धरानको फ्रेण्ड्स सिनेमाजमा ‘बलिदान’को विशाल पोस्टर सार्वजनिक

  • साउन १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आउँदो दशैँको फूलपातीदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र “बलिदान” को प्रचारप्रसार धमाकेदार रुपमा सुरु गरिएको छ। यसैक्रममा सोमबार एक कार्यक्रमको आयोजना गरी धरान–८ स्थित फ्रेण्ड्स सिनेमाज को भवनमा चलचित्रको २२ फिट चौडा र ६० फिट अग्लो पोस्टर ब्यानर टाँसिएको छ।

फिल्म बलिदान को यो पोस्टर ब्यानर हालसम्म धरानमा सार्वजनिक भएको सवैभन्दा ठूलो फिल्म प्रचार सामग्री मध्ये पर्न गएको छ। निर्माण पक्षले यस प्रचारशैलीलाई चलचित्रप्रति दर्शकको उत्साह बढाउने उद्देश्यले गरिएको बताएको छ।

पोस्टरमा मुख्य अभिनेता समीर भट्ट क्रान्तिकारी भावमा प्रस्तुत छन्, जसले बलिदान, संघर्ष र देशप्रेमको गहिरो सन्देश दिन खोजिएको देखिन्छ।

फिल्म बलिदान आउँदो असोज १३ गते (दशैंको फूलपाती) मा देशभर प्रदर्शनमा आउने तयारीमा छ। निर्देशक सन्तोष सेन ले यस चलचित्रलाई “सिनेम्याटिक आन्दोलनको सुरुवात” भनेका छन्। फिल्ममा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, कविता राय, ऋचा शर्मा, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायत कलाकारको अभिनय रहेको छ।

धरानको फ्रेण्ड्स सिनेमाजमा गरिएको यो प्रचार कार्यक्रमले कोशी प्रदेशमा पनि चलचित्रप्रति चासो र चर्चा बढाएको छ। सिनेमाहल व्यवस्थापनले आगामी दिनमा थप प्रचारात्मक गतिविधि गर्ने तयारीमा रहेको जनाएको छ।

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

धरान पिण्डेश्वर बाबा ...

धरान/  प्रत्येक वर्ष साउन महिनामा धरान– ...

हिबिस्कसमा हिज्जे प् ...

धरान/ धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुल ...

बराहक्षेत्रमा ब्राउन ...

बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र नगरपालिका–६, ऐत ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved