मुक्ति समाजको सामुहिक तीज कार्यक्रम

  • भदौ १८, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ समाजमा अझै पनि देखि रहेको जातीय छुवाछूत तथा विभेद अन्त्य गर्न सस्कार र संस्कृति मनाउने प्रचलन पनि परिवर्तन हुनुपर्छ जसले समाजमा समानता कायम गर्न सकोस, यहि उदेश्य का साथ नेकपा एमाले आबद्ध नेपाल उत्पीडित जातीय मुक्ती समाज र अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले संयुक्त रुप तिज कार्यक्रमको आयोजना गरेको छ ।

नेपालीहरुको महान पर्व हरितालिका तिजको अवसरमा मुक्ती समाज र अनेम संघ धरान उपमहानगर कमिटीले संयुक्त रुपमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

आइतबार नेकपा एमाले धरान उपमहानगर कमिटीको सभाहलमा कार्यक्रम गरेको हो ।

नेकपा एमालेकी केन्द्रिय सदस्य मन्जु भण्डारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मुक्ती समाज र अनेम संघका केन्द्र, प्रदेश, जिल्ला तथा नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

नेपालीहरुको संस्कार र संस्कृतिहरु मनाउदै समाजमा हुने बिभेदलाइ अन्त्य गर्ने अभियान स्वरुप सामाजिक सद्भाव कायम राख्न तिज कार्यक्रमको आयोजना गरिएको मुक्ती समाजका धरान अध्यक्ष कृतमान दर्नालले बताए ।

संस्कार र संस्कृतिलाई समाज रुपान्तरण गर्न उपयोग गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य बिजय कुमार राइले नारीहरुको पर्व मनाइरहदा यसले बिकृती होइन संस्कार सिकाउन सकोष, पारिवारिक मेललाइ स्थापित गर्न सकोस भन्दै शुभकामना ब्यक्त गरे ।

त्यसै गरि कार्यक्रमकि प्रमुख अतिथी एमाले केन्द्रिय सदस्य मन्जु भण्डारी सुबेदीले चाडपर्वले समाजमा सकारात्मक सचेतना फैलाउन मद्दत पुग्न सके समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताइन ।

कार्यक्रममा एमाले धरान नगर अध्यक्ष हर्कजङ एभेङले पनि शुभकामना दिएका थिए ।

कार्यक्रममा अनेम संघ धरान उपमहानगर कमिटी अध्यक्ष कल्पना शेर्पाले स्वागत मन्तब्य राखेकी थिइन भने कार्यक्रम संचालन संघकि सचिब सृजना नेपालले गरेकी थिइन ।

कार्यक्रमको औपचारिक पछि तिजको अवसरमा नाचगानमा सरिक भै रमाइलो गरिएको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved