धरानबाट साढे २१ सय किलो गाँजासहित ट्रक बरामद

  • असार २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सशस्त्र प्रहरी बलले सुनसरीको धरानबाट साढे २१ सय किलोभन्दा बढी अवैध गाँजासहित एक ट्रक नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरानका अनुसार आज (सोमबार)  धरान उपमहानगरपालिका–१३ स्थित कोशी लोकमार्ग खण्डबाट प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो।

भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त ट्रक विशेष सूचनाका आधारमा रोकेर जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकमा रहेको ३१ बोरा अदुवा र तरकारीका बोरा मुनि लुकाएर राखिएको ७० बोरा गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजाको तौल करिब २ हजार १ सय किलोभन्दा बढी रहेको प्रारम्भिक अनुमान गरिएको छ।

ट्रक नियन्त्रणमा लिने क्रममा चालकसहित संलग्न व्यक्तिहरू भने फरार भएका छन्। सशस्त्र प्रहरीले फरार व्यक्तिहरूको खोजी तीव्र पारेको जनाएको छ।

सशस्त्र प्रहरी बलका सह–प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र थापाका अनुसार भेडेटार क्षेत्र हुँदै ठुलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचनाका आधारमा निगरानी बढाइएको थियो।

‘सूचना प्राप्त भएपछि हामीले निगरानी कडा पारेका थियौं,’ डीएसपी थापाले भने, ‘सोही क्रममा धरानमा ट्रक नियन्त्रणमा लिन सफल भयौं र ठूलो मात्रामा गाँजा बरामद गर्न सक्यौं।’

 gaja 1

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved