चाडपर्वमा शान्ति सुरक्षाका लागि सरोकारवालाबीच छलफल

  • असोज १६, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्लाकै शान्ति सुरक्षाको विषयमा धरानमा सरोकारवालाहरुवीच छलफल भएको छ ।

सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा निकट रहेको वडा दशै, नेपाल सम्बत र छठ पर्वको शुभकामना आदानप्रदानसँगै शान्ति सुरक्षा सम्बन्धी वृहत छलफल भएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा निकायका प्रमुख, इलाका प्रहरी कार्यालयका प्रमुख, कोशी प्रदेशका प्रहरी प्रवक्ता, इलाका प्रशासन कार्यालय धरानका प्रमुख, सशस्त्रका प्रमुख, जिल्ला ट्राफिक कार्र्यालयका प्रमु्ख, कोशी प्रदेश साँसद, विभिन्न राजनैतिक दलसँग आवद्ध स्थानीय नेतृत्व,

सामाजिक संघ संस्थाका प्रतिनिधि एवम् सर्वसाधारणको छलफलमा उपस्थिति रहेको थियो । छलफलका क्रममा सहभागीहरुले धरानमा शान्ति सुरक्षाको अवस्था दयनीय रहेको, कालो बजारी मौलाएको, दिनदहाडै जुवा तास खेलाइँदा पनि प्रहरी मुकदर्शक बनेको, व्यापारीहरुले खरिद गरेका सामानको बिल नदिने गरेको, मूल्य सूचि नराख्ने गरेको,

प्रशासन आफ्नो क्षेत्राधिकारभित्र नपर्ने गरेको भन्दै पन्छिने गरेको, दुःखद् घट्ना घटेका स्थानमा समयमै प्रहरी नपुग्ने गरेको गुनासो गरेका थिए ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले े चाडपर्व लक्षित शान्ति सुरक्षाका लागि प्रशासन सम्वेदनशील बताए ।

सुरक्षाका लागि एकीकृत शान्ति सुरक्षाको रणनीति अवलम्बन गरेर नियन्त्रणमा लागेको पनि बताएका छन्।

शान्ति सुरक्षाका सवालमा द्विविधा नलिई ढुक्क भएर चाडवाड मनाउन पनि उनले आग्रह गरे ।

धरानमै अन्तर्राष्ट्र ...

धरान/ अन्तर्राष्ट्रिय स्तरको शिक्षा र व्यावसायिक करियर ...

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved