सोमबार बिहान करिब २ः३० बजे रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न आएका रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। चोरीको प्रयास भइरहेको देखेपछि घरधनीले होहल्ला गरेका थिए।
होहल्ला सुनेर चौधरी भागे पनि उनलाई खेद्दै जाँदा घरधनीले खुकुरी प्रहार गरेका थिए। प्रहारले चौधरीको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।
घाइते चौधरीलाई तत्काल झुम्कास्थित साई अस्पतालमा पुर्याइएको थियो। त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिए पनि बिहान ५ः१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने घरधनी सन्तोष चौधरी र प्रयोग गरिएको खुकुरी नियन्त्रणमा लिइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।