कोशी भारतको विहार स्थित दरभंगा गाउँ पस्यो

  • असोज १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/अविरल बर्षासँगै कोशीको बहाब बढेपछि भारतको दरभंगामा फुटेपछि आसपासका गाउँ जलमग्न भएको छ ।

भारतको दरभंगा जिल्ला स्थित किरातपुर ब्लकको भु भाग गाउँ नजिकै कोशीको पश्चिमी बाँध भत्किएको हो ।

गाउँ संरक्षण गर्नको लागि कोशीको बाँध टुटपछि  दरभंगा जिल्लाका गाउँहरू बाढीको चपेटामा परेको विहार सरकारको जल संसाधन विभागले जनाएको छ । विभागले सरकारी अधिकारीहरूले बाढी र तटबन्धको अवस्थाबारे समीक्षा समेत गरेको उल्लेख गरेको छ ।

गाउँहरूलाई डुबानबाट बचाउनका लागि युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिइएको जनाइएको छ ।

प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्याउन सरकारी अधिकारीहरूलाई निर्देशन गरिएको विभागले जनाएको छ ।

भत्किएको बाँध क्षेत्रमा मंगलबार नै करिव दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेटहरू तयारी अवस्थामा राखिएको जनाइएको छ । 

कोशी नदी फुट्दा नेपालमा हुने क्षतिको तुलनामा भारतमा धेरै हुने गरेको छ ।

प्रभावित क्षेत्रमा आज विहान बिहारका मुख्यमन्त्री नितिश कुमारको निर्देशनमा उच्च अधिकारीहरूद्वारा हवाई निरीक्षण गरेका थिए ।

 

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved