उपचारको पर्खाइमा ओछ्यानमा थलिएका डल्लु सार्की

  • भदौ १३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

झापा/ उपचारको पर्खाइमा विछ्यौनामा पल्टिरहेका छन्, झापाको बाह्रदशी गाउँपालिका वडा नं. ५ निवासी डल्लु सार्की ।

ट्र्याक्टरमा काम गर्ने गरेका उनको करिब डेढ दशकअघि धानमा थ्रेसर लगाउने क्रममा दाहिने खुट्टा गुमेको थियो  ।

त्यसपछि एकै खुट्टाको सहाराले कष्टकर जीवन बिताइरहेको उनलाई अहिले अर्को बज्रपात परेको छ ।

उनको अहिले दुवै मिर्गौला फेल भएका छन्  । जसका लागि नियमित डायलसिस गर्नुपर्ने बाध्यता छ । उनलाई झापाको मेची अस्पतालमा उपचारका लागि पुर्याइएको थियो । तर उनको आर्थिक अवस्था नाजुक भएपछि उनलाई घरमै लगिएको छ ।

उनी र उनका परिवारले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् । उनलाई विराटनगर कोशी प्रादेशिक अस्पतालमा नियमित डाइलसिस गराउनुपर्ने पारिवारले जनाएको छ ।

जसका लागि आफूहरुको अवस्था नभएपछि सहयोगका लागि अपील गरेको हो । उनकी श्रीमतीपनि करिब डेढ दशकदेखि नै बिरामी छिन् । उनको छोरा सुवास सार्की गाउँमै ट्र्याक्टर चलाउने गर्थे ।

बाबुको त्यस्तो अवस्था भएपछि घरमै बसेर स्याहार गरिरहेका छन् । आफ्नो बाबुको उपचार गराउने चाहना हुँदाहुँदै पनि सुवाससँग पैसा छैन । उनी मलिन हुँदै आफ्नो बुबाको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्छन्  ।

उनले आफ्ना छरछिमेक र देश विदेशमा रहने सम्पूर्णमा आफ्नो बुबाको उपचारमा सहयोग गरेर ज्यान बचाउन आग्रह गरेका छन् । त्यसका लागि सहयोगी गर्न इच्छुकहरुले उनको आधिकारिक बैंक खातामा जम्मा गर्न सक्छन्  ।

जसका लागि छोरा सुवास सार्कीको झापा गोलधापमा रहेको एक्सल डिभलेपमेन्ट बैंकको खाता नं. 02601000237325000001 मा सहयोग गर्न सकिनेछ  । 

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved