालाई ६२ हजार आर्थिक सहयोग प्रदान गरेको थियो ।समाजमा सुनसरी अध्यक्ष श्रीकुम

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 873 पटक पढिएको
    • "स्नेहा श्रेष्ठ"
  • साना सहरी खानेपानी अख्तियारमा

    इलाम / इलाममा निर्माणाधीन साना सहरी खानेपानी आयोजनामा निर्माण कम्पनीले गुणस्तरहीन संरचना निर्माण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा पेस गर्न इलाममा हस्ताक्षर सङ्कलन भएको छ । खानेपानी निर्माण कम्पनी रमण कन्स्ट्रक्सन प्रालिले चरम भ्रष्टाचार गरेको भन्दै अख्तियारमा मुद्दा दर्ता गर्न एक सय २ हजार ५ भन्दा बढीको हस्ताक्षर सङ्कलन भएको छ । ठेकेदार कम्पनीले कमसल पाइप, कमसल मिटर जडान गरेको, ९० सेन्टिमिटर पाइप गाड्नुपर्नेमा त्यो नगरेको, निर्माण संरचना गुणस्तरहीन भएको, ठेक्का सम्झौता विपरीत पुरानै मुहानबाट मात्र पानी वितरण गरेको भन्दै हस्ताक्षर सुरु गरेका हुन् । खानेपानीको अभावलाई स

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 462 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • शिवरात्रीमा पिण्डेश्वरमा अत्यधिक भिड

    धरान / शनिबार महाशिवरात्री पर्व । हिन्दुहरुको प्रमुख चाडको रुपमा यस पर्वलाई लिने गरेको छ । फाल्गुण कृष्ण चतुदर्शीका दिन भनाइने यो पर्व शिवको उत्पत्ति भएको रातको नामबाट नामकरण भएको मानिन्छ । कालरात्री, मोहारात्री, सुखरात्री र शिवरात्री मध्ये एक पवित्र पर्वको रुपमा शिवरात्रीको वर्णन पुराणमा वर्णन गरिएको पाइएको छ । धर्म र आस्थाप्रति सर्वसाधारणको चासो र रुचि बढेकै कारण यस्ता पर्वहरु सर्वसाधारणले रुचिका साथ मनाउने प्रचलन छ । यसै क्रममा धरानको पिण्डेश्वर मन्दिरमा समेत बुधबार अत्यधिक भीड रहेको थियो ।महाशिवरात्री अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान् शिवको फाल्गुण कृष्ण चतुर्दशीका

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 566 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved