धरान/ धरानमा नो केवलकार पक्षधरले केवलकारको विरोध गर्दै सामाजिक सन्जालमा बोल्नेलाई पत्रकार सम्मेलनमा नै आइतबार कालोमोसो दलेर कुटपीट गरेका छन् ।
ताप्लेजुङको पाथीभरामा केबलकार बन्नु पर्छ भनेर अभिव्यक्ति दिएको भन्दै पदम चेन्जि माबोलाई धरानमा कालो मोसो दली कुटपिट भएको हो ।
ताप्लेजुङ घर भएका उनलाई आइतबार मुकुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले माबोलाई धरान–९ स्थित पुतली लाइनमा कुटपिट गरी कालोमोसो दलेका हुन्।
माबोले केबुलकारको पक्षमा सार्वजनिक रूपमा समर्थन गरेको र केबुलकारको बिरो गर्नेहरूलाई गाली गलौज गरेको भन्दै कालोमोसो दलेर सचेत गराइएको नो केवलकारका पक्षधरका अमर इजमले बताए ।
नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता समेत रहेका इजमले आन्दोलन निरन्तर गर्दै आएका बेला यसरी आन्दाृलनको विपक्षमा बोल्नेलाई चेतावानी दिएको र जो कोहीलाई नछाड्ने बताएका छन् ।
मावो याक्थुङ चुम्लुङका नवनिर्वाचित उपाध्यक्षको रुपमा पत्रकार सम्मेलनमा उपस्थित थिए । उनी मुक्कुमलुङमा केवलकार बन्नुपर्छ भन्ने पक्षको भएको र सामाजिक संजालमा नो केवलकार पक्षलाई आलोचना गर्ने गरेको आरोप आन्दोलनरत पक्षको छ ।
नो केवलकार समुहका युवा नेता शिवहाङ राईका अनुसार पत्रकार सम्मेलन गर्ने सस्थासङ्ग आफुहरुको सरोकार नभएको तर मावोको उपस्थिती भएकोले उनलाई खबरदारी गर्न पुगेको बताए ।
पत्रकार सम्मेलन सकेपछि उनलाई आक्रोशित भिडले कालोमोसो दलेको पनि राईले बताए । विगतको आफ्नो अभिव्यक्ति प्रति मावोले माफी मागेको उनले दावी पनि गरे ।
समान्य विवाद भएपछि पत्रकार सम्मेलन सकिए लगत्तै नो केवलकार पक्षले मोसो दलेको उक्त घटनाको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।
मावोलाई केही व्यक्तिहरुले मोसो दलेको र आक्रोश व्यक्त गर्दै हातपात गर्न खोजेको देखिन्छ भने आन्दोलनका अगुवा अमर इजमले हातपात हुनबाट रोक्न प्रयास गरेको देखिन्छ ।
पाथीभरा न्दिर क्षेत्रमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले केबलकार निर्माणको काम थालेपछि संघर्ष समितिले आन्दोलन सुरु गरेको छ।
कालोमोसो दलेर कुटपिट गरिएका माबोले आफूलाई दुव्र्यवहार गर्नेलाई कडा कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएका छन् ।
एसपी सुमन कुमार तिम्सिनाको अनुसार कालोमोसो दलेर कुटपीट गर्नेलाई पक्राउ गर्ने तयारी रहेको बताए ।