फुङ्लिङ/ निरन्तर वर्षाका कारणले ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् । गत बुधबार यता निरन्तर हुँदै आएको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्याउँदा दर्जनौँ परिवार विस्थापित भएका हुन् । गएराति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताए । प्रहरीका अनुसार शनिबार पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतवीर लिम्बू, मनकुमार
धरान /धरान उपमहानगरभित्र सवारी अस्तव्यवस्तालाई न्यूनिकरण गर्नको लागि फेरी धरानमा दोश्रो चरणको वेन वे लागू गरिएको छ । आइतबारदेखि लागु हुने गरि धरानका मेयर हर्कराज राईले धरान उपमहानगरपालिका वडा नं ९ स्थित गौतम पथ (सब्जी बजार) र पतुलीलाइनमा वान वे लागु गरेका हुन् । उपमहानगरपालिका, जिल्ला ट्राफिक, नगर प्रहरी र वडा कार्यालयबीच सहकार्य गरी वान वे लागु गरिएको छ । मेयर हर्क साम्पाङ आफै पुतलीलाइन पुगेर वान वे लागु भएको घोषणा गरेका थिए । जिल्ला ट्राफिक प्रहरी प्रमुख सुवास केसी, वडा नं ९ का अध्यक्ष रुपेश आचार्य लगायतको उपस्थित रहेको थियो । यस्तो छ वेन वे पुतलीलाइनस्थित
मोरंग/ कोशी प्रदेश सरकारले आज (शनिबार ) ३५ अर्व २७ करोड ९३ लाख रुपैयाँको अनुमानित आय व्यय प्रस्तुत गरेको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानाले प्रदेश सभामा आर्थीक बर्ष २०८१/८२ का लागि १४ अर्व ४७ करोड २३ लाख रुपैयाँ चाल खर्चका लागि विनियोजन गरिएको बताए । उनले पूजीँगत तर्फ १६ अर्व २०करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । उक्त खर्चका लागि प्रदेश सरकारले ४ अर्ब ९८ करोड रुयैपाँ राजश्व मार्फत उठाउने लक्ष्य लिएको छ । यस्तै राजस्व बाँडफाँडबाट १२ अर्ब ४० करोड ८ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण ८ अर्ब ९४ करोड ३२ लाख, सशर्त अन
धरान/ सानिमा बैंकका कर्मचारी तथा ग्राहक बर्गहरुलाई उपचार सेवामा छुट सुविधा उपलव्ध गराइएको छ । धरान स्थित विजयपुर हस्पिटलले बैंकका कर्मचारी तथा ग्राहकहरुको लागि उपचार सेवामा छुट गर्ने भएको हो । बैंक र हस्पिटबीच छुट सेवाको निम्ति सम्झौता छ । ,विरामी भर्ना तथा बेड चार्जमा १५ प्रतिशत,अप्रेशनमा ५ प्रतिशत, ल्याब जाँच १० प्रतिशत र ग्राहकबर्गले औषधी खरीद गर्दा १० प्रतिशत छुट पाउने व्यवस्था गरिएको सानिमा बैंकका रिलेसनसिप मेनेजर मदन खनालले जानकारी दिए । आर्थिक कारोबार गर्दा मोबाइल बैंकबाट ´कारोबार गर्दा डिजिटल बैंकिङ(डेबिट , क्रेडिट कार्ड, क्युआर तथा मोबाइल बैंकिङ) बाट गर
धरान/ धरान उपमहानगरपालिका आठ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहीन हुँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत नहँुदा उपमहानगरपालिकाको दैनिक कामकाजहरु प्रभावित हुँदै आएको छ । जनताको कामकाज प्रभावित भएपछि धरानका राजनीतिक दलहरुले चिन्ता व्यक्त गर्दै तत्काल संघीय सरकारसँग प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेको छ । प्रमुख विहीन हुँदा प्रशासनिक कामकाजमा गम्भीर र संवेदनशील परिस्थिति उत्पन्न भएकोले धरानका ५ प्रमुख राजनीतिक दलहरूले शुक्रवार प्रेस वक्तव्य जारी गर्दै उक्त माग गरेका हुन् । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओबादी, नेकपा एस लगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को क
सुनसरी/ इनरुवाको ९ नम्बर वडाले सार्वजनिक सुनुवाइ गरेको छ । बिहिबार बबियाको भगवती मन्दिरस्थित सभा हलमा चालु आर्थिक वर्षको योजना तथा भावी योजना छनौट सहितको सार्वजनिक सुनुवाइ तथा योजना छनौट कार्यक्रम सम्पन्न गरेको हो । इनरुवा नगरपालिका ९ नम्बर वडाका वडा अध्यक्ष वसिरमुदिन मन्सुरीको अध्यक्षतामा तथा नगर प्रमुख केदार भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा सचिव मुना बरालले योजनाहरुको विवरण सहितको प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमा उल्लेखित चालू आर्थिक वर्षमा वडा तथा नगरले संचालन गरेका विकास आयोजनाहरु माथि स्थानीयहरुले आफ्नो धारणा तथा प्रश्नहरु सहित जबाफ माग गरेका थिए । स्थानी
धरान /कानुनी प्रावधानलाई लिएर चुलिएको विवादका कारण धरान उपमहानगरपालिकाको विहीबार बस्ने भनिएको कार्यपालिका बैठक स्थगित भएको छ । स्थाीय सरकार सञ्चालन ऐन २०७४ कार्यविधि २०७४ ले निर्दिष्ट गरेको प्रावधानमाथि आ आफ्नो तर्क र बेतर्क प्रस्तुत गरेर पत्रकार वडाध्यक्ष र कार्यपालिका सदस्य, मेयर, उपमेयरले पालैपालो पत्रकार सम्मेलन गरेर समय बेकाममा फालेका थिए । धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राईले आफैले हस्ताक्षर गरेर कार्यपालिका बैठक आवहान गरेपछि रुष्ट बनेका वडाध्यक्ष, कार्यपालिकाका सदस्यहरुले बुधबार धरानको गोरखा होटलमा पत्रकार सम्मेलको आयोजना गरी मेयर साम्पाडको कार्यशैली तानाशाही भएको आरोप लगाउदै कार
इटहरी/ इटहरीमा कोसी प्रदे सस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र कोसी प्रदेश पौडी सङ्घको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कोसी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोसी पौडी सङ्घका अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए । इटहरीस्थित ओसिएन पार्कको पोखरीमा हुने प्रतियोगिताको विभिन्न विधामा विजेता हुने खेलाडीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट
काठमाडौं/ सिंहदरबार देशका प्रधानमन्त्रीदेखि मन्त्री, सांसद र नीतिगत तहका कर्मचारी बस्ने मुख्य प्रशासकीय केन्द्र हो । तर, उनीहरूलाई खाजा खुवाउने क्यान्टिनमा भने कानुन विपरीत बाल श्रमिकलाई काममा लगाइएको पाइएको छ । काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका पाँच जना बाल श्रमिकको उद्धार गरेको छ । सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको एक जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट एक जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरेको हो । केही दिनअघि एक सांसदको घरबाट श
झापा/ सर्वाेच्च अदालतको फैसलाले सट्टाभर्ना प्रक्रियामा रोक लगाएको झापाको गिरीबन्धु टी स्टेटका संचालकले व्यक्तिको निजी सम्पत्तिलाई राजनीतिकरण गरेर विवाद उत्पन्न गराएको आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धुका सञ्चालक छत्रबहादुर गिरीले केही राजनीतिक दलले राजनीतिको रोटी सेक्न यसलाई अनावश्यक विवादमा लगेको आरोप लगाएका हुन् । सर्वाेच्चको माघ २४ गतेको फैसलाले गिरीबन्धु टी स्टेटको ३ सय ४३ बिगाहा १९ कठ्ठा जमिनलाई स्थानान्तरण गर्ने केपी ओली सरकारको निर्णय उल्टाएको थियो । जेठ पहिलो साता सार्वजनिक भएको त्यो फैसलाको पूर्णपाठपछि गिरीबन्धुको जग्गा खरिद गर्न बैना दिएका