कोशी भारतको विहार स्थित दरभंगा गाउँ पस्यो

  • असोज १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/अविरल बर्षासँगै कोशीको बहाब बढेपछि भारतको दरभंगामा फुटेपछि आसपासका गाउँ जलमग्न भएको छ ।

भारतको दरभंगा जिल्ला स्थित किरातपुर ब्लकको भु भाग गाउँ नजिकै कोशीको पश्चिमी बाँध भत्किएको हो ।

गाउँ संरक्षण गर्नको लागि कोशीको बाँध टुटपछि  दरभंगा जिल्लाका गाउँहरू बाढीको चपेटामा परेको विहार सरकारको जल संसाधन विभागले जनाएको छ । विभागले सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा समेत गरेको उल्लेख गरेको छ ।

गाउँहरूलाई डुबानबाट बचाउनका लागि युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्याउन सरकारी अधिकारीहरूलाई निर्देशन गरिएको विभागले जनाएको छ ।

भत्किएको बाँध क्षेत्रमा मंगलबार नै करिव दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेटहरू तयारी अवस्थामा राखिएको जनाइएको छ । 

कोशी नदी फुट्दा नेपालमा हुने क्षतिको तुलनामा भारतमा धेरै हुने गरेको छ ।

प्रभावित क्षेत्रमा आज विहान बिहारका मुख्यमन्त्री नितिश कुमारको निर्देशनमा उच्च अधिकारीहरूद्वारा हवाई निरीक्षण गरेका थिए ।

 

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved