खसी चोरी गर्न आएका युवकलाई खुकुरी प्रहार, उपचारका क्रममा मृत्यु

  • असार २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको रामधुनी नगरपालिका–२ मा खसी चोरीको प्रयासका क्रममा खुकुरी प्रहारबाट एक युवकको ज्यान गएको छ।

सोमबार बिहान करिब २ः३० बजे रामधुनी–२ शिवनगरस्थित सन्तोष चौधरीको घरमा चोरी गर्न आएका रामधुनी–४ लालपुरका ४२ वर्षीय राकेश चौधरी घाइते भएका थिए। चोरीको प्रयास भइरहेको देखेपछि घरधनीले होहल्ला गरेका थिए।

होहल्ला सुनेर चौधरी भागे पनि उनलाई खेद्दै जाँदा घरधनीले खुकुरी प्रहार गरेका थिए। प्रहारले चौधरीको दाहिने हातको नाडीमा गम्भीर चोट लागेको थियो।

घाइते चौधरीलाई तत्काल झुम्कास्थित साई अस्पतालमा पुर्‍याइएको थियो। त्यहाँबाट थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिए पनि बिहान ५ः१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने घरधनी सन्तोष चौधरी र प्रयोग गरिएको खुकुरी नियन्त्रणमा लिइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved