मोरङलाई पूर्णखोप सुनिश्चिता जिल्ला घोषणा

  • असार २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  मोरङलाई पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।

मोरङका १७ वटै स्थानीय तहहरुले पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरिसकेपछि आज विराटनगरमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख तथा जिल्ला खोप जिल्ला समन्वय समिति संयोजक अजम्वर राईले पूर्णखोप सुनिश्चिता तथा दिगोपना जिल्ला घोषणा गरेका हुन् ।

नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त राष्ट्रिय खोप कार्यक्रममार्फत निःशुल्क उपलब्ध १५ महिनाभित्र दिने सबै खोप बालबालिकालाई पूरा मात्रामा लगाई पूर्णखोप सुनिश्चितता गर्ने राष्ट्रिय निर्देशिका बमोजिम सबै प्रक्रिया पूरा गरिएको स्वास्थ्य कार्यालय मोरङले जनाएको छ ।

जिल्लाका सबै वडारस्थानीय तहहरुले विसं २०८० चैत २८ गतेदेखि २०८१ असार २४ गतेसम्म पूर्णखोप सुनिश्चितता एवं दिगोपना कायम गरेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा सुरेश मेहताले जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुख राईले बालबालिका जन्मिरहने र खोप निरन्तर उपलब्ध गराई उनीहरुको जीवन रक्षा गर्न सम्पूर्ण क्षेत्र जिम्मेवार रहनुपर्ने भएकाले मोरङवासीको खुसी र समृद्धिका लागि यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।

कार्यक्रममा पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा गरेका सबै स्थानीय तहका प्रमुखहरुलाई सम्मान गरिएको थियो ।


रासस

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved