धरान । कोशी प्रदेशमा अविरल बर्षासँगै बाढी पहिरो र डुबानको उच्च जोखिममा रहेको मौसम विभागको अनुमान रहेको छ । विभागका अनुसार कोशी प्रदेशभरी आज दिनभरी नै बर्षा हुने जनाइ्रएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भू(भागमा डुबानको जोखिम हुनसक्ने भएकाले सतर्क रहन अनुरोध गर्दै सूचना जारी गरेको छ ।
सुनसरीको तरहरासँगै मोरङको केराबारी, हरैंचा, बाहुनी, उदयपुरको उदयपुरगढी, झापाको बाहुनडाँगी, दमक, अनारमणिविर्ता, इलामको कन्काई माईचुली, खोटाङ, भोजपुर लगायतका जिल्लामा पनि वर्षा भइरहेको छ ।मौसमविदहरुअका अनुसार आज दिउँसो कोशी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको पनि सम्भावना छ ।
पानी पार्ने यो बादल भारतको आसाम, मेघालय हुँदै नेपाल प्रवेश गरेको छ । यो नेपालमा जति पश्चिम सर्दै जान्छ, त्यति कमजोर हुँदै जाने छ ।
फायल तस्बीर