बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–२ मा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ।
सोमबार बिहान स्थानीयले कौशिकी सामुदायिक वन नजिकैको मकैबारीमा हात्ती मृत भेटिएको खबर गरेपछि बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख रमेश कार्कीले घटनाको पुष्टि गरेका हुन्।
नगरप्रमुख कार्कीका अनुसार मृत हात्ती करिब ५ देखि ७ वर्ष उमेरको भाले हो। "हात्तीको मृत्युको कारण हालसम्म खुल्न सकेको छैन," उनले बताए।
जिल्ला वन कार्यालय सुनसरी, कोशी टप्पु वन्यजन्तु आरक्ष र सम्बन्धित निकायको टोली घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
स्थानीय बासिन्दाले मकैबारीमा जंगली हात्ती मृत भेटिएको घटना दुर्लभ भएको भन्दै चासो व्यक्त गरेका छन्।