समाज

    Showing 1,461-1,470 of 6,725 items.
  • एस.ई.ई. स्पिकर फाइनलिस्टका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

    धरान/ एस.ई.ई. स्पिकर २०८१ सिजन–५ का फाइनलिस्टहरूलाई लक्षित गर्दै धरानमा एक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। धरान–१०, पुतलीलाइनस्थित सुमेधा एजुकेसन नेटवर्क प्रा.लि.को सभाहलमा शनिबार सम्पन्न कार्यक्रम र्‍याडिकल लाइट नेपाल प्रा.लि. द्वारा आयोजना गरिएको हो। कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिर्थ कार्कीले गरेका थिए। उनले सहभागीहरूलाई प्रभावशाली वाक्शैलीका लागि आवश्यक विविध पक्षमा प्रशिक्षण दिएका थिए। धाराप्रवाह बोल्न विषयवस्तुको स्पष्ट ज्ञान, समृद्ध शब्दभण्डार, तयारी, अभ्यास, अनुभवी वक्ताको अवलोकन तथा भावअनुसारको हाउभाउ आवश्यक पर्ने उनले बताए। संस्थाका अनुसार उक्त अभिमुख

    • प्रकाशित मितिः असार १, २०८२
    • 431 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विश्वलाई चकित बनाउने धरानका दिपेन्द्र, हङकङमा डटपेनले चित्र बनाउन सिकाउने गुरु

    धरान/ धरानका दिपेन्द्र राईले डटपेनको माध्यमद्धारा दुरुस्तै मुहार चित्र बनाएर विश्वलाई चकित बनाएका छन् ।  डिजिटल प्रविधीको विकासमा उनले चुनौती दिदैं हङकङमा रहेर डटपेनले नेपाली र त्यहाँ रहेका विदेशीहरुको मुहार चित्र छिनभरमा नै दुरुस्तै उतारेर उनको अद्भुद कलालाई विश्व सामु पुर्याएर नेपाल र नेपालीको गौरबलाई समेत उचो बनाउँदै आएका छन् । धरान ११ निवासी शिवचौक निवासी डेढ दशक अघिदेखि रोजागारको शिलसिलामा पुगेर चित्रकलालाई समेत निरन्तररता दिदै हङकङ,वाह्य पर्यटक र नेपालीलाई चित्र कोर्न सिकाउने गुरुको रुपमा समेत परिचित छन् । उनी भन्छन,“चित्र कोर्न लत नै बस्यो,चित्र नकोरिकन मलाई आत्मा सन्

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 1,366 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • करेन्टबाट माछा मार्न खोज्दा श्रीमान–श्रीमतीको ज्यान गयो

    सुनसरी/ मोरङको सुन्दरहरैंचामा शनिबार(आज) बिहान करेन्ट लागेर एकै परिवारका श्रीमान–श्रीमतीको ज्यान गएको छ। सुन्दरहरैंचा नगरपालिका–७ निवासी ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी ५२ वर्षीया पत्नी फूलमाया लिम्बूको माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो। मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कोपिला चुँडालका अनुसार मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मृतक पूर्णबहादुरले बिजुलीको पोलबाट हुक जोडेर खोलामा करेन्ट प्रवाह गर्दा श्रीमतीसहित आफैँ पनि करेन्ट लागेर ज्यान गुमाएका हुन्। घटना शनिबा

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 4,739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नबुझेर असन्तुष्टि जनाइएको होः प्रचण्ड

    विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनसँग भएको २ बुँदे सहमतिसँगका बारेमा माओबादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। आज विराटनगर पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले सा कुरा बताएका हुन् । उनले भने सहमतिलाई लिएर फैलिएको भ्रमपूर्ण प्रचारप्रति आपत्ति जनाउँदै भने,‘यो बिलकुलै गलत र आधारहीन प्रचार भएको बताएका छन् ।उनले भने,“अग्नि सापकोटाको यस विषयसँग कुनै सम्बन्ध छैन।’भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै आएको प्रमुख प्रतिपक्षको दबाबका बिच माओवादी केन्द

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 564 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा अन्दाजी ३५–४० वर्षका पुरुषको शव झाडीमा फेला

    झापा/ झापाको मेचीनगर–१० टिकापुरस्थित सडक छेउको झाडीमा एक अन्दाजी ३५–४० वर्षका पुरुषको शव फेला परेको छ। स्थानीयवासीले शव देखेपछि इलाका प्रहरी कार्यालय धुलाबारीलाई खबर गरेका थिए। प्रहरीका अनुसार मृतक पहाडी मूलका जस्तो देखिने भए पनि उनको परिचय खुल्न सकेको छैन। इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ। मृतकको पहिचान खुलाउने र मृत्युको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।    

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 832 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "सवै प्रकारका विभेद र जातीय छुवाछुतको बिसयमा हातेमालो गरौ" 

     शीर्षक को मुख्य नारा सहित रास्ट्रीय दलित गोलमेच सम्मेलन मुख्य आयोजक उल्लेखित ब्यानरमा सुरु भएको सम्मेलनको पहिलो कार्यक्रम आज जेठ ३० गते काठमान्डौको पुतलीसडक नजिकै कमलादी स्थित रास्ट्रीय प्रज्ञा प्रतिस्ठानको सिद्दीचरण सभाहलमा सम्पन्न भएको छ।     आज देखि देशै भरीका दलित अभियान्ताको आन्तरिक रुपमा  सवै खाले सहयोगमा एकता गरेर बिगत ६ महिना बढी समय देखिको अभ्यासले आयोजित सो सम्मेलनलाई ऐतिहासिक रास्ट्रीय दलित गोल मेच सम्मेलन भनी आयोजनाको औचित्य पुष्टि गर्दै सम्मेलन आयोजक समितिका प्रमुख डा निर्मल बिस्वकर्माले जातिय छुवाछुत बिरुद्धमा काम गर्ने देशै भरिका १ सय २५ बढी सङ्घ सस्था

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 937 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • वृक्षारोपण गर्दै महुली लघुवित्तको १३औं स्थापना दिवस मनाइयो

    वराहक्षेत्र/ महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औं स्थापना तथा वार्षिक उत्सवको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। शुक्रबार वराहक्षेत्र नगरपालिका–३ स्थित मिलनचोकको कोभिड सामुदायिक भवन परिसरमा बाङ्गे बजार र चतरा शाखाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन्। ‘सन्ततीका लागि सोचौं, समृद्धि र हरियालीका लागि रुख रोपौं’ भन्ने मूल नारासहित देशभर एकैसाथ मनाइँदै गरेको उत्सव अन्तर्गत वराहक्षेत्रमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको उद्घाटन वडा नं ३ का अध्यक्ष राजदिप लामा तामाङले बिरुवा रोपेर गरेका थिए। सो अवसरमा अस्थायी प्रहरी चौकी नडाहका प्रम

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 551 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रेमजालमा फसाएर सुनचाँदी व्यवसायीबाट रकम असुल्न खोज्ने तीन जना पक्राउ

    इटहरी/  मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई प्रेमजालमा फसाउँदै रकम असुल्न खोज्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका–२ का ४० वर्षीय टेकबहादुर सुवेदी छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी हरि बस्नेतका अनुसार, पक्राउ परेकाविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभसम्बन्धी कसुरमा सात दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको छ।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित दुई जना पक्राउ

    ईनरुवा/  सुनसरीको ईनरुवामा ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। बिहिबार राति १०ः३० बजेको समयमा ईनरुवा नगरपालिका–४ स्थित बसचौक नजिक पूर्व–पश्चिम राजमार्गमा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा स्कुटरमा लागूऔषध फेला पारेको हो। पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०२–०५२ प ७७५७ नम्बरको स्कुटर चेकजाँच गर्दा डिक्कीभित्र प्लास्टिकमा पोका पारेर राखिएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने लागूऔषध २७.९२ ग्राम फेला परेको प्रहरीले जनाएको छ। लागूऔषधसहित सिन्धुलीको

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 818 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा तीन दिने फुड फेस्टिवल : परिकार, लाइभ म्युजिक, गेम्स,आदि

    धरान/ धरान–१२, चतरालाइनस्थित प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजको प्राङ्गणमा आयोजित ‘फुड फेस्टिवल २०२५’ आज दोस्रो दिनमा प्रवेश गरेको छ। जेठ २९ देखि ३१ गतेसम्म चल्ने  तीन दिने महोत्सव बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणका लागि निःशुल्क प्रवेशसहित खुला गरिएको छ। कलेजका निर्देशक अनिल श्रेष्ठका अनुसार, “फेस्टिवल विद्यार्थीहरूको व्यवहारिक सीप र सिर्जनशीलता देखाउने जीवन्त अवसर हो।   विद्यार्थीहरूले तयार गरेका परिकार, खेल र व्यवस्थापन सिपमार्फत उनीहरूको व्यावसायिक क्षमता प्रत्यक्ष रूपमा जनसमक्ष प्रस्तुत भइरहेको छ।” फेस्टिव

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 665 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved