समाज

    Showing 1,851-1,860 of 6,821 items.
  • कक्षा १२ को परीक्षा गर्ने निर्णय,बैशाख ११ देखि परीक्षा गराउने तयारी

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज  बिहान बसेको बोर्डको बैठकले १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते बिहीबार० देखि सञ्चालन गर्ने तयारी छ । देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संशय सिर्जना भएको थियो। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी प्रतिष्ठानमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी

    धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तराष्ट्रिय स्तरको कार्यक्रम भएको छ ।प्रतिष्ठानको सर्जरी विभाग अन्तर्गत पर्ने युरोलोजी डिभिजनको समन्वयमा अन्तर्राष्ट्रिय स्तरको दुई दिने कार्यशाला गोष्ठी कार्यक्रम भएको हो । बीपी प्रतिष्ठानकी प्रवक्ता प्रा.डा. अञ्जु प्रधानका अनुसार सुपिने पिसीएनएल र ल्याप्रोस्कोपिक सर्जरीसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्धेश्यले भएको दुई दिने कार्यक्रममा अन्तराष्ट्रिय स्तरको विशेषज्ञ चिकित्सकबाट सैद्धान्तिक र व्यवहारिक ज्ञानको उपलब्ध भएको बताइएको छ । कार्यशाला गोष्ठी चैत १४ र १५ गते भएको थियो । कार्यक्रमक

    • प्रकाशित मितिः वैशाख ९, २०८२
    • 567 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विचाराधिन सर्दु जलाधार क्षेत्रमा मेयरको बोर्ड

    धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर्दु जलाधार क्षेत्रमा धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईले मालपोत तिर्न रोक्का लगाउने तथा शिवधारा क्षेत्रमा जलाधार क्षेत्र प्रारम्भ भनि साइनबोर्ड राख्ने कार्यले अदालतको मानहानी भएको सर्दुजलाधार पिडितहरुले गुनासो गरेका छन् । सर्दु जलाधारका क्षेत्रको मुद्दा विचाराधीन रहेको अवस्थामा नगरप्रमुख आफैले सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै बोर्ड लगाउने, मालपोत दिर्न रोक्का गर्ने कार्यले स्थानीय सरकार आफैले नागरिक माथि अन्याय गरेको उनीहरुको गुनासो छ । नगरप्रमुख राईले वैशाख ६ गते शनिवार शिव धाराको घुम्तीमा सर्दु जलाधार क्षेत्र प्रारम्भ भन्दै सा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 535 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मिसेस स्टेट २०२५ सिजन थ्रीको पहिलो अडिसन संपन्न

    धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते हुन लागेको मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेशको पहिलो अडिसन शनिवार संपन्न भएको छ । गृहणी महिलाहरुलाई लक्षित मिसेस स्टेट सिजन थ्री को पहिलो अडिसनमा ८ जनाले सहभागिता जनाएका छन् । धरान पुतली लाइन स्थित हाङकुक साराङ रेष्टुरेन्टको हलमा पहिलो अडिसन संपन्न भएको छ । वुमन्स वर्थ गु्रपका अध्यक्ष सुजता श्रेष्ठको अध्यक्षतामा संपन्न अडिसनमा निर्णायकको रुपमा महिला संजाल धरानका पुर्व अध्यक्ष एवं सामाजिक अभियन्ता शिला वज्रचार्य, कोरियोग्रफर डिजे ललित राई, मिसेस स्टेट पहिलो सिजनका विजेता संझना विश्वकर्मा र धरान मेघा हिमालयन कलेजका होटल म्यानेजमेन्ट वि

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 629 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रा.डा शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी

    धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षाध्यक्ष प्रा.डा.सञ्जिव शर्माले निमित्त उपकुलपतिको जिम्मेवारी पनि पाएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल समाप्त भएसंगै रिक्त रहेको उपकुलपतिका जिम्मेवारीलाई निरन्तता दिन बैशाख ४ गते प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा.डा.शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिने निर्णय गरेका थिए । निमित्त उपकुलपति प्रा. डा.शर्माले आइतबारदेखि नै कार्यभार सम्हालिसकेका छन् । चैत २६ गते डा.ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएपछि प्रतिष्ठान उपकुलपतिविहिन भएको थियो । उपकुलपति विहीन अवस्थामा

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 757 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेमसंघ सुनसरीमा विणा खनाल सर्वसम्मत चयन

    धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सुनसरीको नवौ जिल्ला अधिवेशनबाट अध्यक्षतमा विणा खनाललाई सर्वसम्मत चयन गरेको छ । खनालको अध्यक्षतामा ६९ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । अधिवेशनको अवसरमा सांसदहरु तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको छ । शनिबार इटहरीमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि तथा अनेमसंघका केन्द्रीय उपाध्यक्ष मेनका काफ्लेले प्रतिनिधिसभा सदस्य भगवती चौधरी, राष्ट्रिय सभा सदस्य रुकमिणी कोइरालालाई सम्मान गरेकी छन् । त्यस्तै अनेमसंघ सुनसरीका पूर्व अध्यक्षहरु शारदा श्रेष्ठ, कुन्ता शर्मा, इन्दु गौतम, लक्ष्मी गौतम, मिरा आचार्य खनाल र मन्जु भण्डारीलाई समेत लसम्मान गर

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 493 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हाइवे विस्तारबाट जग्गाधनीको बिचल्ली

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० जिरिखिम्तीका स्थानीय वासिन्दाले सडक बनेको आफ्नो नम्बरी जग्गाको मुआब्जा मागेको वर्षौं भयो । तर, उनीहरूले अझै मुआब्जा पाएका छैनन् । पूर्व–पश्चिम एसियन राजमार्गअन्तर्गत यो सडक खण्डको वयरवन–९ (थ) को ६४ नम्बर कित्तामा बाटो बनिरहेको छ । १९७० सालमा नापी भएर जग्गा कित्ताकाट भयो । त्यसको ५३ वर्षपछि सडकको लागि जग्गा छुट्याइयो । आफ्नो नम्बरी जग्गामा मुख्य राजमार्ग बनेपछि उनीहरूले मुआब्जा माग्दै धेरै वर्षदेखि संघर्ष गर्दै आएका छन् । अहिले काँकडभिट्टा–लौकही सडक आयोजना पश्चिम खण्ड इटहरी सुनसरीले सडक विस्तार गर्ने योजना बनायो ।  त्यही क

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 441 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ६२ प्रतिशत काम सम्पन्न

    धनकुटा । तराइदेखि पहाड हुँदै हिमाली जिल्ला जोड्ने छोटो द्रुत मार्गका रुपमा निर्माण भइ रहेकोे तमोर करिडोर अन्तर्गत मूलघाट–गणेशचोक सडककोे ६२ प्रतिशत काम सम्पन्न भएको छ । चतरा देखि सुभाङखोला सम्मको १ सय ५६ किलोमिटर सडक मध्ये धनकुटाको मूलघाट देखि पाँचथरको गणेशचोक सम्मको १ सय १२ किलोमिटर सडकको ६२ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको हो । सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथर सम्मको १ सय ५५ किलोमिटर मध्ये १ सय १२ किलोमिटर सडक कालोपत्रेका लागि वि.स २०७९ कात्तिकमा चार अर्ब १६ करोड रुपैयाँमा वि.स २०८२ कात्तिक सम्ममा निर्माण सम्पन्न गर्ने गरि मूलघाटदेखि हाङठुवा ६६ किलोमिटरसम्म रौताहा क्षमादेवी जेभील

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 680 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • शिक्षक आन्दोलनले निर्णायक मोड लिएन

    धरान । शिक्षा एउन जारी गर्न माग गर्दै निरन्तर आन्दोलनमा होमिएका शिक्षक तथा कर्मचारीहरुले राजधानी केन्द्रित आन्दोलनसँगै आ आफ्नो तह तप्काबाट निरन्तर आन्दोलन गरिरहेका छन् । माग पूरा नहुन्जेल आन्दो्लन जारी राख्ने उनीहरुले शिक्षक तथा कर्मचारीप्रति विभेदप्रति रुष्ट बन्दै आन्दोलनलाई निरन्तरता दिएका हुन् । चैत्र २५ गतेदेखि शैक्षिक हड्तालको घोषणा गरेर आन्दोलनमा होमिएका शिक्षकहरुको आन्दोलन काठमाण्डौ केन्द्रितसँगै विभिन्न स्थानीय तह केन्द्रित निरन्तर चलिरहेको छ । यसै क्रममा धरानमा समेत शिक्षकहरुले विभिन्न विरोध जनाउदै आन्दोलनलाई निरन्तता दिइरहेका छन् । ल्याबरोटेरी माविका स्थायी शिक्षक आशावादी राईले राह

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 510 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई स्पिकर दोेश्रो अडिसनबाट २३ जना छनौट(को को भए छनौट?)

    धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर बसेका विद्यार्थीहरूका लागि आयोजित कोशी प्रदेशस्तरीय एस।ई।ई। स्पिकर–२०८१ सिजन–५ को दोस्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ। सो अडिसनबाट २३ जना प्रतिस्पर्धीहरू सेमिफाइनलमा प्रवेश गरेका छन्।याडिकल लाइट नेपाल प्रा।लि। धरान द्वारा आयोजित प्रतियोगिताको दोस्रो चरणमा सहभागी ३४ जनामध्ये २३ जना सेमिफाइनलमा छानिएका हुन्।को को भए छनौट ? सेमिफाइनलमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूमा शिक्षादीप एकेडेमी, इटहरी की समीक्षा पौडेल, लोटस इङ्लिस बोर्डिङ स्कुल, धरान की सृष्टिका राई र श्रद्धा शाक्य, पब्लिक हाईस्कुल की जिज्ञासा भट्टराई, साक्षी मिश्र

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved