रविसप्तमी व्रतजपाकुसुमसङ्काशं काश्यपेयं महाद्युतिम्।तमोऽरिं सर्वपापघ्नं प्रणतोऽस्मि दिवाकरम्॥ घंटी फूल जस्तै रातो, कश्यपको पुत्र, अन्धकार र पापको विनाशकर्ता, र दिव्य ज्योति दिने तेजस्वी सूर्य भगवानलाई म प्रणाम गर्दछु। के यहाँहरूलाई थाहा छ ?हप्ताका हरेक बारहरूले सौर्य मण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसर्थमा रवि बार परेको सप्तमीलाई रवि सप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रवि बारको सप्तमीलाई दुर्लभ मानिन्छ । यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवत
धरान । धरान फुटबलको इतिहाँस बोकेको गोधुली क्लबले शनिबार भएको ताप्लेजुङमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कञ्चनजंघाको गोल्डकपको उपाधि चुमेको छ । उक्त प्रतियोगितामा भएको फाइनल खेलमा इलामको रेड डेविल्स विरुद्ध ४–१गोल अन्तर गर्दै उपाधी चुमेको हो । प्रतियोगिातमा धरानको तर्फबाट पहिलो हाफको अन्तिम मिनेटमा कार्लोसले गोल गरेका थिए भने शिशिर लेखीले ५१ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएर अग्रता र्दिलाएका थिए । सञ्जय श्रेष्ठले ६६ मिनेटमा गोल गर्दै धरानलाई जित तर्फ अघि बढाए । धरानको लागि अन्तिम गोल खेलको ७८ औ मिनेटमा दोर्जे तामाङले गरे । इलामको तर्फबाट भने सान्तवना गोल सुगम खजुमले ८८ औँ म
धरान । पत्रकारिताको इतिहाँसका धरोृहर धरानका वरिष्ठ पत्रकार हर्ष सुब्बालाई धरानमा सम्मान गरिएको छ । सुब्बालाई गिरीराज सृजनशील पत्रकारिता सम्मान प्रदान गरी सम्मान गरिएको हो । शुव्वा चार दशक देखि हालसम्म पत्रकारिताको जगतमा सक्रिय हुँदै आएका छन् । उनी लामो सम्म कान्तिपुर दैनिक पत्रिकामा कार्यरत रहेका अग्रज पत्रकार हुन् भने यो अवस्थामा पनि उत्तिकै सक्रिय रुपमा पत्रकारिताको गुरु भएर सक्रिय छन् । हाल उनी कयुरी न्यूजका प्रधान सम्पादक छन् । शुक्रबार धरानमा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हातबाट ‘गिरिराज आचार्य सृजनशील पत्रकारिता पुरस्कार अक्षय कोष समितिले&rsqu
धरान । सुनसरीको धरानमा जीबन विज्ञानको निशुल्क ५ दिवसीय उर्जा ध्यान शिविर शनिबार विहानदेखि शुरु भएको छ । सिर्जनशील नेपाल (महिला समुह धरान ६ पानबारीको आयोजनामा उक्त ध्यान शिविर सुरु गरिएको हो । ६ नम्बर वडावासीको स्वास्थ्य जीवनको लागि एक घर एक योग भन्ने नारा सहित शनिबारदेखि वडा कार्यालय भवनमा शुरु गर्रिएको आयोजक सिर्जनशील महिला समुहको अध्यक्ष कोपिला भट्टराईले बताइन् । उनका अनुसार आजदेखि शुरु गरिएको शिविर ५ दिन सम्म सन्चालन हुने भएको छ । ध्यानबाट स्वास्थ्य जीवन कसरी जीउने भन्ने शिक्षा प्राप्त गरि विभिन्न योगाशानको विधिहरु योग विज्ञहरुबाट सिक्ने छन् । उर्जा ध्यान शिविरमा प्रशिक्षकहर
नागरिक उड्डयन को अर्थठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरू हाम्रो गाउँको एक मुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरिक उड्डयन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइन्छ । संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका लागि आवाजहरू उठाउने गर्दछन् । कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्पूर्ण भूमिका हुन्छ । विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्य
धरान । नेपाल सरकारका गृहमन्त्री रमेश लेखकलाई नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्कराज राईलाई नियन्त्रणमा लिएर कार्वाही गर्नको लागि माग गरेको छ । आज धरानमा आएको गृहमन्त्री लेखकलाई ध्यानाकर्षण पत्र वुझाउँदै धरानमा पत्रकारहरु असुरक्षित भएको भनेर उक्त माग गरेका हुन् । ध्यानाकर्षण पत्रमा भनिएको छ ,कानुनविपरित व्यक्ति वा समुदायलाई आतङ्कित पार्ने पदीय मर्यादामा जोसुकै भए पनि कानुनी नियन्त्रणमा आउनु पर्ने र सजायको भागिदार हुनुपर्छ भन्ने कुरामा नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घ दृढ छ । तसर्थ, समाजमा अराजकता र आतङ्क फैलाउने धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईलाई नि
इलाम/ इलामको ठूलो टुँडिखेलमा शनिवार(भाेली) देखि २९ गते सम्म दोस्रो संस्करणका इलाम गोल्डकपको सञ्चालन हुँदै छ । गोल्डकपमा एनआरटी, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुनेछन् । पहिलो खेल आयोजक रेडहर्ष र संकटा क्लबबिच हुने छ । विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद सिहित पुरस्कृत गरिने आयोजकले जनाएको छ । । प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई आठ हजार एक सय रुपैयाँ नगद पुरस्कार दिइने छ । प्रतियोगितामा खेल्न विभिन्न टिमबाट चर्चित खेलाडीसमेत आउँद
मोरङ/ मोरङ उद्योग व्यापार संघले नेपालको उद्योग÷व्यवसाय क्षेत्रमा लागू रहेका अत्याधिक बीमा शुल्क दर तथा विभिन्न अन्यायिक नीतिहरुको सुधारका लागि नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश र जिल्ला प्रशासन कार्यालय, मोरङ समक्ष ज्ञापन पत्र बुझाएको छ। मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीको नेतृत्वमा विहीबार गएको संघको टोलीले नेपाल बीमा प्राधिकरण, कोशी प्रदेशका प्रमुख विनोद कुमार पोखरेल र मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई नेपालको अत्याधिक बीमा शुल्क दर तथा बीमाका अन्यायिक नीतिहरु बारे अवगत गराई त्यसलाई तत्कालै सुधार गर्ने सुझावहरु सहितको ज्ञापन पत्र बुझाएको हो । ज्ञाप
धरान/ धरान मन्दिरै मन्दिर भएको सहर भएपनि यसको संरक्षणका लागि कसैले चासो देखाएको देखिदैन । धरान १४ विजयपुरमा मात्रै ५० भन्दा बढी हाराहारीमा साना तथा ठूला धार्मिक महत्व बोकेका मन्दिरहरु रहेका छन् । संरक्षण गर्न नसक्दा नाम कहलिएका ४ मन्दिर बाहेक अन्य मन्दिर ओझेलमा पर्दै गएका हुन् । धार्मिक पर्यटकिय स्थलको रुपमा विकाश हुँदै गएको धरान उपमहानगरपालिका १४ स्थित विजयपुरलाई धार्मिक क्षेत्र मानिन्छ । विजयपुरमा पुरातात्विक महत्वमा मठ मन्दिरहरु छन् । तर बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर र पञ्चकन्या मन्दिर मात्रै प्रचारमा छन् । विजयपुर क्षेत्र भित्र रहेको गणेश भीमसेन, कृष्ण मन्दिर, हनुमान मन्दिर, पञ
धरान/ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव्य स्थलमध्ये धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटार, नाम्जे लगायतका क्षेत्रलाई आठौ गन्तव्य स्थलको रुपमा लिएपछि आन्तरिक तथा वाह्य पर्यटकको घुइचो नै लाग्ने गर्छ । पर्यटकीय गन्तव्य भेडेटारमा स्काइआक सञ्चालनसंगै नाम्जे थुम्कीमा भएका होमस्टेहरुले पर्यटक तान्ने गरेको छ । गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध छ । यहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैनन् । होमस्टेमा चहलपह