बराहक्षेत्रमा जंगली हात्तीको त्रास

  • भदौ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

इनरुवा/  सुनसरी बराहक्षेत्र नगरपालिका–२ पुनरवासका पूर्व वडाध्यक्ष हरिकृष्ण भट्टराई नसुतेको एक हप्ताभन्दा बढी भएको छ ।

उनले एक हप्तादेखि राति सुत्नै छाडेका छन् । रातको समयमा जङ्गलमा दैनिक आउने जङ्गली हात्तीको गतिविधि निगरानी गर्नुपर्ने भएकाले उनी नसुतेका हुन् ।

प्रत्येक रात ‘टर्चलाइट’ बोकेर हात्ती धपाउनु पर्ने आफ्नो दिनचर्या नै भएको उनको भनाइ रहेको छ ।

दिनभरि बाहिर काम गरेर रातिको समयमा खाना खाएर आराम गर्नका लागि आएका बेलामा दैनिक जङ्गलबाट आउने हात्तीका कारणले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनले बताए । रातिको समयमा आउने हात्ती धपाउँदा धपाउँदै रात बित्ने गरेको उनको भनाइ रहेको छ ।

भट्टराई जस्तै बराहक्षेत्र–२, पुनर्वासका चन्द्रबहादुर मगरको अवस्था पनि उस्तै रहेको छ ।

दैनिक रुपमा कोशी टप्पु वन्यजनतु आरक्ष तथा अन्य जङ्गलबाट आउने हात्तीका कारणले समस्या हँदै आएको छ ।

भदौै १२ गते मात्र बाहिरबाट गलेर आएका बेलामा खाना खाएर सुते पनि आएको हात्तीको समूहले घरमा क्षति पु¥याएको उनले बताए । यी दुई जना त मध्यवर्ती क्षेत्रका लागि उदाहरणका पात्र मात्र हुन् ।

यस क्षेत्रमा दैनिक रुपमा आरक्षबाट आउने हात्तीको कारणले आर्थिक तथा भौतिक क्षति गर्ने गरेको छ । हात्तीबाट पीडित भएकालाई सरकारले क्षतिपूर्ति उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त भएको छैन ।

क्षतिपूर्तिले मात्र सबै समस्याको समाधान नहुने भएकाले दीर्घकालीन रुपमा यसको समाधान खोज्नका लागि पटक–पटक स्थानीयले माग गरेका छन् ।
कोशी टप्पु आरक्ष प्रशासन समेत हात्तीका कारणले समस्या हुँदै आएको र यसबाट पीडित भएकालाई सुविधा सहज रुपमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

साउनदेखि यता अहिलेसम्म एक सयभन्दा बढी घरपरिवारले क्षतिपूर्तिका लागि कोशी टप्पु वन्यजन्तु आरक्षमा सिफारिसका लागि आएको बराहक्षेत्र–२ का वडाअध्यक्ष होमप्रसाद गौतमले जानकारी दिए ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved