कोशीमा क्यान्सरको सेवा विस्तार गर्न सम्झौता

  • भदौ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  सरकारी अस्पताल कोशीमा क्यान्सर रोगको थप सेवा विस्तार गरिने भएको छ ।

सेवा विस्तारका लागि सम्झौता गरेर प्रक्रिया अघि बढाउनको लागि भक्तपुरको क्यान्सर अस्पतालसँग बिहीबार सम्झौता भएको छ ।

भक्तपुर क्यान्सर अस्पातलका निर्देशक उज्जवल चालिसे र कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रविनराज सिंहले सम्झौता पत्रमा हस्ताक्षर गर्ने क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेल पनि उपस्थित थिए ।

भक्तपुर क्यान्सर अस्पतालले नियम अनुसार सेवा उपलब्ध गराउने जनशक्तिलाई यातायात, खाजालगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था गर्ने सम्झौताको पहिलो बुँदामा उल्लेख छ ।

त्यस्तै, भक्तपुर क्यान्सर अस्पतालले सेवा सञ्चालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउने प्रतिबद्धता जनाएको छ ।

महिनाको कम्तिमा एकपटक सेवा सञ्चालन गर्नुपर्ने र विस्तारित सेवामा बहिरंग अन्तरंग एवं उपचारसमेत समेटेर सेवा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । सम्झौता अनुसार कोशी अस्पतालले क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गर्ने, सेवाग्राहीलाई विस्तारित सेवा बारे सूचना, कार्यतालिका र सेवा विवरण बारे जानकारी गराउनुपर्ने छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै कोशी अस्पतालका क्यान्सर रोग विशेषज्ञ डाक्टर रगिन कठेतले २०७२ साल कात्तिकदेखि सेवा सुरु भएको बताए ।

क्यान्सर रोगको सेवा विस्तार गरेर अहिले दैनिक ओपीडी सेवा, इन्डोर सेवा, डे–केयर केमोथेरापीसहितको ५ बेड सञ्चालनमा रहेको उनको भनाइ छ ।

अस्पतालमा ब्रेस्टको सर्जरी, पेट तथा आन्द्राको सर्जरी, मृगौला तथा प्रोस्टेटको सर्जरी, छालाको क्यान्सर सर्जरी सञ्चालनमा छन् ।
कठेतले १० वर्षदेखि क्यान्सर रोगको सेवा सुरु गरेपनि अहिले विशेषज्ञ क्यान्सर सेवाको अभाव रहेको बताए ।

क्यान्सरका बिरामीले अबदेखि भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता हट्ने भएपनि सरकारले क्यान्सर रोग पीडितलाई दिने भनेको रकम नदिएको डा। कठेतको भनाइ छ ।

प्रदेश सरकारले क्यान्सरका १ जना बिरामीलाई १ लाख रुपैयाँका दरले रकम दिँदै आएको थियो ।

‘२०८० साल फागुनसम्ममा ४ हजार बिरामीले ४० करोड रुपैयाँ पाउन सकेका छैनन्,’ डा.कठेतले भने, ‘फागुन पछाडि त सरकारले फारम नै लिन बन्द गरेकाले समस्या समाधान गर्न स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउँछु ।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले डेढ महिनाको अवधिमा बिमालाई प्रभावकारी बनाएर एकद्धार प्रणालीबाट काम गर्ने गरी सरकार अघि बढिरहेको बताए ।

बर्तमान गठवन्धन पुर् ...

विराटनगर । गृहमन्त्री रमेश लेखकले काँग्रेस एमालेको गठबन ...

म युँ खोलाको पुल भाँ ...

 इलाम/ इलामको फिक्कल–नयाँ बजार सडक खण्ड ...

माइपोखरीमा ४० हजार म ...

 इलाम/ विश्व रामसार सूचीमा सूचीकृत धार्मिक तथ ...

प्रदेशस्तरीय एसईई आइ ...

सुनसरी/ धरानमा सम्पन्न एसईई आइडल सिजन ५ मा प्रदेशभरिबाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved