धरान/ धरान १४ निवासी प्रेम प्रसाद पराजुली अहिले जीवन र मरणको दोषाधमा रहेका छन् ।
उनको दुवै मृगौलाले काम गर्दैन। उनी अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डाइलसिस गर्दै आइरहेका छन् । मृगौला प्रत्यारोण गर्नु नै अन्तिम उपाय भएको चिकित्सकहरुले सुझाएका छन् ।
उनले प्रयास पनि गरे तर घर परिवारको मृगौला फेर्न मिल्ने भएन । उनको श्रीमतीले मृगौला दिने भनेर भनिएपनि श्रीमती नै ५ वर्षदेखि घरको छतबाट एक्कासी लडेर कम्मर मुनिको भाग नचलल्ने अवस्थामा ओछ्यानमा थलिएकी छिन् ।
त्यस्तो अवस्यामा प्रेमका लागि श्रीमतीको मृगालौ हालेर उपचार गर्न मनले मानेको छैन् ।
पराजुलीले आफ्नो आफन्त परिवारको सदस्यबाट मृगौला दान गर्न सम्भव नभएको खण्डमा स्वैच्छिक रुपमा गरिने दानलाई कानुनले स्वीकार्ने प्रावधान भने नेपालमा छैन ।
मृगौला पीडित प्रेम भन्छन, “यदि परिवारका सदस्यहरुद्वारा मृगौला दान गर्न सम्भव नभएको खण्डमा स्वेच्छिक रुपमा कसैले दान गर्न चाहान्छ भने त्यसलाई कानुनले स्वीकार गर्ने व्यवस्था बनाउने वातवरण तयार गरौैं ।
”दुवै मृगौला रोगको पीडित पराजुलीले संघिय सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सरोकारवाला पक्षलाई स्वैच्छिक रुपमा गरिने मृगौला दानलाई स्वीकार्ने कानुन निर्माण गर्न निवेदन गरेका छन् ।
उनले “यदि परिवारका सदस्यहरुद्वारा मृगौला दान गर्न सम्भव नभएको खण्डमा स्वेच्छिक रुपमा कसैले दान गर्न चाहान्छ भने त्यसलाई कानुनले स्वीकार गर्ने व्यवस्था बनाउने वातवरण तयार गरौैं ।”
भनेका छन् । “नेपालमा विद्यामान कानुनको जटिलताका कारण आज अवैध रुपमा छिमेकी राष्ट्र भारतमा गई बिचौलियाको प्रभावमा परी मानव अङगको अवैध कालो धन्दा भएको कुरालाई स्वीकार गर्दै रोकथाम गर्ने प्रयास गरौं ।”
उनले शारिरिक, मानसिक रुपले विक्षिप्त भएका मृगौला रोगीहरुले कुनै सांकेतिक वा भौतिक दवावमूलक आन्दोलन गर्न नसक्ने हुनाले सरकारले संवेदिनशिल रुपमा बुभिदिन आग्रह गरे । तर अहिले सम्म त्यो व्यवस्था भएको छैन ।
सरकारले नियम त बनायो तर जनताको लागि हित हुने कानुन बनाएन ,जसका कारण आज मृगौला पीडितहरु पीडा माथि पीडा लिएर अकालमै मर्दैछन् पराजुली दुखेसो गर्दछन् ।
पराजुली मृगौला प्रत्त्यारोण गर्न नसक्ने अवस्था पुगेका छन् । धरानका साथी भाई ,इष्ट मित्रले साथ र सहयोग गरेको प्रति सन्तुष्ट छन् ।
उनी भन्छन्,मलाई सवै जनाले सहयोग गर्नु भएको छ,उहाँहरु प्रति आभार र धन्यवाद दिन चाहन्छु,मैले मृगौला प्रत्योरोण गर्नको लागि धेरै खर्च लाग्छ,हेरौ के हु्न्छ।
नेपालको कानुनले गर्दा हामी जस्ता विरामीले बाँच्न नपाइने रहेछ,नेताहरु प्रति अहिले त वितृष्णा र रीस उठेर आउँछ,भलै अझै पनि कानुन संसोधन गरि दिए हामी जस्ता पीडितला्रई वाँच्न सजिलो हुने थियो ।
के छ मिर्गौला प्रत्यारोपणको कानुन ?
‘मानव अंग प्रत्यारोपण नियमावली २०७२’ अनुसार नजिकको नातेदार भन्नाले बिरामीको श्रीमान्, श्रीमती, दाजु, भाइ, दिदी, बहिनी, आमा, बुबा आदि गरी ५३ थरीका नातालाई जनाउँछ ।
एक त मिर्गौला दान गर्न मिल्ने दाता पाउनै मुस्किल, पाइहालेमा नजिकको नातेदार हुनुपर्ने हुँदा यस्तो अवस्थामा बिरामी तथा निजको परिवारलाई निकै सकसपूर्ण अवस्था हुन्छ ।
त्यसैगरी सम्बन्धित स्थानीय निकाय वा वडाबाट नाता प्रमाणित गर्न र अन्य सरकारी तथा कागजी प्रकया पूरा गर्न लामो समय लाग्छ ।
सरकारले मृगौला रोगीहरुको पीडामा मल्हमपट्टी लगाउन मानव अंग प्रत्यारोपण सम्बन्धी वर्तमान नीति नियमलाई सरलीकरण गर्न र मानव अंग प्रत्यारोपण सर्वसुलभ कानुन र अत्याधुनिक उपकरणसहितको सुविधा सम्पन्न अस्पतालको निर्माण गर्न विशेष ध्यान दिन जरुरी देखिएको स्वास्थ्य विश्लेषकहरु बताउँछन् ।
भिडियो: