चिस्यान केन्द्रले व्यापारी तथा कृषकलाई सहज

  • असोज १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ तीन बर्ष अगाडि कोशी प्रदेश सरकारको सहयोगमा चिस्यान केन्द्र निर्माणपश्चात धरान १३ स्थित कृषि बजारमा कृषि सामाग्री लिएर आउने व्यापारी तथा कृषकहरुलाई सहज भएको छ।

विगतमा चिस्यान केन्द्र नहुदा लामोसमय सम्म सागसब्जी तथा फलफूल भण्डारण गर्न अफ्ठयारो थियो। त्यसबेला कृषि सामाग्री कुहेर फाल्नु पर्नेअवस्था थियो तर अहिले जस्तैे चिस्यान केन्द्र स्थापना पछि व्यापारी तथा व्यवसायी ढुक्क छन्।

तीन बर्ष आडि सम्म कोशी पहाडी जिल्लाबाट धरान स्थित कृषि उपज बजार स्थलमा आएका कृषिजन्य उत्पादनहरु समयमै बिक्रि नसकिदा फ्याक्नुपर्ने बाध्यता थियो। फ्याक्नु पर्नेडरले जति मुल्य पाए पनि बिक्री गर्नुपर्ने हुन्थ्यो। भण्डारण गर्ने स्थलको अभावमा कृषिजन्य उत्पादनहरु कुहिएर जान्थे।

तर अहिले भण्डारण केन्द्र बनेपछि सहज भएको व्यापारी तथा कृषकहरु बताउँछन्। धनकुटाका कृषक मानबहादुर राईले चिस्यान केन्द्र निर्माण पश्चात आफूहरुलाई धेरै सहज भएको बताए।

यसैगरी व्यापारी शैलेन्द्र साहले समेत भण्डारण नहुदा लामो समयसम्म फलफूल विक्री नहुदा कुहेर जाने समस्या रहेको बताउदै अब त्यो समस्या हँटेर गएको बताए।

लामोसगर्नुहोस्सम्म कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा राखेर बिक्रि गर्न पाएकामा उनीहरु दंग छन्। उनीहरुले मूल्य घटबढ भएको अवस्थामा पनि चिस्यान केन्द्रमा राखेर मूल्यको प्रकृति हेरेर कृषि सामाग्री विक्री गर्ने गर्छन्।

सरकारले संचालन गरेका ११ वटा कृषि उपज बजार स्थल मध्ये धरान स्थित कृषि उपज बजार स्थलमा तीन बर्ष अगाडि चिस्यान केन्द्र स्थापना गरेको थियो।

कृषि बजारमा भोजपुर, संखुवासभा, धनकुटा लगायतका जिल्लाहरुबाट कृषि उत्पादनहरु आउने गरेका छन्। पहाडी जिल्लाबाट आएका किवी, सुन्तला लगायतका कृषिजन्य उत्पादनहरु चिस्यान केन्द्रमा भण्डारण गरिएको छ।

चिस्यानकेन्द्रसञ्चालनमा आए पछि कृषकहरु लाभान्वित भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताछन्। भण्डारण गर्ने स्थान नहुँदासस्तो मुल्यमा बिक्रि गर्नु पर्ने बाध्यताबाट मुक्त हुँदै उचित मुल्यमा बिक्रि गर्ने अवश्था सिर्जना भएको उनकाे भनाई छ।

कृषि बजार पहाडी जिल्ला तथा तराईका कृषक तथा व्यापारीहरुको व्यापार गर्ने संगम स्थल भएकोले प्रदेश सरकारले निर्मा ण गरिदिएको चिस्यान केन्द्रबाट सहज भएको १३ नं वडा समितिका वडाध्यक्ष नेत्रप्रसाद काफ्ले बताउछन्।

उनले स्थानीय सरकारले कृषि बजारलाई महत्वका साथ हेरेका बताउदै बजारको विकासमा स्थानीय सरकार गम्भीर बन्ने बताए।

सरकार र बजारको संयुक्त लगानीमा चिस्यान केन्द्र निर्माण भएको हो। करिब ७५ लाख रुपैयाको लगानिमा ७५ टन क्षमताको चिस्यान केन्द्रसंचालनमा आएको ५। व्यवस्थापक भट्टराईका अनुसार कोल्ड स्टोरमा २५/२५ टनका ३ वटा चेम्बर रहेका छन्।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved