समाज

    Showing 2,281-2,290 of 6,698 items.
  • माओबादी केन्द्र धरानमा नयाँ नेतत्व,अध्यक्ष उद्धब लिम्बू

    धरान । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) धरान उपमहानगर कमिटीको तेस्रो अधिवेशनबाट उद्दव लिम्बूको अध्यक्षतामा निर्विरोध नयाँ नेतृत्व चयन भएको छ । मंशीर २८ गतेदेखि धरानमा भएको अधिवेशनले सोमबार भएको बन्द सत्रद्धारा लिम्बुलाई निर्विरोध पार्टीको नयाँ नेतृत्वको जिम्मेवारी दिएको हो ।अधिवेशनले सिपि बजगाई,उपाध्यक्ष सुवास खवास,महिला उपाध्यक्ष शेष कुमारी घिमिरेलाई चयन गरिएको छ । त्यसैगरि पार्टीको सचिब भूपाल चाम्लिङ(भूपेन्द्र),सहसचिव सुमन गहतराज र कोषाध्यक्षमा मिक्मा भोटेलाई अधिवेशनले चयन गरेको जनाइएको छ । माओबादी केन्द्र धरानका इन्चार्ज चोत्लुङले दिएको जानकारी अनुसार नयाँ नेतृत्व ८२ सदस्यीय चयन भ

    • प्रकाशित मितिः पुस १, २०८१
    • 921 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेघा रेवाहाङ स्मृती बास्केटवल सुरु

    विकास चाम्लिङ राई,धरान ।कोशी प्रदेश मूख्यमन्त्री माननिय हिक्मत कार्कीको प्रमूख आतिथ्यमा सोमवार देखि सुरु भएको तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उद्धघाटन खेलमा धरान आर्दश कलेज विजयी भएका छन । धरान मेघा हिमालयन कलेजको आयोजनामा आयोजित प्रसतियोगिताको मूख्यमन्त्री कार्कीले पानसमा द्धिप प्रज्वलन गरेर कार्यक्रमको उद्धघाटन गरेका थिए । प्रमूख अतिथि हिक्मत कार्कीले रेफ्रिलाई वल हस्तान्तरण गरेपछि खेल सुरु गरिएको थियो । उद्धघाटन खेलमा धरान आर्दशले सुनाखरी स्कुललाई ६६–४७ अंकको अन्तरले पराजित गरेका छन । खेलमा धरान आर्दश र सुनखरीले प्रत्येक क्वाटरमा २०–१०, १०&ndas

    • प्रकाशित मितिः पुस १, २०८१
    • 679 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हतुवागढी पालिका गान(उत्कृष्ट १०)

        पत्रकार तथा साहित्यकार श्रीशीशा राई (इटहरी)सर्वाधिकार रचनाकारमा सुरक्षित(भोजपुर हतुवागढी गाउपालिकाले यस पालिका गानका रचनाकारलाई सम्मानित समेत गरेको थियो )

    • प्रकाशित मितिः पुस १, २०८१
    • 507 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सामाजिक सुरक्षा एमालेको एतिहासिक काम:नेता ज्वाला

    धरान/  योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागु गरेर नेकपा (एमाले) ले श्रमिकहरुको जीवन रक्षाका लागि ऐतिहासिक काम गरेको नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले बताएका छन् । श्रमिकहरुको जीवनमा आइपर्ने हरेक संकट समाधान योगदानमा आधारित सामाजिक सुरक्षा योजना रहेको बताउनुहुदै श्रमिक विरामी हुँदा उपचार, घाइतेहुँदा उपचार, श्रमिकको ज्यान गएमा आश्रित परिवारलाई राहत, बुढ्यौलीमा पेन्सन, काम रोकिदा भत्ता सहितको सामाजिक सुरक्षा योजना नेकपा एमाले सरकारको पालमा जारि गरिएको र अहिले करिव १६ लाख श्रमिकहरु यसबाट लाभाम्बित भएको राईले बताए । नेकपा (एमाले) धरान उपमहानगर मजदुर शाखा कमिटीको दोस्र

    • प्रकाशित मितिः पुस १, २०८१
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जाडो बढेसँगै फस्टायो धरानमा सिद्रा व्यापार

    सुनसरी/  मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्छिन्। गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उनको दैनिकी हो। सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उनी बताउँछिन्।‘सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ’, उनले भनिन्। शाहीले सिद्रा व्यापार गर्न थालेको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उनले बताए। सिद्राप्रति किलो छ सयदेखि एक हजार दुई सयसम्ममा बिक्री गर्छिन्। उनले भनिन्, ‘मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर ४० हजा

    • प्रकाशित मितिः पुस १, २०८१
    • 452 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मंसिरे पुर्णिमा,कांग्रेसले गर्यो शुभकामना आदान–प्रदान

    धरान । मंसिरे पुर्णेमा पर्ने उधौली साकेला, चासोक तङ्नाम, यमोरी पून्ही, चासुवा, फोल ष्यांदर र भुजेली पर्व तथा धान्य पूर्णे र गोठ पूजाको अवसरमा कांग्रेसले शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली कांग्रेसको १ नं. क्षेत्रीय कार्यसमितिले क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा चार किरात, नेवार, भुजेल, खसक्षेत्री तथा ब्राम्हण समुदायले परम्परागत रुपमा मान्दै आएको पर्वहरुका अवसरमा कार्यक्रम गरेको हो । मंसिरे पूर्णेको दिन राई जातिले उधौली साकेला, लिम्वु जातिले चासोक तङ्नाम, नेवार जातिले यमोरी पून्ही, याक्खा जातिले चासुवा, सुनुवार जातिले फोल ष्यांदर र भुजेल जातिले भुज

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 462 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज उधौली पर्व मनाउँदै किरात समुदाय

    काठमाडौँ/  मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किरात समुदायले उधौली पर्व मनाउँदैछन् । उधौलीको अवसरमा किरात समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङनाम मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरातभित्रका जातजातिले यो पर्वलाई फरक–फरक नाम दिए पनि समग्रमा उधौलीका नामले चिनिने बताउनुहुन्छ । किरात समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उधौली पर्वका रुपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किरात समुदायले उभौली

    • प्रकाशित मितिः मंसिर ३०, २०८१
    • 415 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपाल पत्रकार महासङ्घ सुनसरीमा काफ्ले ,प्रेस चौतारी र प्रेस युनियनको प्यानल नै बिजयी

    धरान/ शुक्रबार भएको नेपाल पत्रकार महासंघ सुनसरीको निर्वाचनमा प्रेस चौतारी र प्रेस युनियनबाट उम्मेद्धवार भएकाहरु निर्वाचित भएका छन् । निर्वाचनमा प्यानल नै विजयी भएका हुन् । प्रेस चौतारी र प्रेस युनियनको साझा उम्मेद्धवार सन्तोष  काफ्ले ९४ मत सहित निर्वाचित भए । प्रेस युनियनबाट विद्रोह गरि बागी उम्मेद्धवार भएका गणेश निरौलाले ७९ मत प्राप्त गरेका थिए।जिल्ला निर्वाचन समितिका अनुसार काफ्लेको नेतृत्वमा उपाध्यक्ष अर्जुन सुवेदी, महिला उपाध्यक्ष यशोदा शेने, सचिव पर्शुराम बाह्रकोटी (विनय), सहसचिव बिकल रेग्मी चयन भएका छन्। समावेशी सचिव बिरेन्द्र कुमार शाह र कोषाध्यक्ष विवेक रेग्मी चयन भएका छन्।त्यस

    • प्रकाशित मितिः मंसिर २९, २०८१
    • 541 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज देशैभर पत्रकारको चुनाब

    धरान/ नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको लागि आज देशैभर निर्वाच्न हुँदैछ । केन्द्र प्रदेश र जिल्लाको नयाँ नेतृत्वको लागि चुनाब हुने भएको हो । केही जिल्लामा भने सर्वसम्मत चयन भएका छन् ।पत्रकार सम्बद्ध संगठनहरुको आपसी सहमतिमा जिल्ला नेतृत्व चयन भएकामा दोलखा, काभ्रेपलाञ्चोक र खोटाङ जिल्ला अध्यक्षमा प्रेस चौतारी र दाङ जिल्लामा प्रेस युनियनका पत्रकार नेताहरु सर्वसम्मत भएका हुन् । सर्वसम्मत हुनेमा दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र खोटाङमा हरिबोल गजुरेल तथा दाङमा सन्तोष सुवेदी रहेका छन् । आपसी सहमतिमा कार्य समितिमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।अन्य केही जिल्लामा पनि सर्वसम

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तीन दिवसीय यःमरी उत्सव हुने

    धरान/ सुनसरीको धरानमा नेवार समुदायले हरेक बर्ष मनाउने यःमरी उत्सव यो बर्ष पनि हुने भएको छ । सांस्कृतिक परिकारको पर्व योमरी पुन्ही ३ दिन सांस्कृतिक प्रदर्शन सहित मनाइने भएको उत्सव नेवाः पासा खलको धरान उपमहानगर समितिले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । मङ्सिर २९ देखि पुस १ गते सम्म ३ दिन धरान–३ स्थित गल्ली टोलमा मनाइने बुधवार पत्रकार सम्मेलनमा जानकारी दिएको हो । उत्सवमा २ सय जना सांस्कृतिक कलाकारहरूले धिमे नृत्य प्रदर्शन गर्नेछन् । आयोजक समितिका संयोजक अमृत श्रेष्ठ अचार्जुले भने “यःमरी खानाको परिकार मात्र नभएर नेवार जातिको महत्त्वपूर्ण सांस्कृतिक चाड पनि भएकोले यसको संरक्

    • प्रकाशित मितिः मंसिर २८, २०८१
    • 577 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved