प्रचण्डले दाउपेच सुरु गरेपछि हस्तक्षेप गरेका हौँ : एमाले नेता प्रदिप

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/  २०८० साल पुस १० गते एमालेले प्रधानमन्त्री बनाएका प्रचण्डले ११ गतेदेखि नै दाउपेच गर्न सुरु गरेको नेकपा (एमाले) केन्द्रीय उपमहासचिव प्रदिप ज्ञवालीले बताएका छन् ।

१४ महिना पुरानै गठबन्धनले काम गरेपनि युवाहरुमा निराशा, सुन तस्करीमा वृद्धि र प्रतिगामीहरु खुले व्यवस्था विरुद्ध बोल्ने वातावरण निर्माण गरिएकाले एमालेले राजनीतिक हस्तक्षेप गर्नु परेको बताएका हुन् ।

आइतबार इटहरीमा नेकपा (एमाले) ले आयोजना गरेको जरा केन्द्रित तीन महिने अभियानको अभिमुखिकरण कार्यक्रममा जिल्लाभरीबाट आएका १ हजार २ सय नेता कार्यकर्ताहरुलाई प्रशिक्षण प्रदान गर्दै ज्ञवालीले भने,हामीले कुनै शर्तबिना ब्लाङ्क चेकमा हस्ताक्षर गरेर प्रधान मन्त्री बनाएको भएपनि प्रचण्डले कहिले काँग्रेसको काँधमा र कहले एमालेको काँधमा बन्दुक राखेर एकअर्कालाई हान्ने र ५ वर्ष सरकार चलाउने षड्यन्त्र गरेपछि एमालेले देशको रक्षाका लागि राजनीतिक हस्तक्षेप गर्नुपरेको हो ।

२०६४ सालको निर्वाचनका अपवाद बाहेक अन्य सबै निर्वाचनहरुमा एमाले र काँग्रेस पहिलो र दोस्रो हुँदै आइरहेको पार्टी हो ।

र लोकतन्त्रको निर्माता पार्टी एमाले काँग्रेस हो । एमाले काँग्रेस मिलेरै रणा विरोधी आन्दोलन गरेका हौँ, २०४६ आन्दोलन सफल बनाएका हौँ २०६२/०६३ को आन्दोलन मार्फत राजालाई फालेर गणतन्त्र ल्याएका हौँ ।

प्रचण्ड यतिसम्म दाउपेच गर्छन आफ्नै पार्टीका नेताहरु पासाङ र अमिक शेरचनलाई राष्ट्रपति बनाउने एमाले प्रस्ताव अस्विकार गर्छन ।
ज्ञवालीले थप्दै माओवादीको ३२ सिटे जादुलाई असफल बनाउन र एमाले काँग्रेसबीच प्रतिष्पर्धा मात्रै होइन देशका लागि सहकार्य पनि गर्नसक्ने भएकाले अहिले एमाले काँग्रेस गठबन्धनको सरकार निर्माण गरिएको ज्ञवालीले बताए ।

एमाले स्थायी कमिटी सदस्य तथा कोशी इन्चार्ज शेरधन राई, केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदिश कुसियत लगायतले अभिमुखिकरण गर्नु भएको छ ।

कार्यक्रममा सुनसरीमा रहेका एमाले प्रदेश कमिटीका नेताहरु, जिल्ला कमिटीका नेताहरु, पालिका कमिटीका पदाधिकारीहरु सहित १ हजार २ सय सहभागी रहेको एमाले कोशी प्रदेश प्रचार विभाग उपप्रमुख भीमज्वाला राईले जानकारी गराए ।

एमाले सुनसरी अध्यक्ष पर्शुराम यादवको अध्यक्षमा भएको अभिमुखिकरण कार्यक्रको सञ्चालन पार्टी जिल्ला सचिव राम कोइराला र स्वागत मन्तव्य उपसचिव याम सुब्बाले गरेका थिए ।

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

धरान–८ को खहरे पुल ...

 सुनसरी/धरान उपमहानगरपालिका–८ स्थित अरुण टोल ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved