इलामलाई खोरेँत मुक्त प्रदेश बनाउने

  • असार २८, २०८१
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

इलाम/  कोशी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय स्थापना गरेको छ । गत वैशाख २० मा सरकारले निर्णय गरे अनुरूप सबै जिल्लामा कार्यालय स्थापना गरिएको हो ।

इलाम, ताप्लेजुङ लगायतका जिल्लामा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क कार्यालय मात्र रहेको थियो ।

इलाममा कार्यालय स्थापना भएपछि आठ जना प्राविधिकले सेवा प्रदान गर्ने भएका छन् ।इलाममा स्थापना गरिएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगरले बिहीबार उद्घाटन गरे ।

कार्यालयमा साउन १ गते देखी विज्ञ सहितको सेवा सञ्चालन हुने जनाइएको छ ।

कार्यालय उद्घाटन गर्ने क्रममा मन्त्री मगरले खोरेँत रोग उन्मुलन नभएका कारणले पशु जन्य र दुघ्दजन्य पदार्थ विदेशमा निर्यात गर्न समस्या परिरहेको बताए ।

इलाम जिल्लाका चार पालिकामा खोरेँत उन्मुलन अभियान सुरु भइसकेको र बिस्तारै सबै जिल्लामा खोरेँत समस्या निर्मूल पारिने जानकारी दिए । उनले खोरेँतमुक्त प्रदेश बनाउन आफूहरू लागेको बताए ।

कार्यक्रममा प्रदेश सभाषदहरु शमशेर राई र गोविन्द गिरीले भेटनरी अस्पताल नहुँदा विगतमा किसानले धेरै दुख पाएकाले अव यसको निराकरण हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख जय प्रकाश राई, इलाम नगरका उप प्रमुख विष्णु दाहाल, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ लगायतले मन्तव्य राख्दै पशुपालन गर्ने किसानलाई अब राहत मिल्ने बताए ।

यस्तै किसानहरूका तर्फबाट महानन्द ओझा, पार्टीको तर्फबाट नेपाली काँग्रेसका जिल्ला सचिव निरोज खड्गी, उद्योग कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोख्रेलले मन्तव्य राख्दै कार्यालय मात्र स्थापना भन्दा पनि समयमा सेवा पाउनु ठुलो कुरा भएको बताए ।

पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालयका निर्देशक पशुपति ढुङ्गानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सुनसरीबाट ब्राउन सु ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका– ...

सुनसरीमा करिब ८ लाखक ...

इनरुवा/सुनसरीको इनरुवा नगरपालिका–१ मा प्रहरीले अव ...

हरिशयनी एकादशी आज : ...

काठमाडौँ/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर&ndas ...

धरान आउदै गरेका प्र ...

धरान/ धरान उपमहानगरपालिका–६ स्थित मदन भण्डार ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved