समाज

    Showing 3,201-3,210 of 5,217 items.
  • विराटनगरमा अनगुमन

    मोरङ / मूल्य, तौल र गुणस्तरमा ठगिएको उपभोक्ताबाट व्यापक गुनासो आएपछि विराटनगर महानगरपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।बजार अनगुमनकाी संयोजक रहेकी महानगरकी उपमेयर शिल्पा निराला कार्कीको नेतृत्वमा बुधबार संयुक्त बजार अनुगमन गरिएको छ । अनुगमनका क्रममा विराटनगर मेनरोडस्थित आँगन स्वीटमा अधिकांश कामदार भारतीय नागरिक रहेको भेटिएको छ । स्वीटमा कार्यरत ४० मध्ये २५ जना भारतीय कामदार भएको पाइएको उपमेयर कार्कीले जानकारी दिइन् । वैदेशिक कामदार राख्दा श्रम ऐन–२०७४ र सोको नियमावलीको समेत बेवास्ता गरी स्वीट पसलले १२ वर्षदेखि निरन्तर रुपमा मीठाइ पसल सञ्चालन गरेको पाइएको छ । उक्त पसलले पिउने पानी

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 484 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वडाकार्यालयमा आगो लगाएको आरोपमा एक व्याक्ति पक्राउ

    इलाम / इलामको माङ्सेबुङ गाउँपालिका –५ को वडा कार्यालयमा आगो लगाएकोे आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा माङ्सेबुङ गाउँपालिका –३ का ३९ वर्षीय आशिष् भनिने हस्तबहादुर लिम्बु रहेका छन्। घटना भएलगतै अनुसन्धान थालेको प्रहरीले मंगलबार राति लिम्बुलाई उनको घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । लिम्बुले के कारणले वडा कार्यालयमा आगजनी गरेका हुन् भन्ने खुलिनसकेको र आगजनी तथा चोरी मुद्दा दर्ता गरी उनीमाथि सोधपुछ तथा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरिक्षक प्रदिप सुवेदीले जानकारी दिए । चैत ९ गते राति वडा कार्यालयमा आगल

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 434 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • दुहबीमा निःशुल्क हटलाइन सेवा विस्तार

    दुहबी / सुनसरीको दुहबीमा न्यायमा पहुँच पुर्‍याउने उदेश्यले दुहबी नगरपालिकाले निःशुल्क हटलाइन सेवा बिस्तार गरेको छ । बिदाको दिन बाहेक आइतबारदेखि बिहीबार बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म र शुक्रबार बिहान १० बजे देखि दिउँसो ३ बजे सम्म निःशुल्क हटलाइन सेवा सञ्चालनमा रहने जनाइएको छ । महिला, बालबालिका, अशक्त असहाय तथा ज्येष्ठ नागरिकहरु लगायतको न्यायमा पहुँच र घरेलु हिंसा न्यूनीकरणका लागि निःशुल्क हटलाइन टेलीफोन नम्बर (१६६०२५५८८९५) जारी गरिएको छ । दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले निःशुल्क हटलाइन सेवाको समुद्घाटन गर्दै द्रुत गतिमा न्यायमा पहुँच पुर्‍याउन निःशुल्क हटलाइन सेवा

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 531 पटक पढिएको
    • "चन्दन रौनियार"
  • सन्दकपुरमा पर्यटन प्रवर्धन गर्न महोत्सव

    इलाम /  पर्यटकीय गन्तव्यका लागि परिचित इलामको सन्दकपुर गाउँपालिकामा पर्यटन प्रवर्धन गर्न महोत्सव आयोजना गरिने भएको छ । ‘एकीकृत पर्यटनको प्रवर्धन र विकास, समृद्ध राष्ट्रनिर्माणको सघन निकास’ नारासाथ महोत्सवको आयोजना गरिएको हो । चैत २४ देखि वैशाख १० सम्म विभिन्न कार्यक्रम आयोजना गरी ‘प्रथम सन्दकपुर महोत्सव’ तय गरिएको छ । महोत्सवमा नयाँ वर्षको दिन (वैशाख १) म्याराथुन प्रतियोगिता आयोजना गरिएको छ । पुरुष र महिला सहभागी हुने फरक–फरक म्याराथुन प्रतियोगिता सञ्चालन हुने भएको हो । पुरुषतर्फ ४२.२ र महिलातर्फ २१.१ किलोमिटर दूरीको म्याराथुन आयोजना गरिएको छ । पुरुषत

    • प्रकाशित मितिः चैत २३, २०७९
    • 611 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • बलात्कारी १० वर्षपछि पक्राउ

    दुहवी/ईलाका प्रहरी कार्यालय दुहबीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई १० बर्ष पछी पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीको २०६९÷०१÷३१ गतेको फैसला आदेशले १० बर्ष कैद सजाय फैसला भएका साबिक औरावनी गाउ बिकास समिति हालको गढी गाऊँपालिका–२ का ३५ बर्षीय बिटोसन भनिने बिमल कुमार चौधरीलाई चैत्र २० गते गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको कैद सजाय भुक्तानको लागी झुम्का कारगार पठाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 412 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटाका कृषक टर्नेल खेतितर्फ आकर्षित

    धनकुटा / पछिल्लो समय टर्नेल खेति कृषकका लागि आम्दानीको दह्रो स्रोत बनेको छ । कृषकहरु टर्नेल खेतितर्फ आकर्षित भएपछि कृषि सम्बन्धी विभिन्न निकाय र स्थानीय तहहरुले कृषकहरुलाई सहयोग पु¥याउँदै आएका छन् । सहयोग नपाउनेहरुले पनि आफ्नै लगानीमा धमाधम टर्नेल खेति गर्न थालेका छन् । धनकुटामा पछिल्लो समय कृषहरु टर्नेल खेतितर्फ आकर्षित हुन थालेका छन् । विभिन्न संघ संस्था, कृषिसँग सम्बन्धित कार्यालयहरुले टर्नेल वितरण गरेर टर्नेलमा खेति गर्न सिकाएसँगै कृषकहरुको टर्नेल खेतितर्फ आकर्षण बढेको हो । थोरै ठाउँमा थोरै मेहनत गर्दा बढी आम्दानी हुने भएकोले कृषकहरु टर्नेल खेतितर्फ आकर्षित बनेका हुन् । यो टर्नेल

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 539 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मिक्लाजुङको सामुदायिक विद्यालय सुधार अभियान

    धरान / पाँचथरको मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधार अभियानलाई अगाडि बढाउँदै केन्द्रसँग नबाझिने ढंंगबाट आफ्नै शिक्षा नियमावली बनाएर जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने नियम बनाएको छ ।गाउँपालिकाले शैक्षिक सत्र २०८० देखि नयाँ शिक्षा ऐन जारी गर्दै यस्तो बाध्यत्मककारी नियम लागु गरेको हो । गाउँपालाले पालिकाले तयार गरेको शिक्षा ऐन २०७९ को दफा ९२२० मा यो व्यवस्था गरिएको छ । नियम लागु गर्न गाउँपालिकाले सार्वजनिक सूचनामार्फत जनप्रतिनिधि, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र सरकारी कर्मचारीका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भ

    • प्रकाशित मितिः चैत २२, २०७९
    • 418 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीन महिनादेखि सामुदायिक शिक्षकहरुले तलब पाएनन् : निकासाकाे माग गर्दै पुगे नगरपालिका

    धरान/तीनमहिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालयका शिक्षकहरुले स्थानीय सरकार धरान उपमहानगरपालिकालाई ध्यानाकर्षण गराएका छन् ।धरानका सामुदायिक विद्यालयमा कार्यरत पेशागत संघसंगठनमा आवद्ध तीन संगठनले धरान उपमहानगरपालिकाको शिक्षा शाखामार्फत् नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन् ।मंगलबार पेशागत संघ संगठनसँग आवद्ध नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत नेपाल शिक्षक संगठनका धरान नगर कमिटीहरुले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । नेपाल शिक्षक संघका तर्फबाट अध्यक्ष आशबहादुर राई, नेपाल राष्ट्रिय शिक्षक संगठनका तर्फबाट अध्यक्ष बुद्धसागर सुवेदी र एकीकृत नेपाल शिक्षक संगठनबाट बरि

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 588 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परालमा आगलागी : ४० हजार भन्दा बढी क्षति

     धरान/धरान १४ विजयपुरको एक घरमा राखेको परालमा आगलागी भएको छ । धरान १४ विजयपुरस्थित नयाँ टोलमा रहेको लक्ष्मी श्रेष्ठ र गोपी तिम्सिनाले राखेको परालको थुप्रोमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको धरान उपमहानगरपालका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।   यता परालधनीहरुले भने आगलागीको कारण खुल्न नसके पनि केटाकेटीले सलाइ वा लाइटर खेलाउने क्रममा आगो लगाएको हुनसक्ने अनुमान गरेका छन् । पराल धनी विजय तिम्सिनाले आगो चाडो नियन्त्रण नभएको भए घरमा समेत ठूलो क्षति पुग्ने अवस्था रहेको बताए । उनले धरान उपमहानगरपालिकाको दुई वटा दमकलले आगो नियन्त्रणमा लिएको बताए । लामो समयेखि पश

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 468 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धनकुटा बजारका नाङ्गो तार व्यपस्थापन गदै

    धनकुटा /धनकुटा बजार क्षेत्रमा रहेको विद्युतको नाङ्गो तार हटाउन सुरु  गरिएको छ । विद्युत लाइन विस्तारका गर्नक्रमा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको छ ।  नाङ्गो तारका कारण बजार क्षेत्रमा जोखिम हुने सम्भावना भएकाले मंगलबार देखि पहलिो चरणको काम सुरु गरिएको विधुत प्राधिकरण धनकुटाका प्रखमु प्रलाद पोखरेले बताएका छन । मदनचोकदेखि परिचयमोड सम्मको तार फेर्ने काम भइरहेको छ । पोखरेललेका अनुसार एबीसी केवलमा एउटै लठ्ठा भित्र धेरै वटा तारहरु राखिएर बाहिरी कभर लगाउको हुने भएकाल छुँदा करेन्ट नलागने भएपनि तार पुरानो हुँदै जाँदा कुनै कारणले बाहिरी कभर उक्किएको

    • प्रकाशित मितिः चैत २१, २०७९
    • 476 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved