पूर्ब डिआइजी ज्ञान बिक्रम राइफल लिएर वन्य जन्तुको शिकार गर्दै,मध्यराती बँदेल सहित पक्राउ "बहालवाला सइ सहित १० जनाको संलग्न "

  • भदौ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt _फाईल तस्बिर

सुनसरी/  नेपाल प्रहरीका पूर्व डीआईजी ज्ञान विक्रम शाह   जंगली बँदेल  सहित सप्तरीमा पक्राउ परेका छन् ।

इटहरी निवासी शाह र बहालवाला सई सहित १० जनालाई सप्तकोशी नदी किनार क्षेत्रबाट बुधबार मध्यराती मधेस प्रदेश प्रहरीले पक्राउ गरेको हो ।

वन्यजन्तुको अवैध चोरी सिकारीमा संलग्न पूर्वडीआईजी र बहालवाला प्रहरीलाई पक्राउ गरिएको जनाइएको छ ।

बहालवाला सइ विराटनगर महानगरपालिका–३ का ४४ वर्षीय सञ्जय न्यौपाने लगायत १० जनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको छ ।

स्रोतका अनुसार उनीहरूलाई सप्तरीको हनुमाननगर कंकालिनीको भारदह क्षेत्रबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरूले प्वाइन्ट २–२ क्यालिबर राइफल लिएर वन्यजन्तुको अवैध सिकार गरिरहेको खुलेको छ ।

उनीहरू सहित पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–१ का ५१ वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी नगरपालिका–१ का ५० वर्षीय लक्ष्मण मण्डल, हुनमाननगर कंकालिनी–२ का ५१ वर्षीय जनार्दन राउत, हुनमाननगर कंकालिनी–३ का ५१ वर्षीय शंकरप्रसाद यादव, हुनमाननगर कंकालिनी–५ का २३ वर्षीय ओमशंकर प्रसैला, हुनमाननगर कंकालिनी–८ का ३७ वर्षीय आकाश यादव,

राजविराज नगरपालिका–७ का २५ वर्षीय रविन दास र इटहरी उपमहानगरपालिका–२० का ३३ वर्षीय प्रदीप लिम्बू रहेका छन् ।

पक्राउ परेकाहरूको साथबाट राइफल १, म्याग्जिन २, गोली १५ राउण्ड, बाइनाकुलर ३, ट्राइपोर्ट १ फलामको हथौडा १, खुर्पा १, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्कोरपिओ गाडी, को २ त ६९ नम्बरको ट्याक्टर र एउटा मृत बँदेल बरामद गरिएको मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

गोली हानेर मारेको अवस्थामा बँदेल फेला परेको जनाइएको छ ।

स्रोतका अनुसार पूर्वडीआईजी शाह पहिल्यैदेखि वन्यजन्तुको सिकार खेल्न सौखिन थिए ।

प्रहरी सेवाबाट अवकाश पाइसकेपछि उनी व्यापार–व्यावसायमा पनि लागेका थिए ।

मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी पोखरेलले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘धान खान आएको बँदेललाई गाउँलेले मारेको भन्ने कुरा पनि आएको छ । यसबारे पनि हामी बुझ्दै छौं ।’

 

 

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved