समाज

    Showing 1,561-1,570 of 6,698 items.
  • झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय, दुई जना पक्राउ

    झापा/ झापामा तामाको तार चोरी गर्ने भारतीय गिरोह सक्रिय रहेको खुलासा भएको छ। सोही गिरोहमा संलग्न दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित पानीट्यांकी निवासी २७ वर्षीय तापच बरमण र २२ वर्षीय अमित सरकार रहेका छन्। उनीहरूलाई मेचीनगर नगरपालिका–७ स्थित एक चिया बगानबाट गत बुधबार बिहान पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूले जानकारी दिए। प्रहरी चौकी सत्तीघट्टाबाट खटिएको टोलीले चेकजाँचको क्रममा उनीहरूबाट ४ मुठा तामाको तार बरामद गरेको थियो। बरामद गरिएको तारको वजन १ सय किलोग्राम रहेको र यसको बजार मूल्य करिब ८० हजार रुपैयाँ रहेको

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 694 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट ४ करोड ६१ लाख रुपैयाँभन्दा बढीको खरबुजा आयात, स्वदेशी किसान निराश

    झापा/१० महिना — चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र झापाको पूर्वी नाका काँकडभिट्टाबाट ४ करोड ६१ लाख ३४ हजार रुपैयाँ बराबरको १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाल आयात गरिएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चैत महिनामा मात्रै १ करोड ३३ लाख ७ हजार रुपैयाँ मूल्य बराबरको ५ लाख १० हजार २३० केजी खरबुजा नेपाल भित्रिएको छ, जुन यो अवधिमा सबैभन्दा बढी हो। साउनदेखि वैशाखसम्म औसत लाखौँ केजी खरबुजा आयात भैरहँदा स्वदेशी उत्पादन भने बजारमा प्रभावहीन बन्दै गएको व्यवसायीहरूको गुनासो छ। झापामा व्यावसायिक रूपमा खरबुजा खेती हुँदै आए पनि मूल्य प्रतिस्पर्धा

    • प्रकाशित मितिः जेठ ९, २०८२
    • 649 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • १० औें बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण सकियो

    धरान/ धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा आयोजित १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प मंगलवार समापन भएको छ । धरान बास्केटवल संघको अयोजनामा वैशाख ३ गते देखि सुरु भएको प्रशिक्षण क्याम्पमा ५० जना विद्यार्थी प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थियो । बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धेश्यले संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसई दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सह

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नेपालमा १० महिनामा साढे तीन करोडको दाँत कोट्याउने सिन्का आयात

    काठमाडौं/ चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालले साढे तीन करोड रुपैयाँभन्दा बढीको दाँत कोट्याउने सिन्का (टुथपिक) आयात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सो अवधिमा कुल ३ करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का विदेशबाट आयात भएको हो। आयात भएको कुल रकममध्ये १ करोड ८६ लाख ५२ हजार रुपैयाँ बराबरका सिन्का काठबाट बनेका थिए। बाँकी सिन्का प्लास्टिक, बायोडिग्रेडेबल वा अन्य सामग्रीबाट बनेका हुन सक्ने अनुमान गरिएको छ। यस आयात आँकडाले दैनिक उपभोग्य वस्तुको रूपमा देखिने सानो वस्तुमा समेत नेपाल कति परनिर्भर छ भन्ने तथ्य उजागर गरेको छ।  

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 674 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एक वर्षपछि नेतृत्व पाएको बृहत्तर बराहक्षेत्र विकास समिति : अधिकार कटौतीसहित समन्वयकारी भूमिकामा सीमित

    बराहक्षेत्र/ सुनसरी, उदयपुर र धनकुटा जिल्लालाई कार्यक्षेत्र बनाएको बृहत्तर बराहक्षेत्र विकास समितिले एक वर्षपछि नयाँ नेतृत्व पाएको छ। कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले गठन आदेश जारी गर्दै समितिको अध्यक्षसहित पदाधिकारी नियुक्त गरेको हो।बराहक्षेत्र चतराधामस्थित मुख्य कार्यालय भएको यस समितिको गठन संघीय सरकारअन्तर्गत पर्यटन मन्त्रालयमार्फत हुँदै आएकोमा अब प्रदेश सरकार मातहत आएको छ। ०८१ असार ३० मा जारी गरिएको नयाँ ‘गठन आदेश, २०८१’ अनुसार समितिको नेतृत्व प्रदेश सरकारले नियुक्त गरेको हो।तर समितिका कार्यकारी निर्देशक (सदस्य सचिव) भने अझै नियुक्त भएका छैनन्। मन्त्रालय

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यात्रुवाहक गाडीमा गाँजा! भेडेटारमा ५१ किलो लागुऔषधसहित महिला समातिइन्

    धनकुटा/ धनकुटाको भेडेटार चोकमा प्रहरीले बिहीबार बिहान सार्वजनिक सवारीसाधनमार्फत तस्करी गरिँदै गरेको ५१ किलो गाँजा बरामद गरेको छ। लागुऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले नियमित जाँचका क्रममा गाँजा बरामद गरेको हो। तेह्रथुमबाट इटहरीतर्फ गइरहेको प्र.१–०२–००१ ज ४४८० नम्बरको यात्रुवाहक ईभी गाडी जाँच गर्दा छतमा राखिएको एक जेब्रा झोला र दुईवटा बोरामा लुकाइराखिएको अवस्थामा ठूलो परिणाममा गाँजा भेटिएको धनकुटा प्रहरीले जनाएको छ। घटनास्थल साँगुरीगढी गाउँपालिका–६ को भेडेटार चोकमा बिहान करिब ९ बजे उक्त गाडीलाई रोकेर चेकजाँच गर्दा ५१ किलो गाँजा

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 4,282 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खुला आकाशमुनि मकै बेच्दै: धरानकी ५९ वर्षीया महिलाको संघर्षशील यात्रा

    धरान/धरानकी ५९ वर्षीया शान्ति श्रेष्ठका लागि बिहान सहर नबिउँझँदै सुरु हुन्छ। तीन दशकभन्दा लामो समयदेखि उहाँको दिनचर्या मोरङको भावन्नेसम्म पुगेर मकै किनेर फर्किने र त्यसलाई पोली बेच्ने काममै बित्दै आएको छ। बिहान सबेरै मकै ल्याएर करिब १०–११ बजेसम्म धरान फर्कने उहाँ, त्यसपछि लक्ष्मीचोक नजिकैको गल्लीमा खुलेको आकाशमुनि आगोसँगै दिन बिताउनुहुन्छ। दैनिक करिब १६० घोगा मकै पोलेर बेच्नु उहाँको दैनिकी बनेको छ। श्रेष्ठले मोरङका विभिन्न स्थानमा मकैबारी ठेक्कामा लिएर व्यवसाय गर्दै आउनुभएको छ। उहाँका अनुसार ठेक्काको लागत ६० हजारदेखि डेढ लाख रुपैयाँसम्म पर्ने गर्छ। कहिलेकाहीँ दुई–तीन जना मिलेर पन

    • प्रकाशित मितिः जेठ ८, २०८२
    • 1,401 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोभिडका संक्रमित फेरी बढ्न थाल्यो

    काठमाण्डौ । एसियाली मुलुकमा पछिल्लो समय कोभिड १९ संक्रमितको संख्या बढ्न थालेको छ ।मंगलबार मुम्बईको किङ एडवर्ड मेमोरियल केईएम अस्पतालमा कोभिड– १९ पोजिटिभ दुई बिरामीको मृत्यु भयो । मृतक मध्ये ५९ वर्षीय बिरामीलाई मुखको क्यान्सर र १४ वर्षीया बालिकालाई नेफ्रोटिक सिन्ड्रोम मिर्गौला सम्बन्धी रोग थियो ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार एक जनवरीदेखि १९ मेसम्म देशभर २५७ कोभिड– १९ संक्रमित फेला परेका छन ।सिंगापुरको स्वास्थ्य मन्त्रालयका अनुसार, अप्रिल २७ देखि मे ३, २०२५ सम्मको हप्तामा कोभिड– १९ का घटनाहरूको अनुमानित संख्या १४,२०० पुगेको छ, जुन अघिल्लो हप्तामा ११,१०० थियो । सोही अवधि

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 632 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दिव्य रोशनी साप्ताहिकको स्थापना दिवसमा पत्रकारलाई सम्मान सहित महिलालाई अभिनन्दन

    धरान । धरानबाट प्रकाशित दिव्य रोशनी साप्ताहिक २१ औं वर्षमा प्रवेश गरेको छ । आज बुधबार स्थापना दिवसको अवसरमा धरानका ३ पत्रकार सम्मानित भए भने एक १ जना महिला उद्यमीलाई अभिनन्दन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले उत्कृष्ट सामाजिक सम्मानबाट ब्लाष्ट टाईम्सका भोजराज श्रेष्ठ र उमा चाम्लिङ अनलाईन टिभीका पत्रकार उमा चाम्लिङ र युवा पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष  तथा हिमालयन टिभीका प्रतिनिधि सन्तोष काफ्ले सम्मानित भए । सम्मानितहरुलाई जनही नगद ५ हजार १ सय ५ रुपैया सहित सम्मानपत्रले सम्मान गरिएको थियो । यसैगरी महिला उद्

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जिन्दगी सन्तानका लागि बिते, बुढ्यौली आश्रमका चार पर्खालभित्र

    धरान/  जीवनभर सन्तानका सपना बुन्दै बिताएका धेरै आमाबुबा अहिले आफ्नै छोराछोरीबाट टाढिएर वृद्धाश्रमका चार पर्खालभित्र एक्लोपनमा दिन गनिरहेका छन्। कोशी प्रदेशका सहरी सहरहरूमा व्यापार, पूर्वाधार र शिक्षाको विकास तीव्र गतिमा भइरहे पनि यिनै सहरभित्र आत्मीयता र पारिवारिक ममताबाट वञ्चित वृद्धवृद्धाको पीडादायी यथार्थ छ। ७० वर्षीया इन्दिरा सुवेदी विगत १४ वर्षदेखि इटहरीस्थित रामजानकी शान्ति वृद्धाश्रममा बस्दै आउनुभएको छ। एक समय थियो, जब उहाँको जीवन सन्तानको साथ, सानो चियापसल र घरायसी खुसीले भरिएको थियो। तर एकपछि अर्को पारिवारिक दुर्घटनाले उहाँलाई आश्रयविहीन बनायो। “सानै उमेरमा विवाह गर

    • प्रकाशित मितिः जेठ ७, २०८२
    • 675 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved