धरानमा कालोमोसो दल्ने बिरुद्ध पक्राउ पुर्जी जारी,आरोपित फरार

  • फागुन ५, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ धरानमा आइतबार पदम चेन्जी माबोलाई कालोमोसो दल्नेहरु आठ जनाविरुद्ध आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता भई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको समर्थनमा रहेको आरोपमा माबोलाई नो केवलकार समर्थकहरुले पत्रकार सम्मेलनमा कालोमोसो दलेका थिए भने सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा कालोमोसो दल्ने आठ जनाविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीबाट पुर्जीसमेत लिएको छ। 

तर, प्रहरीले आरोपितको नाम सार्वजनिक गरेको छैन।तर उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता अमर इजम, समाजवादी पार्टी धरानका सचिव सुमन चेम्जोङ, पहिचानवादी मोर्चाका नेता जेन्टल लावती लगायत आठ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको बुझिएको छ।

प्रहरीले सोमबार राती नै पक्राउ गर्ने तयारी गरेपनि पक्राउ गर्न भने सकेको छैन ।जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार कानुनविपरीत काम गर्ने जो कोहीलाई छुट नदिने बताए ।

तर यता आरोपितहरुसँभग भने सम्पर्क गर्न सकिएन । मोबाइल अफ रहेको छ । पक्राउ पुर्जी नै जारी गरेपछि फरार छन् ।

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved