धरान / कोशी प्रदेशकै पर्यटकी स्थलको रुपमा परिचित बन्दै गएको धनकुटाको सागुरीगढी गाउँपालिका भेडेटारमा गर्मी बढेसँगै सर्वसाधारणको चहलपहल बढ्ने गरेको छ । तराईमा अत्याधिक गर्मी हुदा भेडेटार सधै चीसो हुने भएकोले प्राकृतिक मनोरम दृश्य सँगै शितलताका लागि तराईबाट भेडेटार उकालो चढ्नेको संंख्या बढ्ने गरेको हो । तर कोरोना सक्रमणपछि भने भेडेटार पुग्नेको संख्यामा कमी आएको भेडेटारका पर्यटन व्यवसायीहरु बताउँछन् । तराईका जिल्लाहरुमा अहिले गर्मी अचाक्ली छ । गर्मीले उकुसमुकुस भएको बेला शितलता प्रदान गर्ने रमणीय स्थलको रुपमा सर्वसाधारणले भेडेटारलाई रोज्ने गरेका छन् । एक छिन भए पनि उद्युम गर्मी छल्न र भेडे
धरान / शुक्रबार २५६७ औँ बुद्धजयन्ती । हरेक वर्ष बैशाख शुक्ल पूर्णिमाका दिन भगवान गौतम वुद्धको जन्म जयन्ती मनाउने गरिन्छ । नेपालसहित विश्वभर शुक्रबार बुद्ध जयन्ती भब्यताका साथ मनाइयो । वैशाख पूर्णिमा गौतम बुद्धको जीवनका त्रि–संयोग पनि हो । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई वुद्धका त्रि संयोगको रुपमा मनाइन्छ । यसै क्रममा धरानमा पनि २५६७ बुद्ध जयन्ति भव्यताका साथ मनाइयो । धरानमा रहेका विभिन्न गुम्बाहरुले विहान संयुक्त रुपमा शान्तिको ¥यालीको आयोजना गरेका थिए । कतिपय गुम्बाहरुले भने बुद्ध जयन्ति साप्ताहिक रुपमा मनाएका थिए । धरान ८ सि
इलाम / इलामको सुर्योदय नगरपालिका १० फिक्कलमा घर बनाउने क्रममा पुरिएर ४ जनाको घटनास्थलमा मृत्यु भएको छ । शुक्रबार ४ः४५ बजेको समयमा घरको जग खन्दै गर्दा ढिस्को झरेर पुरिएका ४ जनाकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यु हुने सबै भारतीय नागरिक रहेका छन् । प्रहरीका अनुसार अनुसार मृत्यु हुनेमा बिहार राज्य किसन गञ्ज जिल्ला डिगलबैंक निवासी अलिम महिम अली, तोसिब आलम, मोहम्मद अब्दुल आलम र मैजफर आलम रहेको प्रहरीको भनाई छ । फिक्कलका बिनोद श्रेष्ठको घरको जग खन्ने क्रममा पहिरो खस्दा उनीहरू पुरिएका थिए
मोरङ / विराटनगरमा शुक्रबारदेखि खुल्ला कराँतै प्रतियोगिता सुरू भएको छ । विराटनगरस्थित कभड हलमा शुक्रबारदेखि खुल्ला कराँते प्रतियोगिता सुरू भएको हो । शनिबार (आज) समम संचालन हुने प्रतियोगितामा नेपालका, भारत र भुटनाका खेलाडीहरुको सहभागिता छ । भारतका तीन, भुटानको एक र नेपालको ५ गरी ९ टिमको सहभागि छ । भारतका कोलकत्ता, दार्जिलिङ्ग र खर्साङको सहभागि रहेको विराट कराते क्लबका अध्यक्ष विमल पोखरेलले जानकारी गराए । प्रतियोगितामा कोशी प्रदेशबाट सुनसरी, मोरङ, झापा, तेह्रथुम र आयोजक हुनेछ । यस्तै मधेश प्रदेशको सप्तरीको टिमको सहभागि छ । पाँच लाख ४५ हजार खर्च हुने उक्त प्रतियोगितामा करिब २ सय बढी
धरान / बराहक्षेत्र नगरपालिका वडा नं. १ चावचा गाउँमा कोकाहा खानेपानी परियोजनामा काम गर्न गएका कामदारको लापारबाहीका कारण लागी हुदा स्थानीय मोहन दाहालको घर जलेर पूर्ण नष्ट भएको छ । विहीबार दिउँसो तीन बजेको समयमा खाना पकाएर आगो ननिभाइ जाँदा घर जलेर पूर्ण रुपमा नष्ट भएको मोहन दाहालकी बुहारी गंगा कार्की दाहालले बताइन् । उनका अनुसार श्रमदान धरानबाट कोकाहा खानेपानीका लागि श्रमदानमा गएकाहरु त्यही घरमा खाने, सुत्ने र दिउँसो काममा जाने गर्थे । तर विहीबार भने खाना खाइसकेपछि आगो ननिभाईकन जादा घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । उनले भनिन्–‘ हाम्रो घरबाट अलि पर बर्खामा बस
धरान । मजदुर क्षेत्रबाट राजनीतिमा सक्रिय रहेर भर्खरै सम्पन्न धरान उपपमहानगर कमिटीको निर्वाचनमा निर्वाचित १२ जना श्रमिकलाई नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) धरान नगर कमिटीले सम्मान गरेको छ । बैशाख ५ र ६ गते सम्पन्न नेकपा एमाले धरानको प्रथम अधिवेशनबाट नगर सदस्यमा निर्वाचित भएका १२ जना श्रमिकलाई शुक्रबार सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा यातायात क्षेत्रका कमल भट्टराई, धनबहादुर राई, विवेक राई, आननकुमार राई, दिपककुमार श्रेष्ठ बनेपाली र दिनेश कोइराला रहेका छन् । त्यस्तै सुरक्षा क्षेत्रबाट गोपीनाथ योगी, रत्न नेम्वाङ र प्रविण राई रहेका छन् । त्यसैगरी निर्माण क्षेत्रबाट अब्बास अन्सारी र लो
सुनसरी / विकासको गतिलाई हेर्ने हो भने सुनसरी अन्य स्थानी तहभन्दा इटहरी उपमहानगरपालिकाले विकासको फड्को चाडो मारेको हो । इटहरी गाविसबाट, नगरपालिका, नगरपालिकाबाट उपमहानगरपालिका बनिसक्दा पनि एउटा सार्वजनिक शैचालय थिएन । शौचालय नहुदा इटहरी भएर जाने वा आउने यात्रुहरुलाई सबैभन्दा ठूलो समस्या थियो । सार्वजनिक शौचालय नहुदा आलोचना खेप्दै आएको उपमहानगरपालिकाले उपमहानगरपालिकको लगानीमा निर्माण सम्पन्न भइ बुधबारबाट सञ्चालनमा ल्याएको छ । पुर्वलाइनको बस स्टेण्ड छेउमा निर्माण गरिएको शौचालयले यात्रुहरुलाई सहज हुने इटहरीका मेयर हेमकर्ण पौडेलले बताए । उनले भने–‘यस्तो व्यस्त सहरमा एउटा पनि
इलाम / इलामको सन्दकपुर गाउँपालिका ३ सुलुबुङका लोकु पाठकको आँगनमा बुधबार आफन्त र गाउँले भेला भएका थिए । विहीबार जेठी छोरी पुजाको विवाहको तयारीकालागी अघिल्लो दिन सबै भेला भए । जग्गे, गेट, मन्डप तयारी भईरहेकोे थियो । घरको एउटा कोठामा वेहुलीको माला उनिँदै थियो । सँगै बेहुली सिँगार्ने टिम पनि व्यस्त थियो । विवाहको दिन आउने पाउनाको लागि चुल्होमा सेल रोटी पाक्न थाल्योे । तर एक्कासी घरमा लागेको आगोले वैवाहिक कार्यक्रम मात्र रोखिएन श्रीसम्पत्ति नै स्वाहा भयो । विवाहको तयारी भएको हुँदा धेरै मानिस भेला भएपनि स्थानीयले अनेकन प्रयास गरे तर दन्किएको आगो नियन्त्रण गर्न सकेनन् । रमझम साथ विव
वराहक्षेत्र / पहाडी भू–भाग, सुख्खा ठाउँ भएकाले पानीको श्रोत पर्याप्त नहुँदा बराहक्षेत्र नगरपालिकाको चावचाका स्थानीयले वर्षौ देखि भोग्दै आएको पानीको समस्या अब समाधान उन्मुख भएको छ । वराहक्षेत्र १ स्थित चावचामा करिब ३५ घर रहेका छन् । खोला, खोल्सीको पानी संकलन गरेर पानीको जोह गर्दै पानीको आवश्यक्ता पुरा गर्दै आएका थिए । गाउँ भन्दा करिब ३ किलोमिटर टाढा रहेको खोलाको मुहानबाट पानी आउने भएपछि खानेपानीको समस्या समाधान हुने भए पछि स्थानीय खुसी भएका छन् । चावचामा खानेपानीले समस्यालाई समाधान गर्न नजिकैको दूधपानी खोलाबाट पानी ल्याउन लागिएको हो। खानेपानीको समस्या समाधान गर्न चाबचावासिले बराहक
धरान / किरात राई यायोख्खाले उभौली पर्वका अवसरमा साकेला सिलीका आयोजना गर्ने भएको छ । विगतदेखि नै प्रदेशभरिकै किरात राईहरुलाई समावेश गराएर साकेला पर्व मनाउने भएको हो । विगतका बर्षहरुमा साझा पर्वको रुपमा मनाउदै आएका उनीहरुले यस बर्ष भने कोशी प्रदेश नामाकरणको खारेजीको माग सहित साँस्कृतिक लडाइको रुपमा पनि मनाउन लागिएको बताइएको छ । वैसाखे पूर्णिमादेखि औशीसम्म १५ दिनसम्म धुमधामका साथ मनाउदै आएका किरात राईहरुको साँस्कृतिक पर्व साकेला यस बर्ष पनि मनाउने भएको हो । यो साल राम्रो होस्, शुभहोस्, अन्नबाली सप्रियोस्, सह बसोस्, कहिल्यै अनिकाल नलागोस् सबै प्राणीहरुमा सुखशान्ति रहकोस् भने किरात राई