बराहक्षेत्र जिल्लाकै उत्कृष्ट,धरान चौथो,इटहरी लास्ट धरान उपमहानगरपालिका – ५६.३ अंक

  • फागुन ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ सुनसरीका १२ वटा पालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा वराहक्षेत्र नगरपालिका जिल्लाकै उत्कृष्ट नगर घोषित भएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजा अनुसार वराहक्षेत्र नगरपालिकाले ६७.० अंक प्राप्त गर्दै सुनसरीकै उत्कृष्ट नगरपालिका घोषित भएको हो।

आन्तरिक आम्दानी, कोषमा दाखिला भएको रकम, बजेट खर्च व्यवस्थापन, बेरुजु नियन्त्रण, आवधिक योजना, शिक्षा र स्वास्थ्यजस्ता सूचकहरूको आधारमा यो मूल्यांकन गरिएको नगरपालिकाका सूचना अधिकारी गौरी रायले जानकारी दिए।

अन्य नगर र गाउँपालिकाहरूको मूल्यांकन:

# वराहक्षेत्र नगरपालिका – ६७.० अंक
# इनरुवा नगरपालिका – ६१.४ अंक
# हरिनगर गाउँपालिका – ५८.० अंक
# धरान उपमहानगरपालिका – ५६.३ अंक
# रामधुनी नगरपालिका – ४९.१ अंक
# नर्सिङ गाउँपालिका – ४५.९ अंक
# दुहबी नगरपालिका – ४५.५ अंक
# बर्जु गाउँपालिका – ४४.० अंक
# गढी गाउँपालिका – ४२.२ अंक
# कोशी गाउँपालिका – ४१.३ अंक
# देवगञ्ज गाउँपालिका – ४०.९ अंक
# इटहरी उपमहानगरपालिका – ३९.७ अंक

के कारण वराहक्षेत्र उत्कृष्ट बन्यो?
वराहक्षेत्र नगरपालिकाले बजेटको प्रभावकारी व्यवस्थापन, आन्तरिक आम्दानीमा वृद्धि, पारदर्शिता, शिक्षा-स्वास्थ्य सुधारजस्ता सूचकहरूमा उल्लेखनीय प्रगति गरेकोले जिल्लाकै उत्कृष्ट पालिका बन्न सफल भएको हो।

वराहक्षेत्र नगरपालिकाको यो उपलब्धिले सम्पूर्ण नगरवासीलाई गर्व महसुस गराएको छ।

अब चुनौती अझै उचाइमा पुग्ने हो!

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved