वराहक्षेत्र/ कालाबञ्जर बजारमा हैटा खोलाको पानी पस्ने र डुवान हुने वर्सौदेखिको त्राष गत बर्षदेखि स्थानियले भोग्नु परेको छैन् ।
वराहक्षेत्र नगरपालिकाले वडा नं.५ स्थित कालाबञ्जर क्षेत्र भएर बग्ने हैंटा खोलाको आकार दिन खोला भित्रका संरचना हटाए पछि स्थानिय कालाबञ्जरवासिहरु डुवानको त्रासबाट मुक्त भएका हुन् ।
नगरपालिकाले खोला भित्रका संरचना हटाउन एक्स्काभेटर नै प्रयोग गरेर खोलाको आफ्नो आकार दिएको थियो ।
खोला अतिक्रमण गरी १६ फिट भित्र बनेका एक दर्जन भन्दा बढी घर र घरका बरन्डाहरू त्यस्तै दर्जनको सङ्ख्यामा खोला भित्र परेमा रुख बिरुवाहरू हटाइएको थियो ।
खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पानीको बहावलाई ब्लक गरेर पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुराइएको थियो ।
४० वर्षदेखि समस्याको रूपमा रहेको उक्त हैटा खोला अतिक्रमणलाई नगरपालिकाले समाधान गर्न अतिक्रमण हटाउने कार्य गरेपछि वर्षाको समयमा खोलाको पानी बजारमा पर्ने त्रास हटेको स्थानीयहरु वताउछन् ।
हैटा खोलाको बहाव क्षेत्र र खोलाको नक्सा मिचेर संरचना निर्माण भएको र नगरपालिकाले हटाउने कार्य उपलब्धिमूलक भएको स्थानीय चन्द्रबहादुर बस्नेतको भनाई छ ।
४० वर्षदेखि खोलाभित्र घर, टहरा तथा बरण्डाहरुका कारण पानी बस्ती तथा सडकमा प्रवेश गरी बर्सेनि ठुलो मात्रामा धनजनको क्षति पुगिरहेको यसको समाधान गर्न नगरले अतिक्रमण हटाउनु राम्रो कार्य भएको उनको भनाई छ ।
कार्यभार सुरु गरे देखिनै सार्वजनिक स्थानको खोजी र अतिक्रमण गरी बनेका संरचना हटाउने कार्यमा लागि परेका वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताए ।
अतिक्रमण हाटए पछि हैटा खोलालाई सुन्दता दिन नगरपालिकाले योजना बनाएको वडा अध्यक्ष रोहित काफ्लेको भनाइ रहरको छ ।